निर्मला हत्याबारेमा के भन्छिन् रोशनी बम ?

काठमाडौं । १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेकी अभियुक्त रोशनी बमले आफ्नो संलग्नता अस्वीकार गरेकी छिन् ।

निर्मलाकी साथी रोशनी बम प्रहरी थुनामा छिन् । बयानमा रोशनी बमले बलात्कार र हत्या आरोप अस्वीकार गरेकी छन् ।

रोशनीलाई थुनामा राखेर थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गर्न लैजानुअघि जिल्ला सरकारी कार्यालयमा बयान लिइएको थियो ।

सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधिवक्ताको उपस्थितिमा रोशनीसँग बयान लिइएको थियो । बयानमा रोशनी बमले आफू र दिदीमाथि लगाइएको सबै आरोप झुठ्ठा रहेको बताएको स्रोतले जनाएको छ ।

तपाईंहरूमाथि त बलात्कारपछि हत्याको आरोप लागेको छ नि ? भनेर प्रश्न सोधिएको थियो । जवाफमा रोशनीले आफूहरूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै घटनामा दिदीबहिनीको कुनै संलग्नता नरहेको दाबी गरेकी थिइन् ।

स्रोतका अनुसार रोशनीले बयानमा भनेकी छिन्, ‘निर्मला बिहान ११ बजेतिर हाम्रो घरमा आएको र दिउँसो सवा २ बजे घर गएँ भन्दै निस्केको हो ।’

निर्मला र आफू घरको तल्लो तलाको कोठामा बसेर गृहकार्य गरेको र जाँदा अहिले घर निस्केँ, बेलुका भाँसी घर जान्छु भन्दै गएको रोशनीले बयानमा उल्लेख गरेकी छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सबै कुरा गलत रहेको रोशनीको भनाइ छ ।

‘घरमा पुग्दा निर्मलाको हातमा कालो लागेको थियो, के भयो भनेर सोध्दा साइकलको चेन फुत्केपछि लगाउँदा यस्तो भएको भनी’ रोशनीले बयानमा उल्लेख गरेकी छन् ।

Published : Friday, 2018 August 31, 11:45 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया