ओखलढुंगाका बुढाथोकी र बागलुङका राना मृत भेटिए

काठमाडौं । ओखलढुंगा घर भएका ३२ वर्षीय उमेश बुढाथोकीको काठमाडौंमा मृत्यु भएको छ ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१२ कपन मुस्कान चोकमा डेरा गरी बस्ने ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-१० घर भएका ३४ वर्षीय प्रकाश बुढाथोकीको डेरा कोठामा उनकै भाइ उमेश बुढाथोकी आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उता, बागलुङको बागलुङ नगरपालिका-१ रामरेखा बस्ने ३० वर्षीय छितिज राना मगर आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यता, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१० बारबाने बस्ने ४८ वर्षीया कल्पना जिएम आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका-१६ हनुमाननगर टोलस्थित नालामा सोही उपमहानगरपालिका-१८ मौवाही बस्ने ६५ वर्षीय राम बिलाश पासवान आइतबार मृत अवस्थामा फेला परेका छन् ।

बैतडीको दशरथचन्द नगरपालिका-५ कुमाली बस्ने ४५ वर्षीय नरेश जोशी सोही नगरपालिका-५ मुल्याभिटो काठोमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

Published : Sunday, 2023 November 19, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया