सोलुखुम्बुमा पार्किङ गरेको स्काईभेटरमा कसरी लाग्यो आगो ? बीमा खान त होइन ?

सल्लेरी । सोलुखुम्बु जिल्लामा सडकमा रोकी राखेको स्काईभेटरमा आगो लागेको छ ।

थुलुङ दुधकोशी गाउँपालिका-५ लिखु बस्ने प्रकाश राईको घर नजिक पार्किङ गरी राखेको हाल नम्बर नखुलेको स्काईभेटरमा गएराति आगलागी हुँदा स्काईभेटर पूणर्रूपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

स्काईभेटरमा आगलागी हुँदा करिब १ करोड रूपियाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रकाशले सानी कम्पनीको हारबोट कन्ट्रक्शन प्रालिको स्काईभेटर भाडामा लिई सोही गाउँपालिका-४ छिपिलीस्थित दुधकोशी २ जलेश्वर हाईड्रोपावर कम्पनीको बाटोमा ट्रयाक खन्दै गरेका थिए ।

स्काईभेटर हाल ७/८ दिनदेखि प्रकाशको घर नजिक सडकमा पार्किङ गरी राखेको खुल्न आएको प्रहरीले जनाएको छ ।

स्काईभेटरमा आफै आगो लागेको हो वा कसैले लगाइदिएको हो सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सवारी साधनहरु पुरानो भयो भने वा किस्ता बुझाउन नसकेपछि या बिग्रिएर हैरान हुँदा आफै आगो लगाएर बीमाको रकम दाबी गर्ने आरोपहरु लागेका बेला सोलुखुम्बुमा पार्किङ गरि राखेको स्काईभेटरमा आगो लागेको छ ।

उता, रुपन्देही जिल्लामा मोटरसाइकल वर्कसपमा आगलागी हुँदा १५ लाखको क्षति भएको छ ।

गैडहवा गाउँपालिका-८ मैनिहवास्थित मोटरसाइकल वर्कसपमा आइतबार बिहान आगलागी हुँदा करिब १५ लाख रूपियाँ बराबरको धनमाल नष्ट भएको छ ।

धनीराम थारूको घरको सटरमा सुरेन्द्र मल्लले संचालन गर्दै आएको उक्त वर्कसपमा विद्युत सर्ट भई आगलागी हुँदा वर्कसपमा रहेका विभिन्न सर-सामानहरू जलेर उक्त रकम बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Published : Sunday, 2023 November 19, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया