काठमाडौंको सोल्टी सिटी अपार्टमेन्टमा बस्ने रोशनी–सवोध ललितपुरमा झ्यालबाट छिरे

काठमाडौं । प्रहरीले ललितपुरमा चोरी गरेको अभियोगमा १९ वर्षीया रोशनी महर्जन र ३९ वर्षीय सुवोध श्रेष्ठलाई पक्राउ गरेको छ ।

रोशनी र सुवोधले ललितपुर महानगरपालिका वडा नं. ५ मानभवनस्थित ओमप्रकाश प्रधानको ग्लोवल लिङ्क टेक्नोलोजी प्रा.लि.मा चोरी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं महानगरपालिका वडा नं. २६ लैनचौर स्थायी घर भएकी रोशनी र काठमाडौं महानगरपालिका वडा नं. १ स्थायी घर भएका सुवोधलाई सोल्टी सिटी अपार्टमेन्टको आठौं तलामा रहेको कोठाबाट चोरीका दशीप्रमाणसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जेठ २८ गते राति चोरी गरेका रोशनी र सुवोधलाई प्रहरीले पक्राउ गरेर ललितपुर जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिन म्याद थप गरेको छ ।

रोशनी र सुवोधले १ लाख ४५ हजार ६ सय २४ रुपियाँ नगर चोरी गरेका थिए । उनीहरूले ल्यापटप, मोबाइल, डायरी, झोला, सिमकार्डलगायतका २३ थान सामग्री बरामद भएको छ ।

चोरीका सामान सहित २ जना पक्राउ


मिति २०७८/०२/२८ गतेको राती अं. २१:०० वजे देखि ऐ. २३:०० वजेको समय भित्र ललितपुर जिल्ला ल.पु.म.न.पा.वडा नं. ५ मानभवन, ललितपुरमा ओम प्रकाश प्रधानले संचालन गरेको ग्लोवल लिङ्क टेक्नोलोजी प्रा.लि. को झ्यालको ग्रील तोडफोड गरी कार्यालयभित्र प्रवेश गरी नगद काउण्टरको सेफभित्र रहेको बिभिन्न दरका नेपाली रु १,०८,६२४/- (एक लाख आठ हजार छ सय चौबिस रुपैया) नगद, सोही कम्पनिको प्रमूख कार्यकारी अधिकृतको कोठाबाट नेपाली रु ३७,०००/- (सैतिस हजार रुपैया) नगद र Dell Vostro 7500,Serial No FXHQ503 को ल्याप्टप समेत चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममाकाठमाण्डौं जिल्ला का.म.न.पा.वडा नं.१ नक्साल स्थायी वतन भई हाल ऐ. का.म.न.पा.वडा नं. १४ रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेण्टमा वस्ने बर्ष ३९ को सुवोध श्रेष्ठ र का.जि. का.म.न.पा.वडा नं.२६ लैनचौर स्थायी वतन भईहाल ऐ. ऐ. वस्ने बर्ष १९ की रोशनी महर्जनलाई सोल्टी सिटी अपार्टमेण्टको आठौं तलामारहेको TC1/803 नं. को कोठामा कानूनी प्रकृया पूरा गरी रीतपूर्वकको खानतलासी गर्ने क्रममाबिल भरपाई नभएका तपसिलका दशीका सामानसहित पक्राउ गरी सम्मानित ललितपुर जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी बिस्तृत अनुसन्धान भईरहेको।

वरामद दशीका सामानहरुको बिवरण:-

१) Lenovo ideapad flex-14inc लेखिएको कालो रङको ल्याप्टप थान-१
२) Think Pad लेखिएको Lenovo कम्पनिको Type20m5-004Fus.s/nR9-0x75zy लेखिएको कालो रङको ल्याप्टप थान-१
३) Dell कम्पनिको VOSTRO मोडलको कालो रङको ल्पाप्टप थान-१ ।
४) Lenovo कम्पनिको मोडल एकिन नखुलेको सेतो रङको ल्याप्टप थान-१ ।
५) Acer कम्पनिको मोडल न. N20c5 लेखिएको ल्याप्टप थान-१ ।
६) Dell कम्पनिको ST;6zz1673,EX15235851423 लेखिएको ल्पाप्टप थान-१ ।
७) Acer कम्पनिको S/N;-NXGHGAA001630070697600 लेखिएको कालो रंगको ल्पाप्टप थान-१ ।
८) Lenovo कम्पनिको MODEL No 81CT उल्लेखित YOGA लेखिएको ल्याप्टप थान-१ ।
९) Acer कम्पनिको प्याक गरी राखिएको ल्याप्टप थान-२ ।
१०) Apple कम्पनिको IMEI No नखुलेको iPhone थान-१ ।
११) Acer कम्पनिको कलेजी रङको S/N;NXHULAA0010471B0103400 को ल्याप्टप थाना-१ ।
१२) Colors IPRO RYTE लेखिएको किप्याड मोवाइल थान-३ ।
१३) KINGSTONE लेखिएको 2TB(2 TERABYTE) क्षमताको Solid State Drive उल्लेखित ड्राईभ थान-४, Hi-tech Ultra लेखिएको 32GB क्षमताको मेमोरी कार्ड थान-१ ।
१४) बिभिन्न ल्याप्टपको चार्जरहरु थान-४ ।
१५) बिभिन्न बैंकमा बिभिन्न ब्यक्तिको नाममा जम्मा गरिएको रसिद राखिएको Clear Bag थान-१ साथमा रातो रङको डायरी थान-१ ।
१६) BHUWAN ADHIKARIनामक ब्यक्तिको राहदानी, बिभिन्न सर्टिफिकेट समेत राखिएको Clear Bag थान-१ ।
१७) SHUERBI को लोगो राखिएको कालो रङको ब्याग र सो ब्याग भित्र राखिएको बिभिन्न घर फोड्न प्रयोग हुने रड, पिलास तथा पेचकस राखिएको झोला थाना-१ ।
१८) मिति २०८०/०२/२९ गते ललितपुर जिल्ला लपु.म.न.पा.५ स्थितमा रहेको ग्लोवल लिङ्क टेक्नोलोजी प्रा.लि.को कार्यालयमा रहेको सिसि क्यमाराको फुटेजमा देखिएको चोरी गर्ने मानिसले प्रयोग गरेको जस्तो देखिने Vans व्राण्डको सेतो जुत्ता, कालो जिन्स पाइण्ट तथा Necjed Express लेखिएको ज्याकेट थान-१ ।
१९) लेखिएको WORLDLINKको राउटर, रिमोट समेत साथमा राखिएको सो को IPTV Box को S/N GX1000061908700 उल्लेखित बक्स थाना-१ ।
२०) बिद्युतिय उपकरणहरु मर्मत गर्न आवश्यक पर्ने मोवाइल खोल्न प्रयोग हुने औजारहरु राखिएको Reddot लेखिएको बट्टा थान-१ ।
२१) MI कम्पनिको स्टेण्ड हिटर थान-१ ।
२२) NTC को सिमकार्ड थान-२, NCELLकम्पनिको सिमकार्ड थाना-२ ।
२३) XIAMO कम्पनिको मोवाइल थान-१ ।

Published : Monday, 2023 June 26, 9:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया