रास्वपाका उप-सभापति अर्याललाई कसले दियो धम्की, काठमाडौंमा मान्छे पक्राउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उप–सभापति डोलप्रसाद अर्याललाई म्यासेज पठाएर धम्की दिने व्यक्तिलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।
मोबाईलमा म्यासेज पठाई अर्याललाई धम्की दिने १८ वर्षीय विजय कालीकोटेलाई कपनबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताएका छन् । कालीकोटेलाई असार २० गते पक्राउ गरिएको छ ।
खोटाङको मजुवागढी रुपाकोट नगरपालिका वडा नं. ९ स्थायी घर भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– १२ कपन बस्ने कालीकोटेलाई पक्राउ गरिएको एसएसपी कार्कीले बताए ।
असार १९ गते राति १ बजेर २६ मिनटको समयमा मोबाइलबाट रास्वपाका उप–सभापति अर्याललाई म्यासेज पठाई धम्की दिएको भन्ने जाहेरी प्राप्त भएपछि जिल्ला प्रहरी परिस काठमाडौंबाट खटी गएको विशेष प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कपनबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । प्रतिनिधि सभाका सांसद समेत रहेका अर्याल पूर्वमन्त्री पनि हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया