गठबन्धन भत्काउन लागेको षड्यन्त्रबारे माधव नेपालको ठूलो खुलासा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई सत्ता गठबन्धनबाट बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले गठबन्धनलाई कमजोर बनाउन आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको बताए । उनले यस्ता षड्यन्त्रहरूबाट होशियार रहन आग्रह गरेका छन् ।

नेपालले भने, ‘आज गठबन्धनलाई धारे हात लगाएर यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ । त्यसबाट होशियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु ।’

उनले सत्ता गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरूको रहेको बताएका छन् । गठबन्धन बनाउने काममा आफूहरूले नै भूमिका खेलेको भन्दै उनले गठबन्धन पनि आफूले नै जोगाउनुपर्ने बताएका छन् ।

‘गठबन्धनलाई बलियो बनाउने हाम्रो जिम्मेवारी हो । गठबन्धन बनाउने काममा भूमिका हामीले नै खेलेको हो’, उनले भने, ‘विगतमा पनि हामीले भूमिका खेलेको हो । अहिले पनि हामीले भूमिका खेलेको हो ।’

अध्यक्ष नेपालले भने, ‘हामी कसैले तानेर गएको होइन । हामीले तानेर ल्याएको हो । यो कुराप्रति गौरवबोध गर्नुपर्छ । हामीले गठबन्धनलाई जोगाउने, बढाउने काममा भूमिका खेल्नुपर्छ ।’

नेकपा (एकीकृत समाजवादी)लाई विभाजन गरेर तीन टुक्रा बनाउने हल्ला फैलिरहेका बेला अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर बनाउन आफूहरूलाई गठबन्धनबाट बाहिर बनाउने षड्यन्त्र भएको बताएका छन् ।

अध्यक्ष नेपालको पार्टीलाई एमालेले फुटाउन विभिन्न षड्यन्त्रहरू गरिरहेको छ । एमालेको षड्यन्त्रप्रति नेपालले सचेत भएको जनाएका छन् ।

Published : Monday, 2023 September 18, 5:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया