पक्राउ परे तरुण दल सुनसरीका अध्यक्ष
धरान । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सुनसरी जिल्लाका सभापति सिजन गुरुङ पक्राउ परेका छन् ।
गुरुङलाई गुण्डागर्दीको आरोपमा पक्राउ गरिएको डिएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । गुरुङलाई पछिल्लोपटक तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गा कब्जा गरेको र सो जग्गामा बनाइएको घरबाट २०६८ सालदेखि भाडा असुल्दै आएको आरोप लागेको छ ।
तरुण दलका नेता गुरुङले सो जग्गा आफ्नै भएको बताउँदै आएका छन् । गुरुङ इटहरीको एक बलात्कार काण्डमा समेत मुछिएका थिए ।
यसअघि २०७१ सालमा ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा भेडेटारबाट सिजन गुरुङलाई प्रहरीले पक्रिएको थियो ।
त्यसविरुद्ध उनका समर्थकले चक्काजाम लगायतका दबावमुलक आन्दोलन गरेका थिए । नेता कार्यकर्ताको चर्को दबावपछि उनी रिहा भएका थिए ।
aajakal sathi ho pulic prsasan aafi gunda gartiko naiki vaako kura hami sabi li thaa x ni.yo panxi tupi kaaga haru aafu jasti aaru garna khojni li kei garna didainan.
tei vayera hamro karikarta ko rehako laghi k kasto kasrt hami congreshi kasrt aapnanu parx sabi abnau