नबिलका ग्राहकले मिसाद एजुकेसनमा छुट पाउने
काठमाडौं । नबिल बैंक र मिदास एजुकेसन प्रालिबीच छुट दिने सहमति भएको छ ।
बैंकका ग्राहकले मिदास ई–क्लासका पठनपाठनका सामग्रीमा छुट पाउने भएका छन् ।
बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा मिदाससँग समझदारी भएको हो ।
नबिलका ग्राहकले मिदास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपियाँमा प्राप्त गर्न सक्ने जनाइएको छ ।
ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा र परीक्षा तयारीका कक्षाहरूमा २५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
समझदारीको मुख्य उद्देश्य खातावालालाई डिजिटल प्लेटफर्ममार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको बैंकले उल्लेख गरेको छ ।
मिदास ई–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो । यसमा ट्युटोरियल भिडियो र विद्यालय पुस्तकका सबै पाठहरू अन्तर्क्रियात्मक रूपमा विकास गरिएको बैंकले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया