कम्युनिष्ट सरकारले लगाएको आरोपविरुद्ध कांग्रेसले दियो दरिलो जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो एक दशकमा तीनचौथाई समय सरकारमा बसेका कम्युनिष्टहरू पार्टी र तिनका नेताहरू नै मुलुकको वेथितिको मुख्य जिम्मेवार रहेको बताएका छन् ।

राजधानीमा शुक्रबार नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैठौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले अर्थमन्त्रीले हालै सार्वजनिक गरेको स्वेतपत्रमा सफेद झुट बोलिएको बताए । ‘पछिल्लो एक दशकका ९ वटा सरकारमा ७ वटामा कम्युनिष्ट प्रधानमन्त्री भए’, देउवाले भने, ‘मलुकलाई वेथितिमा लैजाने तिनै कम्युनिष्ट प्रधानमन्त्रीहरू हुन् ।’

देउवाले यसअघि कांग्रेस सभापति सुशील कोइरालाको प्रधानमन्त्रीत्वकालमा संविधान घोषणा गरेर र आफ्नो नेतृत्वको सरकारले त्यही संविधानअनुसार तीनै तहको चुनाव सम्पन्न गरेर लोकतन्त्रलाई सुदृढ बनाएको बताए । ‘संविधान जारी भएपछि पनि दुई–दुई वटा कम्युनिष्टका प्रधानमन्त्री भए’, देउवाले भने, ‘खोइ त उहाँहरूले चुनाव गराउन सक्नु भएको ? चुनाव गराउन कसैले रोकेको थियो ?’

देउवाले पछिल्लो दुई वर्षदेखि अर्थतन्त्रका सूचकहरू सकरात्मक हुँदै गएको बेलामा स्वोदेशी तथा विदेशी लगानीकर्ताहरूलाई निरुत्साहित गर्ने गरी अर्थमन्त्रीले सार्वजनिक गरेको स्वेतपत्रले मुलुकको अर्थतन्त्रमा निराशाको वातावरण बनाएको बताए ।

‘अघिल्लो वर्ष दशकौंपछि आर्थिक बृद्धि सात प्रतिशत रह्यो’, कांग्रेस सभापति देउवाले भने, ‘यो वर्ष ६ प्रतिशतको हाराहारीमा छ, अनि अर्थतन्त्र कसरी धरासायी भयो ?’

देउवाले आफ्नो कार्यकालमा मुद्रास्फ्रिती ५ प्रतिशत कायम रहेको, पर्यटकको संख्या दश लाख पुगेको बताउँदै राष्ट्रिय ढुकुटीमा दश अर्ब डलर बराबर संचिति रकम रहेको बताए । ‘२५७ अर्ब सरकारी ढुकुटीमा नगद वचत रहेको अवस्थामा ढुकुटी रित्तो भन्नु गैरजिम्मेवारपूर्ण हो’, उनले भने ।

केही दिन अगाडि कम्युनिष्ट सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको ढुकुटी रित्तिएको भन्दै अत्यन्तै निरासाजनक अवस्था प्रस्तुत गरेका थिए । अर्थमन्त्री डा.खतिवडाले देशको ढुकुटी रित्तिएको दोषी नेपाली कांग्रेसलाई लगाएका थिए ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अधिकांश समय कम्युनिष्ट पार्टी र तिनका नेताहरूले सरकारको नेतृत्व गरेको भन्दै कांग्रेसलाई दोष दिएर पन्छिना खोजेको दाबी गर्दै आएको छ ।

Published : Friday, 2018 April 6, 7:30 pm

1 प्रतिकृया प्राप्त “कम्युनिष्ट सरकारले लगाएको आरोपविरुद्ध कांग्रेसले दियो दरिलो जवाफ”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया