देउखुरीमा आदर्श नमूना माविका कार्यालय सहयोगीद्वारा जबरजस्ती करणी

काठमाडौं । दाङको देउखुरीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका–१ चिसापानी बस्ने ४० वर्षीय रामबहादुर खनाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

राप्ती गाउँपालिका–२ लालमटियास्थित आदर्श नमूना माध्यमिक विद्यालयमा कार्यालय सहयोगी तथा सह–चालकको रूपमा कार्यरत खनालले भदौ ४ गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेका जाहेरीमा उल्लेख छ ।

बालिकाको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले खनाललाई पक्राउ गरेको थियो ।

Published : Sunday, 2023 September 3, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया