धेरै चुरीफुरी गर्ने यी नेताको पत्तासाफ, बोलचाल नै बन्द

काठमाडौं । पार्टी एकता अगाडिसम्म तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेल जति शक्तिशाली छन् भनेर भ्रम थियो त्यो भ्रम गत शुक्रबारबाट टुटेको छ ।

केपी ओलीको चाकडी गरेर रक्षामन्त्रीसम्म हुन पाएका पोखरेललाई पद नै गायब भएको छ । पोखरेललाई चित खुवाउँदै उपमहासचिव विष्णु पौडेलले महासचिवको पद खाइदिएका छन् । पोखरेलभन्दा धेरै शक्तिशाली पौडेल देखिएका छन् । योसँग पोखरेलको राजनीतिक यात्रा ओरालो बाटोतिर लागेको छ ।

एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि तत्कालीन एमालेका केही नेताहरूलाई त्यति साह्रो ध्यान खासगरी पार्टी एकतापछि एमालेका उपमहासचिव विष्णु पौडेलको मनोवल उच्च भएको छ । तर पोखरेलको मनोवल अलिक खस्किएको महशुस हुन थालेको छ ।

पार्टी एकता प्रक्रियामा ओली र प्रचण्डको छायाँ बनेर भूमिका निभाएका पौडेललाई महासचिव बनाएपछि निर्वाचित महासचिव पोखरेल अब सचिवालय सदस्यको भूमिकामा मात्र रहने भएका छन् ।

सार्वजनिक रुपमा पोखरेलले यसको असन्तुष्टि नजनाए पनि उनका शुक्रबारका गतिबिधिले पौडेललाई महासचिव बनाउँदा असन्तुष्ट रहेको सबैले सजिलै बुझ्न सकिन्छ ।

शुक्रबार दुवै दलका केन्द्रीय कार्यालय रहेका धुम्बाराही र पेरिसडाँडाको भ्रमणमा ओली र प्रचण्डसहित सचिवालय सदस्यहरू माधव नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र विष्णु पौडेलसँगै भएपनि त्यो समूहमा पोखरेल अनुपस्थित थिए ।

पार्टी एकताका नाममा पोखरेललाई पाखा लगाइएको हो कि भन्ने भन्ने हल्ला कार्यकर्ताहरूमाझ चर्को रुपमा फैलिन थालेको छ । पोखरेललाई पार्टी एकता अगाडिसम्म साथ दिएका नेताहरूले पनि धमाधम छाड्न थालेका छन् । समग्रमा भन्ने हो भने पोखरेल एक्लिएका छन् ।

सचिवालयका सबै सदस्य पार्टी कार्यालयको अवलोकनमा व्यस्त हुँदा रक्षमन्त्री समेत रहेका पोखरेल मन्त्रालयमा काम भएको भन्दै अनुपस्थित रहे । सरकारका प्रधानमन्त्री समेत रहेका र ऐतिहासिक भनिएको एकता प्रक्रिया कै एउटा पाटो रहेको शुक्रबारको कार्यक्रममा उनको अनुपस्थितिले पोखरेल असन्तुष्ट रहेको सजिलै अनुमान गर्न सकिन्छ ।

पोखरेल र प्रधानमन्त्री ओलीको सम्बन्धलाई लिएर पटक पटक अनेकौ टिप्पणी हुने गर्दछ । सरकार बन्नु अघि पोखरेल अर्थमन्त्री बन्ने भनेर निकै हल्ला भएको थियो । पोखरेल सरकारमा शक्तिशाली मन्त्रालय लिएर जान चाहन्थे । उनको चाहना स्वाभाविक पनि थियो ।

सबैको अनुमान विपरित प्रधानमन्त्री ओलीले पोखरेललाई खासै भूमिका नभएको रक्षामन्त्री बनाइदिएर सरप्राइज पनि दिएका थिए । पार्टीको एकीकरणपछि एमालेका तत्कालीन उपमहासचिव पौडेललाई काखमा राखेर हिंडेको हो कि भन्ने पनि आलोचना सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको महासचिव बनेका पौडेल पछिल्लो समय ओलीको निकट रहेर काम गरिरहेको देख्न सकिन्छ ।

बुटवलबाट चुनाव जितेका पौडेल यसअघि पाल्पाबाट चुनाव जितेर मन्त्री बनेका थिए । ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा अर्थमन्त्री समेत बनेका पौडेल र ओलीको निकटता त्यसपछि झन् बढेको बताइन्छ । सन् २०४७ सालमा एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाएका पौडेल सातौं महाधिवेशनपछि पहिलो पटक स्थायी समिति सदस्य बनेका थिए ।

यसरी पटक–पटक मन्त्री बनेका पौडेल नेपाल कम्युनिष्ट पार्टी बन्दा माओवादी एमालेमा विलय भयो भन्ने चर्चा एकातिर हुँदै गर्दा एमालेकै नेताहरूमा पनि पौडेलको उदय र पोखरेलको पतनको रुपमा पनि हेरिएको छ ।

Published : Sunday, 2018 May 20, 11:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया