सीआईबीद्वारा काठमाडौंमा चार जना तस्करहरूलाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने बस्तुसहित चार जना मानिसहरूलाई पक्राउ गरेको जनाएको छ ।

आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा भदौ ८ गते सीआईबीको टोलीले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७ हरहर महादेव भन्ने स्थानबाट दुई जनालाई पक्राउ गरेको आइतबार जारी विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ३० को प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका वडा नं. ७ बस्ने वर्ष ५० को पूर्णसिंह तामाङ, काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ बस्ने वर्ष ३१ को श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्तेश्वर गाउँपालिका वडा नं. १ बस्ने वर्ष ३५ को कर्ना तामाङ रहेको सीआईबीको विज्ञप्तिमा उल्लेख छ ।

सीआईबीले संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने बस्तुतौल ७८८ ग्राम भएको थान–१ बरामद गरेको छ ।
पक्राउ परेका उनीहरूलाई भदौ १० गते डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौंमा सीआईबीले बुझाइएको छ ।

अनुसन्धानको क्रममा खुल्न आएका थप दुई जना मानिसहरूलाई व्यूरो तथा वनको संयुक्त टोलीले भदौ १० गते पक्राउ गरि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको छ ।

Published : Sunday, 2023 September 3, 1:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया