काठमाडौंमा निजी गाडीभित्र भेटियो शव

काठमाडौं । काठमाडौ स्वयम्भुमा एक व्यक्तिको शव गाडीभित्र फेला परेको छ । काठमाडौं नैकाप निवासी ३२ वर्षीय श्याम श्रेष्ठको शव पार्किङ गरी राखेको कारभित्र फेला परेको हो ।

स्वयम्भुमा पार्किङ गरी राखेको निजी कारमा श्रेष्ठको शव बिहीबार बिहान १ बजे फेला परेको हो । उनको हत्य भएको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

बा ७ च ७०२१ नम्बरको कारभित्र पछाडिको सिटमा श्रेष्ठको शव भेटिएको थियो ।

श्रेष्ठको मुखबाट फिँज आएको छ । शव पोस्टमार्टमाका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

Published : Thursday, 2018 September 6, 11:47 am

1 प्रतिकृया प्राप्त “काठमाडौंमा निजी गाडीभित्र भेटियो शव”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया