यी हुन् भ्रष्ट प्रहरी निरीक्षक, आफ्नै कुर्सीबाट पक्राउ

गुलरिया । बर्दिया जिल्लामा घुस लिने नेपाल प्रहरीका निरीक्षक गणेशसिंह महतालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय, मैनापोखर कार्यालयका प्रमुख एवम् प्रहरी निरीक्षक महतालाई अख्तियारको टोलीले आइतबार कार्यालयभित्रैबाट पक्राउ गरेको हो । अख्तियारद्वारा जारी

विज्ञप्तिअनुसार प्रहरी निरीक्षक महतालाई रु ३० हजार नगद घुसको रकमसहित पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा स्थानीय मध्यस्थकर्ता महिला मैया पौडेल पनि रहेकी छिन् ।

अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई छोडीदिने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको उजुरी एवम् सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जबाट खटिइ गएको टोलीले प्रहरी निरीक्षक महत र पौडेललाई घुसबापतको रकम लिएको अवस्थामा पक्राउ गरेको थियो ।

Published : Monday, 2018 September 10, 11:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया