पाँचजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिसमा परेका छन् ।

शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले एसपी वसन्त रजौरे, रविकुमार पौडेल, नविराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई बढुवा गर्न सिफारिस गरेको हो ।

गृह मन्त्रालयले ती पाँच जना एसपीलाई एक सातापछि एसएसपीमा बढुवा गर्नेछ । त्योभन्दा अगाडि कुनै उजरी रहेमा उजुरी गर्न पनि भनिएको छ ।

Published : Saturday, 2023 November 11, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया