कैलालीका चौधरी बालुवाटारबाट पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दामा जरिवाना तोकिइ फरार रहेका व्यक्तिलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको छ ।
तीर्थकिस्मत चौधरी कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ४ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं. २७ मा बस्दै आएका थिए । उनलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरिएको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
चौधरीलाई उच्च अदालत पाटन, ललितपुरले १३ लाख ५० हजार रुपियाँ ठगी गरेको अभियोगमा चार दिन कैद ठहर भएको थियो । अदालतले चौधरीलाई ५४ हजार क्षतिपूर्ति भराउने फैसला अदालतले गरेको छ ।
Published : Friday, 2023 October 6, 11:16 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया