सूर्यविनायक स्टोरको नामबाट ठगी गर्ने दुई जना काठमाडौंमा पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमा मोवाईल बिक्रीमा छ भनि ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ ।
सूर्यविनायक स्टोर नामको ईन्स्टाग्राम पेज लगायतमा विभिन्न मोवाईलहरू सस्तो मूल्यमा बिक्री गर्छु भनेर ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनीहरूले घरमै पुर्याई दिन्छु भनि विभिन्न मोवाईलहरूको फोटो तथा भिडियो बनाई विज्ञापन गरी खरिद गर्न ईच्छुक मानिसहरूलाई बैंक तथा ई–सेवा खातामा रकम पठाउन लगाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
पीडितको निवेदन तथा सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट अनुसन्धान गर्ने क्रममा भारतीय नागरिक वर्ष २० को मोतीहारी सुगौली घर भई हाल काठमाडौंको चाबहिल बस्ने साजित मियाँ र पर्साको वीरगञ्ज माहानगरपालिका – १३ घर भई हाल काठमाडौंको बुढानिलकण्ठमा बस्ने १७ वर्षीय बालकको संलग्नता रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएका प्रहरी टोलीले आइतबार पक्राउ गरी ठगीसम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसर, काठमाडौंबाट थप अनुसन्धान भई रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया