नवीनाले छुटाएका गुण्डा नाइके सत्यमानफेरि पक्राउ

काठमाडौं । पूर्वएमालेकी सांसद नवीना लामाले केही महिला अगाडि प्रहरीको कब्जाबाट छुटाएकी गुण्डा नाइके सत्यमान लामा पक्राउ फेरि पक्राउ परेका छन् ।

लामालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मंगलबार काठमाडौंको ठमेलबाट नियन्त्रणमा लिएको हो ।

सत्यमान लामाले गुण्डा नाइके दावा लामाको काठमाडौंको कारोबार सम्हाल्दै आएका थिए । नवीना लामाले सत्यमान लामालाई आफ्नो भाइ बताउने गरेकी छिन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहका अनुसार काभ्रे तिमाल स्थायी घर भई शंखमुल बस्दै आएका मानबहादुर तामाङ र उनकी दिदी जितमाया तामाङलाई काट्छु–मार्छु भन्दै धम्की दिएको जाहेरी परेपछि सत्यमान लामालाई प्रहरीले पक्राउ परेको हो ।

दावा लामाको मुन्सीको रुपमा काम गर्दै आएका सत्यमान लामाका विरुद्ध लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारको उजुरी प्रहरीमा परेपछि गत असार २८ गते पक्राउ गरिएको थियो । नेकपाकी सांसद एवम् केनद्रीय सदस्य नवीना लामाले प्रहरीलाई दवाव दिएर आफ्नो जिम्मा लिएर छुटाएकी थिइन् ।

Published : Tuesday, 2018 September 4, 7:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया