कांग्रेसको भोजन व्यवस्थापन उप–समितिमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसले भोजन व्यवस्थापन उप–समितिमा सदस्यहरू मनोनयन गरेको छ ।

सोमबार विज्ञप्ति जारी गरेर कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय सदस्य उदयशम्शेर राणा संयोजकत्वको उप–समितिको सदस्यहरूमा विभिन्न नेताहरूलाई मनोनयन गरिएको जनाएका छन् ।

फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन नेता राणाको संयोजकत्वमा ‘भोजन व्यवस्थापन उप–समिति’ गठन भएको छ ।

उप–समितिको सदस्यहरूमा मेखलाल श्रेष्ठ (उप–सभापति, नेपाली कांग्रेस, गण्डकी प्रदेश), सुदर्शन घिमिरे, (उप–सभापति, नेपाली कांग्रेस, ललितपुर), प्रगतिमान रञ्जित (काठमाडौं), निशान ढुंगेल (नगर सभापति, सूर्यविनाक नगर कार्यसमिति एवम् पूर्व सचिव नेपाली कांग्रेस, भक्तपुर), ऋषिदेव फुयाल (सह–सचिव, नेपाली कांग्रेस, ललितपुर) र सम्झना भट्टराई (काठमाडौं)लाई उप–समितिको सदस्यमा मनोनयन गरिएको छ ।

Published : Monday, 2024 February 12, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया