एमालेद्वारा मेलम्ची नदीको पुल बनाउन अबरोध, विकास विरोधीलाई यसरी दिए मोहन बस्नेतले चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मोहनबहादुर बस्नेतले

कांग्रेसका सांसद बस्नेतले एमालेका पराजितसहितका नेताहरूले विकास विरोध कार्य गरेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै बस्नेतले मेलम्ची नदीमा बनाउन लागिएका पुलहरूको टेण्डर निकाल्न एमालेका नेताहरूले नदिएको बताए । उनले एमालेका नेताहरूको नाम उल्लेख गरेनन् । तर, आफूसँग पराजित भएका नेता भनेका छन् । कांग्रेस नेता बस्नेतसँग सिन्धुपाल्चोक २ मा एमालेका नेता शेरबहादुर तामाङ पराजित भएका थिए । अहिले उनै एमालेका नेता तामाङले विकास विरोध गतिविधि र हर्कत गरिरहेका छन् ।

नेता बस्नेतले भने, ‘सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा दुई वर्ष अगाडि वर्षात् र बाढीले ठूलो क्षति भएको बताए । उनले त्यहाँको पुलपुलेसा, बाटो नबनेको बताएका छन् । उनले भने, ‘मेलम्ची नदीमा तीन वटा पालिकाको बीचमा एउटा बेलिब्रिज राख्ने कुरा भयो । डिभिजन कार्यालय चरिकोटबाट टेण्डर प्रक्रिया अगाडि बढ्यो । ४ करोड बराबरको मात्रै हो । दुई टुक्रा बेलिब्रिज दुई ठाउँबाट ल्याएर राखिएको छ ।’

‘जो साथी त्यहाँबाट पराजित हुनुभयो । उहाँ (शेरबहादुर तामाङ)ले ईन्जिनियरलाई पनि थर्काउन थाल्नुभयो । डिभिजन ईन्जिनियरलाई थर्काउन थाल्नुभयो । विभागमा थर्काउन थाल्नुभयो । मन्त्रालयमा डेलिगेसन जान थाल्नुभयो । त्यो टेण्डर माघ ११ गते खोल्नुपर्ने त्यसलाई ब्लक गरेर राखिएको छ’, सांसद बस्नेतले भने ।

बस्नेतले भने, ‘यहि हो त विकास हामीले खोजेको ? हामी जुन पार्टीमा जसरी गरे पनि राम्रो काम गर्न खोजेका हौँ नि । त्यो खालको अवस्था सिर्जना भएको छ ।’

उनले भने, ‘प्रधानमन्त्रीज्यू र अन्य मन्त्रीहरूलाई भन्न चाहन्छु, यदि अरु चार वटा पुललाईनमा लागेर बसेका छन् । बजेट विनियोजन भइसकेको छ । त्यो पनि गर्न दिएको अवस्था छैन ।’

‘यदि यस्तै हो भने मेलम्चीबाट ल्याएको खानेपानी काठमाडौंमा, अहिले जम्मा १७ करोड लिटर मात्रै पानी दैनिक आउँछ । ५१ करोड पानी दैनिक ल्याउनको लागि यङग्री र लार्केको पानीफेरि ल्याउनुपर्ने हुन्छ । त्यसका लागि त्यहाँका जनता दिन तयार छन् । हामी समन्वय गर्न तयार छौँ’, उनले भने ।

‘विकास नगर्ने, त्यहाँ लफडा मात्रै गर्ने, त्यहाँका जनताले कुनै राहत र सहयोग नपाउने, वर्षातको समय आएपछि घरबाट निस्किएर अर्को गाउँमा जान नपाइने, बाटो नहुने, आफ्नो बस्ती बगाइरहने, तटबन्धको कुरा केही नहुने त्यस्तो स्थिति सिर्जना भयो भने त्यहाँका जनता आक्रोशमा आएर राष्ट्रिय गौरवको आयोजना मात्रै होइन नेपाल राष्ट्रको प्रतिष्ठा गाँसिएको मेलम्ची खानेपानी आयोजना त्यहाँका जनताले अबरोध गर्न थाले भने त्यसको जिम्मेवार सरकार हुनुपर्छ । यस्ता बिकृति ल्याउने मान्छे हुनुपर्ने होला । त्यो विषयमा सरकार र सदनको गम्भीर ध्यानाकर्षण गराएँ’, चेतावनी शैलीमा कांग्रेस सांसद बस्नेतले भनेका छन् ।

उनले तातोपानी नाका खोल्नुपर्ने बताए । उनले भने, ‘तोतोपानी नाका खोलेन भन्दा बन्द नभएको जस्तो, तातोपानीबाट व्यापारिक कारोबार भएको छैन ।’

उनले सरकारलाई आफ्नो दलका नेताहरूले शुभकामना दिइसकेका कारण आफूले नदिएको बताए ।

उनले भने, ‘नेपालको संसदभित्र धेरै झगडा भएको छ । प्रतिपक्ष र सरकारमा रहेको पक्षबीच झगडा भएको छ । त्यस्ता झगडा संसारका पार्लियामेन्टमा हेरेका छौँ । त्यो पनि पक्ष र प्रतिपक्षको बीचमा ।’

‘अब यहाँ चाहिँ सरकार पक्षकै बीचमा झगडा हुन थालेपछि । यहाँ पक्ष र प्रतिपक्षलाई बस्ने ठाउँ जुन विभाजन गरिएको छ, सरकार पक्षलाई पनि प्रतिपक्षको बस्ने व्यवस्था र विभाजन गरेर राखिदिनु भएन भने भविष्यमा ठूलो झगडा हुन सक्ने हामीले देखेका छौँ । अलर्ट हुन जरुरी छ ।’

सांसद बस्नेतले सधैँ मलखादको कुरा उठ्ने गरेको बताउँदै मलका लागि धेरै पटक कराएको बताएका छन् । उनले विशेष किसिमले मलको विषयमा ध्यान नदिने हो भने बिकराल अवस्था आउने बताए । उनले विगतमा खाद्यान्न निर्यात गर्ने नेपालले अहिले सबै कुरा आयात गरिरहेको बताए ।

कांग्रेसका सांसद बस्नेतले सात वटै प्रदेशमा मलखादको उद्योग स्थापना गर्नुपर्ने बताए । त्यसमा स्थानीय तहले पनि लगानी गर्न खोजेको बताए ।

उनले राज्य सञ्चालनको प्रक्रियामा रहेकाले संकटमा परेकाहरूको रेस्क्यु गर्ने कुरा एउटा भयो तर, यस्ता घटना हुन नदिन गम्भीर हुनुपर्ने बताएका छन् ।

आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका दुई बच्चालाई स्नातकसम्मको निःशुल्क शिक्षा दिने बस्नेतले बताएका छन् । उनले प्रेमप्रसाद आचार्यकी पत्नीलाई रोजगारी दिने बताए । बस्नेतले अरनिको यातायात सेवा समितिका अध्यक्ष समेत रहेका कांग्रेस नेता केदार क्षेत्रीले पनि सहयोग गरेको बताए ।

हेलम्बु र बाह्रबिसेको पहिरोमा परेका २ सयजति विद्यार्थीलाई काठमाडौंमा ल्याएर अध्यापन गराइरहेको बताए । उनले जमुको पहिरोमा ३ वर्ष पहिला छिरिङ गोले भन्ने बालिकालाई सीसीआरसी कलेजमा एघार र १२ मा साईन्स अध्ययन गराएर नर्सको तयारी गराइरहेको बताए ।

Published : Wednesday, 2023 February 1, 5:09 pm

Comments are closed.

फेसबुकबाट तपाईको प्रतिक्रिया