सामसुङगका ‘डन’ मल्होत्रा र पूर्व एआईजीको सुनकाण्डको फाइल खुल्यो

काठमाडौं । त्रिभुवन विमानस्थलबाट भित्रिदै आएको तस्करीको सुन प्रकरणमा व्यापारी दीपक मल्होत्रा र पूर्वएआईजी विजयलाल कायस्थमाथि पनि अनुसन्धान सुरु गरिन लागेको छ ।

गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलेको नेतृत्वमा बनेको छानविन समितिले सुन तस्करीको फाइल पल्टाउँदै जाँदा कायस्थ एयरपोर्टमा रहेको बेला मल्होत्राले सेटिङ गरी अवैध सुन भित्र्याएको प्रमाण फेला पारेको छ ।

कायस्थमाथि १६ महिनासम्म विमानस्थलको सुरक्षा प्रमुख हुँदा विभिन्न समयमा बरामद् गरेको झण्डै २० किलो अवैध सुनको सुराकीमा अस्मिता झा नाम गरेकी महिलाको नाम राखेर कमिसन खाएका थिए ।

स्रोतका अनुसार मल्होत्राको सुराकीको आधारमा कायस्थले सुन बरामद् गरेका थिए । मल्होत्राले सुन भित्र्याईं रहँदा उनको विरोधी समूहबाट आएको अवैध सुन बरामद गर्ने क्रममा कायस्थको खराव नियत बाहिर आएको थियो । कायस्थ एयरपोर्टमा रहँदा मल्होत्राले एकलौटी रुपमा सुन तस्करी गरेको छानविन समिति स्रोत बताउँछ ।

सनम शाक्य हत्या र ३३ किलो सुन काण्डको अनुसन्धान गरिरहेको गृह मन्त्रालयका सह सचिव पौडेलको समितिले अहिले उक्त फाइल खोलेको हो । समितिले महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट बरामद गरेको ८८ किलो सुनको सम्बन्धमा पनि अनुसन्धान शुरु गरेको बुझिएको छ ।

८८ किलो सुन तस्करीमा चिनियाँ तस्कर याङ वेन विङ र उनका पति पान विई मिङको सँलग्नता रहेको थियो । उनीहरु अझै फरार छन् । उनीहरुको डिजाइनमा भारत तस्करीका लागि तयारी अवस्थामा राखेको सुन विशेष सुराकीका आधारमा महाशाखाको टोलीले बरामद गरेको थियो ।

सुन मालिक चिनियाँ दम्पत्तीको विमल अग्रवाल, विजय अग्रवाल र दिपक मल्होत्रा समूहसँग निकट सम्बन्ध रहेको समाचार बाहिर आएको छ । यि मध्यका मलहोत्राको नाम यसअघी पनि चर्चामा आउने गरेको छ ।

२०५५ मा सांसद परी थापाको संयोजकत्वमा गठित राजश्व चुहावट नियन्त्रण समिति समितिले बुझाएको प्रतिवेदनमा दीपक मलहोत्रा, प्रकाश टिवडेवाला, विष्णु जोशी, विष्णु गौचन, स्वाँरलगायत दर्जनौ व्यक्तिहरु सुन तस्करीमा सँलग्न रहेको उल्लेख थियो ।

तर, ती कुनै व्यापारीमाथि कानुनी कारवाही भएन । किनकी मलहोत्राको प्रहरीका उच्च हाकिमहरु सँग राम्रो सम्वन्ध रहेको हुँदा उनीमाथि कारवाही हुन सकेको छैन ।

२०५३ सालमा वामदेव गौतम गृहमन्त्री हुँदा पनि उनै मल्होत्रा तस्करीको सेटिङ मिलाउँथे । त्यसबेला सांसद परी थापा संयोजकत्वको संसदीय समितिले उनलाई कारबाहीको सिफारीस गरेको थियो । उनै मल्होत्रा अख्तियारदेखि वालुवाटारसम्म सेटिङ मिलाउन खप्पिस मानिन्छन ।

सामसुङ मोबाइलको व्यापारको आवरणमा अनेक धन्दा चलाउँदै आएका मल्होत्राको पुर्व आईजीपी उपेन्द्रकान्त अर्याल देखी पुर्व एआईजी नवराज ढकालसम्म राम्रो सम्वन्ध छ ।

बिदेशी मुद्रा तस्करीमा एसएसपी रविराज श्रेष्ठमाथि भएको छानबिनमा अर्यालले मल्होत्रालाई जोगाएका थिए । खासमा मल्होत्राकै सेटिङ अनुसार एसएसपी श्रेष्ठ एयरपोर्ट गएका थिए र सुन तथा बिदेशी मुद्राको तस्करी गराएका थिए ।

श्रेष्ठलाई जस्तै गरी हालै अबकाश पाएका एआईजी बिजयलाल कायस्थलाई सोही समूहले एयरपोर्टमा सरुवा गरी तस्करीको धन्दा चलाएको थियो । एयरपोर्ट भन्सारका तत्कालिन प्रमुख सुदीपचन्द्र शाह र कायस्थको मिलेमतोमा यस्तो धन्दामा मौलाएको थियो ।

पूर्वअर्थमन्त्री डा. रामशरण महतले पनि संरक्षण दिएका थिए । भन्सारका शाह निलम्बनमा पर्दा पनि कायस्थलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमानसिंह कार्की र अर्यालले जोगाएका थिए । तस्करीमा प्रत्यक्ष रुपमा भने काठमाडौंका सुन पसलेदेखि केही मारवाडी व्यवसायीहरु छन् । त्

यसरी तस्करी भएर आउनेमध्ये २५ प्रतिशत सुन नेपालमै खपत हुने गरेको छ भने बाँकी भारत पुग्ने गरेको छ । सुन तस्करी रोक्न पुर्व आईजीपी अर्यालले निर्देशन दिंदा प्रहरी मुख्यालयका अधिकारीहरुले भने त्यसलाई जोकका रुपमा लिएका थिए ।

किनकी सेटिङमा भइरहेको तस्करीबारे धेरै अधिकारीले चाल पाइसकेका थिए । तस्करीमा मेट्रोका तत्कालिन एआईजी बिज्ञान शर्माको समेत मिलेमतो रहेको छ । शर्माका भाई दया शर्मा पनि तस्करीको धन्दा गर्ने व्यक्ति हुन् । उनी मल्होत्राका पार्टनर समेत हुन् ।

Published : Thursday, 2018 April 26, 11:30 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया