विमानस्थलबाट सुन र अबैध विदेशी मुद्राहरूसहित मान्छे पक्राउ
काठमाडौं । सुन जस्तो देखिने पहेलो रंगको धातु एवं अबैध विदेशी मुद्राहरूसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मंगलबार इण्डिगो एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका यात्रु भारतीय नागरिक अतुल अरुण अमबाटकारको साथबाट नेपालमा प्रतिबन्धित भारतीय रुपियाँ बरामद गरिएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
अतुलको साथबाट प्रहरीले भारतीय रुपियाँ ५०० दरको नोट थान–६३३, भारतीय रुपियाँ २००० दरको नोट थान–९ सहित भारतीय तीन लाख चौतीस हजार पाँच सय मात्र बरामद भएको छ ।
अतुलको साथबाट प्रहरीले सुन जस्तो देखिने पहेलो रंगको धातुको ब्रासलेट थान–१, पथर जडित औँठी थान–१, औँठी थान– ३, सिक्री थान–१ पनि बरामद गरेको छ ।
कुल अन्दाजी तौल १२७.८५ ग्राम अवैध रुपमा भन्सार छलि लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको विज्ञप्तिमा उल्लेख छ ।
अतुललाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि बरामद दसीहरूसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौं पठाइएको छ ।
मंगलबार गते विमान बंगलादेश एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट बंगलादेश प्रस्थान गर्न लागेका बंगलादेशी नागरिकको मोहम्मद युशुफ अलीको साथबाट नेपालमा प्रतिबन्धित भारतीय रुपियाँ ५०० दरको थान–६९८ बरामद भएको छ ।
तीन लाख उनानपचास हजार र अमेरिकी डलर १०० दरको थान– ४० ले चार हजार मात्र अमेरिकन डलर लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया