हाइलेबलसँग कनेक्सन छ भनेर शक्तिको दुरुपयोग गर्ने ‘बाबा’ पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ‘शवसुतक गौरीभक्त बाबा’ भनिने पुरुषोत्तम काफ्लेलाई पक्राउ गरेको छ ।
प्रहरीका उच्च अधिकृत र राजनीतिक दलका नेताहरूसँग निकट सम्बन्ध रहेको भन्दै काफ्लेले विभिन्न व्यक्तिहरूबाट रकम ठगी गरेको आरोप छ ।
काफ्लेलाई सीआईबीको टोलीले भारतको हरिद्वारबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याइएको छ ।
सीआईबी प्रमुख किरण बज्राचार्यका अनुसार काफ्लेविरुद्ध २ करोड ६९ लाख रुपियाँ ठगेको आरोप छ ।
पीडितहरूबाट उजुरी आउने क्रम जारी रहेकाले उनले ठगेको रकमको परिणाम थप बढ्ने सीआईबीले जनाएको छ ।
काफ्लेले विभिन्न नेता, नेपाल प्रहरीका बहालवाला तथा पूर्व अधिकृत लगायतसँग फोटो खिचाउने र त्यही फोटो देखाएर विभिन्न व्यक्तिहरुका काम गराइदिने भन्दै रकम असुल्ने गरेको पाइएको छ ।
काफ्लेविरुद्ध उजुरी परेपछि प्रहरीले खोजी सुरु गरेको थियो । प्रहरीले उनलाई भारतको उज्जैन, जयपुर हुँदै हरिद्वारसम्म पछ्याएर नियन्त्रणमा लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया