चीनबाट तस्करीको सुन नेपाल भित्रियो, पैसा र सुनसहित ३ जना पक्राउ

काठमाडौं । प्रहरीले रसुवा जिल्लाबाट करीव १५ लाख बराबरको सुन बरामद गरेको छ । प्रहरीले सुनसहित ३ जनालाई पक्राउ गरेको छ ।

गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढीबाट करिब १४ लाख ९१ हजार ६ सय ८२ रुपियाँ बराबरको १२ तोला ९१ लाल तौलको सुनजस्तो देखिने पहेंलो धातुसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गेरको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा आमाछोदिङ्मो गाउँपालिका–१ हाकु बस्ने ४४ वर्षीय सिने वाङ्दी तमाङ, सोही गाउँपालिका–५ चिलिमे बस्ने १६ वर्षीया किशोरी र सोही गाउँपालिका–४ बस्ने २३ वर्षीय लक्ष्मी तामाङ रहेका छन् ।

सोही ठाउँस्थित नेपाल–चीन सीमानाको रसुवागढी नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई ५ थान बेरूवा औंठीको रूपमा ल्याएको उक्त धातुसहित पक्राउ गरेको छ ।

Published : Monday, 2023 November 20, 7:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया