पत्नीलाई वडाध्यक्षसँग कोठाभित्रै फेला पारेपछि…

बागुलङ । बागलुङ जिल्लामा प्रहरीले वडाध्यक्षलाई बुर्तिबाङमा अर्काकी पत्नसँग कोठाभित्रैबाट पक्राउ गरेको छ ।

वडाध्यक्षलाई केही समय नियन्त्रणमा राखेर प्रहरीले राजनीतिक दवावमा छाडिदिएको छ । वडाध्यक्ष कृष्ण गुरुङलाई प्रहरीले भदौ १७ गते आइतबार बुर्तिबाङबाट पक्राउ गरेको हो । कविता केसी (नाम परिवर्तन)को घरको कोठाबाट वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको थियो ।

कविता केसीका पतिले आफ्नी पत्नी र वडाध्यक्ष कृष्ण गुरुङलाई कोठाभित्र सँगै फेला पारेपछि प्रहरी बोलाएर रंगेहात पक्राउ गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी दीपक रेग्मीले महिलाका पतिले वडाध्यक्ष कृष्ण गुरुङ र आफ्नी पत्नीलाई कोठाभित्रै सँगै देखेपछि प्रहरी बोलाएर पक्राउ गराएको जानकारी दिए ।

‘घटनाको प्रकृति र अनुसन्धानबाट तत्काल ती महिला र वडाध्यक्ष कृष्ण गुरुङबीच कुनै अनैतिक क्रियाकलाप गरेको नदेखिएपछि छाडिदियौँ । अरु बेला के भएको थियो हामीलाई थाहा भएन । पुष्टि हुने कुरा पनि भएन’, एसपी रेग्मीले भने, ‘मिलापत्र गरेपछि पति–पत्नीसँगै गएका छन् ।’

कविता केसी र वडाध्यक्ष कृष्णबहादुर गुरुङबीच अनैतिक सम्बन्ध रहेको पतिले चालपाएपछि पिछा गरेका थिए । संयोगले आइतबार कोठाभित्रै पत्नी कविता केसी र वडाध्यक्ष कृष्णबहादुर गुरुङलाई फेला पारेपछि प्रहरी बोलाएर पक्राउ गराएका थिए ।

Published : Tuesday, 2018 September 4, 12:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया