रोल्पामा तरुण दलका नगर समिति अध्यक्षको हत्या

रोल्पा । रोल्पामा अपरिचित समूहले गोली प्रहार गरेर नेपाल तरुण दलका नगर समिति अध्यक्ष रोहित पुनलाई गोली हानी हत्या गरेको छ ।

सुलिचौरमा आइतबार दिउँसो अपरिचित समूहले अध्यक्ष पुनलाई गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । होटेलमा खाजा खाँदै गरेका पुनलाई गोली प्रहार गरिएको थियो । गोली लागेर घाइते पुनको घटनास्थलमै मृत्यु भएको प्रहरी भनाइ छ ।

अध्यक्ष पुनले सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलिचौरस्थित रेष्ट पोइन्ट रेष्टुरेन्ट एण्ड बारमा खाजा खाँदै गरेका अध्यक्ष पुनलाई एक्कासि गोली प्रहार भएको थियो ।

अध्यक्ष पुनको शवलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको छ । अध्यक्ष पुनलाई कसले गोली प्रहार गरेको हो खुल्न सकेको छैन ।

नेपाल तरुण दलले नगर समिति अध्यक्ष पुनलाई गोली प्रहार गर्ने समूहलाई पक्राउ गरेर कारबाही गर्न माग गरेको छ ।

Published : Sunday, 2018 September 9, 7:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया