भूकम्पका घाइतेहरूको उपचारका लागि बाँके प्रशासनद्वारा पूरा तयारी
काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले भूकम्पको उद्धार, उपचार र सहयोगका लागि सक्रियता देखाएको छ ।
जाजरकोट केन्द्रविन्दु भै गएको भूकम्पका गम्भीर घाइतेको उपचारका लागि बाँके प्रशासनबाट बिहान ०३.२१ बजे बाटै तयारी थालिएको छ ।
भेरी अस्पताल नेपालगञ्जलाई उपचारको लागि विशेष अस्पताल बनाइएको छ ।
व्याक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरूको आफन्तजनको सहजताको लागि पनि सम्पर्क व्यक्तिमा नरेश श्रेष्ठ ९८५११४३६६६ लाई तोकिएको छ ।
कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको बाँके प्रशासनले जनाएको छ ।
भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ ।
कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ ।
घाइतेको उपचारका लागि पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ र लजिस्टिकको प्रबन्ध मिलाइएको छ ।
हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा बिमानस्थल र आर्मिको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।
ब्लडको मौज्दात रहेको छ । अपुग भएमा फ्रेश ब्लड आपूर्तिको लागि रक्त दाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको जिल्ला प्रशान कार्यालय बाँकेले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया