पक्राउ परे दाङ हेकुलीका सनम चौधरीसहित ३ जना ?

काठमाडौं । विभिन्न कम्पनीका मोटरसाइकलहरू भारतबाट चोरी निकासी गरी नेपाल ल्याई बिक्री गर्ने दाङका सनम चौधरीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली बिलबुक बनाई सक्कली मोटरसाइकल भनी झुक्काएर बिक्री गर्ने ३ जनालाई प्रहरीले राजधानीबाट पक्राउ गरेको जनाएको हो ।

यो समूहसँग प्रहरीले १३ वटा मोटरसाइकल, नगद १ लाख ४२ हजार ३ सय ५० रुपैयाँ, बिलबुक ७ थान, मोटरसाइकलको साँचो ६ थान बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङ हेकुँली घर भएका सनम चौधरी, मकवानपुर धिमाल घर भएका धनबहादुर योञ्जन र दोलखा बिर्तेश्वर घर भएका गोपाल नेपाली रहेका छन् ।

Published : Sunday, 2018 April 22, 6:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया