३३ किलो सुनकाण्डमा को–को विरुद्ध दर्ता भयो मुद्दा ?

काठमाडौं । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका ७ अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा संगठित अपराध तथा कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको हो ।

प्रहरीले पूर्वडिआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण संजेल र प्रहरी जवान विष्णु खड्कासहित २९ जनालाई पक्राउ गरी अदालत पेस गरेको छ ।

त्यस्तै राप्रपा नेता भुजुङ गुरुङ, सुन व्यापारी महावीर गोल्यान, न्युरोडको आरके ज्वेलर्सका सञ्चालक राजेन्द्रमान शाक्य, थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पूण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारुलाई मुद्दा चलाइएको छ। त्यस्तै सुन तस्करी गिरोहमा संलग्न मोहन काफ्ले, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्ला शेर्पा, मोहन घिमिरे, राजन कुमारलाई पनि प्रहरीले बुधबार अदालत बुझाएको हो ।

त्यसैगरी प्रहरीले तस्करीका मुख्य नाइके भनेका चूडामणि उप्रेती ‘गोरे’, एसएसपी श्याम खत्री, रमेश उप्रेती, निरु खरेल, मोहनकुमार अग्रवाल, रमेश उप्रेती, दुर्गा खरेल उप्रेती, चेतन भण्डारी, सुनील अग्रवाल, प्रमोद श्रेष्ठ, रोहित आचार्य, दावा शेर्पा, भोजराज भण्डारी, भीमकुमारी खरेल, डोलेन्द्रप्रसाद खरेल, कृष्ण बस्नेत, भविन राई, कमल कार्की, सन्दीप खड्का, प्रयास पराजुली, सुरेन्द्र गौतमलगायतकालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ ।

गत माघ ९ मा दुबईबाट ल्याइएको तस्करीको ३३ किलो सुन हराएपछि खोजबिन सुरु भएको थियो । उक्त सुन लुकाएको भन्दै मोरङ उर्लाबारीका सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो ।

हत्या काण्डबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा बनेको छानबिन समितिको अनुसन्धानपछि ७ प्रहरी अधिकारीसहित २९ जनालाई पक्राउ गरिएको थियो ।

Published : Wednesday, 2018 May 2, 9:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया