विश्वकप फुटबलका सट्टेवाज पक्राउ

काठमाडौं । विश्वकपमा सट्टेबाजी लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमवार साँझ तीन जनलाई नियन्त्रणमा लिएको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए ।

पक्राउ पर्नेहरूमा २२ वर्षीय रेजिन महर्जन, २५ वर्षीय सुजन शाही र प्रकट महर्जन रहेका छन् । रेजिनका साथबाट ४ लाख ५० हजार रुपैयाँ र प्रकटको साथबाट २ लाख ३९ हजार रुपैयाँ समेत बरामद गरेको छ ।

उनीहरुले विभिन्न अनलाइन मार्फत् स्पेन, अर्जेन्टिन, जापान, ब्राजिल लगायतका देशहरुमा बिट लगाएको अनुसन्धानमा देखिएको एसएसपी पोखरेलले बताए ।

जेठ ३१ गतेबाट रसियामा भइरहेको विश्वकपमा सट्टेबाजी हुने भएकाले गोप्यरुपमा प्रहरी परिचालन गरेको छ ।

Published : Thursday, 2018 July 5, 8:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया