गगनकुमार थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव
नेपाली कांग्रेस, महासमिति बैठक
महामन्त्रीगगनकुमार थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव (केन्द्रीय कार्यसमितिको बैठकबाट प्राप्त सुझावका आधारमा थप परिमार्जन सहित)
२०८० फागुन ७-१०गोदावरी, ललितपुर, नेपाली कांग्रेस महासमिति बैठकमा महामन्त्रीद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव
स्वागत, श्रद्धार स्मरण
आदरणीय सभापतिज्यू,
नेपाली कांग्रेसको नीति महाधिवेशनको समेत कार्यभार लिएकोयस महासमिति बैठकमासहभागी हुन आउनु भएका सम्पूर्णमहासमिति सदस्य साथीहरूलाई जय नेपालको अभिवादनसहितहार्दिक स्वागत गर्दछु ।
यस अवसरमा महासमिति बैठकलाई व्यग्रतापूर्वकहेरिरहनु भएका इमान र निष्ठालाई डगमगाउन नदिईमन, वचन र कर्मले सदैव देशर लोकतन्त्रप्रति प्रतिबद्ध देशभित्र वा बाहिर संसारको सुदूर कुनासम्म छरिएर रहनु भएका सम्पूर्ण नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीमाहार्दिक अभिवादन गर्दछु ।
यो ऐतिहासिकदिनमा आठ दशकभन्दा लामो लोकतान्त्रिक संघर्षको यात्राका विभिन्न कालखण्डमा गौरवपूर्ण सहादत प्राप्त गर्ने प्रात:स्मरणीययोद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।साथै,यस महत्वपूर्ण क्षणमा हाम्रो पार्टीका संस्थापक पथप्रदर्शक जननायक बिपी कोइराला लगायत श्रद्धेय संस्थापक नेताहरू तथानेपालको लोकतन्त्रको संघर्षशील यात्राका विभिन्न कालखण्डमा पार्टीमा नेतृत्वदायी भूमिका र महत्वपूर्ण योगदान गर्नुहुने आदरणीय अग्रज तथायोद्धाहरूलाईहृदयदेखि स्मरण गर्दछु ।
आदरणीय साथीहरू !
गत माघ १२ गते हामीले पार्टीको ७८औं स्थापना दिवस मनायौं। ७८ वर्ष अगाडी यो पार्टीको परिकल्पना गर्दा हाम्रा अग्रजहरू थोरै संख्यामा हुनुहुन्थ्यो, सदस्यको संख्या अत्यन्त न्यून थियो र पार्टीमा आबद्धताका लागि सहज बाटो पनि थिएन ।न कुनै पदको अपेक्षा, न त सुनिश्चितता नै थियो ।स्रोत साधनको सीमितताका कारणपार्टीको संरचना फैलिएको थिएन ।आजको जस्तोराजनीतिक चेत, संचार र प्रविधिको अनुकूलता थिएन।हाम्रा अग्रजहरुलाई अकल्पनीयसंघर्षको दुष्कर समयमा पनि जनता-जनार्दनको जीवनलाई सुखी र सुन्दर बनाउने पार्टीकोमहान ध्येय र समर्पणले बाँधेको थियो । परिणामस्वरुप, नेपाली कांग्रेसकै नेतृत्वमा युगान्तकारी राजनीतिक परिवर्तनहरुसम्भवभए ।अत: नेपाली कांग्रेस सात दशक अघिदेखि लोकतन्त्रका निम्ति पटक पटक भएका संघर्ष र आन्दोलन, निरङ्कुश राजतन्त्रको अन्त्यदेखि माओवादी द्वन्द्वको शान्तिपूर्ण अवतरण, संविधानसभा निर्वाचन,संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणदेखि संघीय नेपालको तीनै तहको निर्वाचनसम्मको नेतृत्व गरीमुलुकलाई कठिन अवस्थामा निकास दिलाएको इतिहासप्रति गौरव गर्दछ।
नेपाली कांग्रेसको नेतृत्वमा बनेकोलोकतान्त्रिक संविधानकोवाचा र मर्मलाईगम्भीरतापूर्वक आत्मसात गर्दै त्यसको गतिशील कार्यान्वयनमार्फत मुलुकलाई समुन्नतितर्फ डोर्याउनु नै आजको हाम्रो मुख्य राष्ट्रिय जिम्मेवारी हो । आफ्नो करिवआठ दशक लामो गौरवपूर्ण इतिहास, यसको आदर्शएवं विचारको श्रेष्ठता, हजारौं कर्मठ, स्वावलम्बी र इमानदार स्वयंसेवी कार्यकर्ताको ऊर्जा एवं जनताको अनवरत स्नेह र समर्थनले त्यो राष्ट्रिय दायित्वलाई बहन गर्न सक्ने उच्च आत्मबलका साथ हामी यो ऐतिहासिक बैठकमा उपस्थित भएका छौं । नेपाली कांग्रेसकै नेतृत्वमा मुलुक समुन्नतिको दिशामा अगाडि बढ्छ भन्ने आशा र विश्वासको उत्साहजनक सन्देश जनतालाई दिन सक्यौँ भनेमात्र यो बैठकको ऐतिहासिक महत्व सिद्ध हुनेछ ।
त्यही आत्मविश्वासका साथ आज प्रजातन्त्र दिवसको दिन पुनः एकपटक वर्तमान संविधानद्वारा निर्मित आधारशीलामा दृढतापूर्वक उभिएर नेपाली राजनीतिमा देखिएका तमाम ज्वलन्त मुद्दाहरुको सम्बोधन गर्दै समुन्नत नेपाल निर्माणमा अग्रसर हुनेसंकल्पसहित यस महासमिति बैठकमा पार्टीको सांगठनिक प्रस्ताव प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
सांगठनिक अवस्था
वि.सं. २००५ फागुन १८ मा सम्पन्न भएको नेपाली राष्ट्रिय कांग्रेसको तेस्रो महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा भनिएको छ-“हामीले बाटोघाटोको अतिशयन्यूनता भएको विस्तृत भू-खण्डमा काम गर्न सारै थोरै समय पाएका छौँ । सरकारले पनि आफ्नो निरङ्कुश र प्रगति विरोधी नीतिले हाम्रो मार्गमा तगारो अड्काएको छ । फेरि हाम्रा कर्मठ र कार्यकुशल साथीहरूमध्ये निकै जसो अझै पनि जेल यातना सहिरहेका छन । बाधाहरू अनेकन छन्, तर प्रथम वर्षको भन्दा सदस्य संख्या चौवर भएको छ…”। यसरी चौबर भयो भनिएको सदस्य संख्या केही सय मात्र पुगेको थियो ।
आज २०८० सालसम्म आइपुग्दा अठहत्तर वर्षको यो यात्रामा पार्टीको विशाल सांगठनिक संरचना हामीसँगछ । देशभित्र टोल-टोलसम्म, विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा मात्र होइन देश बाहिर समेत पार्टी संगठनको विस्तार भएको छ, सदस्यता फैलिएको छ । ८ लाख ६९ हजार ५५१ क्रियाशील सदस्य र क्रियाशील बाहेकका लाखौं कांग्रेस सदस्य छन् । १३ वटा भ्रातृसंघ र २६ वटा शुभेच्छुक संस्थामा आबद्ध सदस्यहरूको संख्या निकै ठूलो छ ।
२०७८ मंसिरमा सम्पन्न १४औं महाधिवशन पश्चात्केन्द्रदेखि ६७४३ वडा र त्यस अन्तर्गत रहेका हजारौं टोल समिति छन् ।सम्पर्क समितिहरू छन् । देशभित्र मात्र होइन संसारका विभिन्न भागमा छरिएका ३७ वटा जनसम्पर्क समितिमार्फत हजारौँ सदस्य पार्टीमा आबद्ध छन् । नेपाली कांग्रेस सबैभन्दा धेरै सदस्य, ठूलो सांगठनिक संरचना भएको दल बनेको छ । संगठन मात्रै होइन यस अवधिमा तीन तहको निर्वाचन मार्फत नेपाली कांग्रेस तीनै तहमा जनमतका हिसाबले पनि पहिलो दल बनेको छ । पार्टी संगठनका गतिविधि नियमित रुपमा संचालित छन्; संगठन जीवन्त छ ।
अब म यस अवधिमा भएका संगठनिक गतिविधिको संक्षेपमा चर्चा गर्न चाहान्छुः-
• नेपाली कांग्रेसको १४औं महाधिवेशन पश्चात ५ वटा नियमित र ४ वटा आकस्मिक गरी ९ पटकमा ३४ दिन केन्द्रीय कार्यसमितिको बैठक बसेको छ भने ६ पटकमा ३० दिन कार्यसम्पादन समितिको बैठक सम्पन्न भएका छन् । यी बैठकमा पार्टीका आन्तरिक सांगठनिक गतिविधिको समीक्षासँगै देशमा विकसित राजनीतिक घटनाक्रम र समसामयिकमुद्दाका सन्दर्भमा गहन छलफल र निर्णय भएका छन् ।
• महाधिवेशन लगत्तै पार्टी लगातार तीनै तहको निर्वाचनमा केन्द्रीत हुनुपरेकोले पार्टीले सम्पूर्ण ध्यान निर्वाचन परिचालन र व्यवस्थापनमा दिनुपर्यो । त्यस अवसरमा पार्टीले ‘घर घर जाऔँ नेपाली कांग्रेसलाई जिताऔँ’ लगायतका निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्यो । गठबन्धन सहित निर्वाचनमा जाँदा पार्टी संगठन व्यवस्थापनमा केही कठिनाइ भए, तर पार्टी सबै तहको निर्वाचनमा पहिलो दल बनेको छ । ३३२ स्थानीय तहमा हाम्रो नेतृत्व र अन्य बहुसंख्यक स्थानीय तहमा हाम्रो बलियो उपस्थिति छ । प्रदेश र संघमा प्रमुख दलको हैसियतमा कतै नेतृत्व त कतै मुख्य साझेदारको रुपमा सरकारमा सहभागिता छ ।
• पार्टीको विधान कार्यान्वयनलाई तदारुकताका साथ अगाडि बढाउने सन्दर्भमा केन्द्रीय कार्यसमितिको २०७९ साउन २ देखि १० गतेसम्म बसेको बैठकले वार्षिक कार्यतालिका नै बनाएर पार्टीका बैठक र गतिविधि सञ्चालन भइरहेका छन् ।
• नियमित रुपमा केन्द्रीय कार्यसमितिको बैठक बस्नैपर्ने विधानको व्यवस्था कार्यान्वयनमा आएको छ । मातहतका सबै तहले विधान अनुसार सक्नुपर्ने कामहरू समयमै सम्पन्न गर्न समन्वय र सहजीकरण गर्दै वार्षिक कार्यातालिका नै बनाई सांगठनिक गतिविधि सञ्चालन गर्न र सो को अभिलेख पठाउने संयन्त्रको विकास गरिएको छ।
• यस वर्षदेखि सबै तहमा हरेक वर्ष अनिवार्य सम्मेलन गर्ने अभ्यासको थालनी भएको छ । सम्मेलनमा राजनीतिक, समसामयिक र सांगठनिक प्रतिवेदन प्रस्तुत र छलफल गर्ने परिपाटीको सुरुवात भएको छ । विधानमा व्यवस्था भएपनि विगतमा यो कार्यान्वयनमा आएको थिएन । यस वर्ष हालसम्म ४ वटा प्रदेश सम्मेलन,६० वटा जिल्ला सम्मेलन र १००बढीप्रतिनिधिसभा क्षेत्रीय सम्मेलन सम्पन्न भइसकेका छन । बहुसंख्यक स्थानमा प्रदेशसभा क्षेत्रीय सम्मेलन, गाउँ/नगर सम्मेलन र वडा सम्मेलन सम्पन्न गरी क्षेत्रीय र जिल्ला सम्मेलन गर्ने गरिएको छ ।
• १४औं महाधिवेशनसम्मको क्रियाशील सदस्यताको समस्या समाधान गरी ८ लाख ६९ हजार ५५१ क्रियाशील सदस्यताको विवरण जिल्लागत रुपमा सबै जिल्लामा पठाएर नवीकरणको प्रक्रिया शुरु भइसकेको छ । विधान बमोजिम नयाँ क्रियाशीलसदस्यता निरन्तर वितरण गर्ने कार्यलाई प्राथमिकता दिईनयाँ सदस्यता वितरणका लागि पठाइसकिएको छ ।
• नेपाली कांग्रेस पार्टी सदस्यता अनलाइन मार्फत उपलब्ध हुने व्यवस्था सुरू भएको छ । क्रियाशील सदस्यता नवीकरणलाई अनलाइनमार्फत हुने र क्रियाशील सदस्यताको कार्ड जिल्लाबाटै प्रिन्ट गर्न सकिने गरी प्राविधिक व्यवस्था बनेको छ । यसपटकको लागिसबै जिल्लामा प्रिन्टका लागि पठाए पनि नवीकरण कार्यमा ढिलाइ नहोस् भनेर जिल्लाकै सुझाव अनुसार केन्द्रबाटै पठाउने प्रबन्ध मिलाइएको छ ।
• सबै तहका गतिविधि, सदस्यता र अभिलेखलाई एकीकृत गर्दै विद्युतीय अभिलेख प्रणालीको प्रक्रिया र अभिलेख संकलन गर्ने कार्य अगाडि बढेको छ ।
• पार्टीमा विचार मन्थनसघन र व्यवस्थितभएको छ । पार्टी कार्यतालिकामा पचास प्रतिशत सांगठनिक गतिविधि र पचास प्रतिशत समाजका विविध विषयमा कार्यक्रम गर्ने प्रारुप अनुरुप युवा पोलिसी ह्याकथन, तीनदिने राष्ट्रिय बिपी साहित्य महोत्सव जस्ता प्रभावकारी कार्यक्रमहरू गरिएको छ, जसको जनस्तरमा समेत व्यापक चर्चा र सराहना भएको छ । महासमिति बैठक लगत्तै पछि ‘सुवर्ण शमशेर इकोनमिक कनक्लेभ’ आयोजनाको तयारी गरिएको छ । केन्द्रको कार्यतालिका अनुसारका कतिपय कार्यक्रमहरू प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र मातहतका कार्यसमितिमार्फत निरन्तर भइरहेका छन् ।
• पार्टी कार्यालयमा अत्याधुनिक पुस्तकालय तथा स्रोत केन्द्र निर्माणको अन्तिम चरणमा छ । सो केन्द्रमार्फत नियमित रुपमा विषयगत संवाद श्रृंखला रविज्ञसँग बातचित तथासरोकारवालासँग छलफलकार्यक्रम सञ्चालन हुनेछ ।
• पार्टीका नियमित सांगठनिक र समाजसँग जोडिएका अभियानहरू सँगसँगै भइरहेका छन् । महाधिवेशनपश्चात निर्वाचन अगाडि २०७८ माघ २९देखि फागुन २० गतेसम्म ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान, २०७९ भाद्र १० देखि २४ गतेसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान, २०८० साउन २०देखि ३० गतेसम्म आन्तरिक विशेष अभियान र २०८० माघ १३ देखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस अभियान’सञ्चालन गरिएको थियो ।सबै अभियानहरूमा केन्द्रीय सदस्यहरू प्रतिनिधि जानुभएको थियो । अभियानपश्चात प्रतिनिधिसँग छलफल गरी जिल्लाहरूको सांगठनिक अवस्था र समस्याअनुसार संबोधन गर्ने अभ्यासको थालनी भएको छ । महासमिति बैठक लगत्तै समुदायमा कांग्रेस अभियान पुन: सञ्चालन हुनेछ । यो अभियानको उद्देश्य जनताका कुरा सुन्ने र सो अनुरुप संगठनका गतिविधिलाई परिमार्जित र प्रभावकारी बनाउने रहेको छ ।
• स्थानीय तहको निर्वाचन पश्चात कांग्रेसबाट जितेका जनप्रतिनिधिहरूलाई कांग्रेस संकल्पपत्रमा उल्लेखित विषयबारे अभिमुखीकरण गर्न सबै स्थानीय तह प्रमुख र उपप्रमुखलाई विज्ञहरूबाट दुईदिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो। बजेट बनाउने समयमा सबै प्रदेशका स्थानीय तहका जनप्रतिनिधिलाई बजेट र प्राथमिकताका कार्यक्रमबारे अनुशिक्षण गरिएको थियो ।
• पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रशिक्षक प्रशिक्षण लगायत विभिन्न विषयमा प्रशिक्षण सामाग्री तयार गरी प्रशीक्षणका कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन ।
• पार्टी कार्यालय व्यवस्थित रुपमा सञ्चालन गर्न कार्यालय सञ्चालन निर्देशिका, कर्मचारी व्यवस्थापन विनियमावली, शाखा अनुसार जिम्मेवारी र जवाफदेही प्रणालीको विकास र कार्यालयलाई व्यवस्थित गर्ने काम प्रारम्भ भएको छ ।
• पार्टीको सूचना, संचार तथा प्रचारविभागमार्फत पार्टीकोबुलेटिनको रुपमा नेपाल पुकार स्मारिका पुन: प्रकाशन सुरु भएको छ भने आवश्यकता अनुसार पार्टीले अतिरिक्त पुस्तिका प्रकाशन गर्ने गरेको छ ।
• जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा उद्धार, तत्काल राहतका साथै अस्थायी घर,टहरा निर्माणका लागि पार्टीलेकेन्द्रबाटै विभिन्न टोली नै बनाएर श्रमदान गरी १००० अस्थायी घर, टहरा निर्माण गरेको थियो।
• पार्टीको अनुशासन समिति, लेखा समिति, सदस्यता समिति, निर्वाचन समिति गठन भई तिनले आ-आफ्नो दायित्वको कार्य प्रारम्भ गरेका छन् ।
• भ्रातृ संघ तथा शुभेच्छुक संस्थाहरुमध्ये समयावधि सकिएका भ्रातृ संघको हकमा तदर्थ समिति गठन गरी छ महिनाभित्र अधिवेशन सम्पन्न गर्नेगरी जिम्मेवारी प्रदान गरिएको छ । सवै भ्रातृ संघ तथा शूभेच्छुक संस्था र जनसम्पर्क समितिको सदस्यता लगायतको यथार्थ विवरण संकलन र अभिलेखीकरणको कार्य भइरहेको छ ।
आदरणीय साथीहरू !
पार्टीको आजको सांगठनिक अवस्था र महाधिवेशनपश्चात भइरहेका गतिविधिको बारेमा माथि संक्षिप्त चर्चा गर्यौं । यो पृष्ठभूमिमा अब हाम्रो पार्टी संगठन भित्रको सबल पक्षकाबारेमा उल्लेख गर्न चाहान्छु :
• देशभित्र र देश बाहिर सबैतिर फैलिएको विशाल संगठन छ । कुनै वार्ड छैन जहाँ पार्टीको समिति नभएको होस्, कुनै टोल छैन जहाँ कांग्रेसको सदस्य नभएको होस् । नेपालभित्र प्रत्येक समुदायमा पार्टी उपस्थित छ । संसारभरजहाँ नेपालीहरूपुगेका छन्, त्यहाँ नेपाली कांग्रेसका साथीहरू नभएको सायदै कुनै देश होला ।एउटा वृहत राजनीतिक उद्देश्यका लागि बाँधिएको यति ठूलो संगठन छ ।
• नेपाली कांग्रेसमाआबद्ध ८ लाख ६९ हजार ५५१ क्रियाशील सदस्य मध्ये १ लाख १४ हजार ५२५ जना साथीहरूत पार्टीको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनुभएको छ। हजारौं साथीहरू टोलदेखि केन्द्रसम्म पार्टीको कुनै न कुनै जिम्मेवारीमा रहेर काम गरिरहनु भएको छ । साथै,कुनै सांगठनिक जिम्मेवारीमा नरहेको भए पनि कांग्रेसप्रतिप्रतिबद्ध र निष्ठावान्कांग्रेस सदस्यको अर्को ठूलो पङ्ति छ, जसले असम्भव झैं लाग्ने प्रतिकूलतामा पनि पार्टीको तल्लो तहमा बसेरआफ्नोआस्था र विचारलाई कहिल्यै डगमगाउन दिएन । तिनले बरू विस्थापित हुन र जीवनकै जोखिम मोल्न तयार भए, जेल-नेल भोगे;कतिको ज्यान गयो कतिको सम्पत्ति गुम्यो। गुमेका थुप्रै अवसरका बारेमा किञ्चित पश्चाताप नगरीर हिंसा र निरंकुशताको त्यो चेपुवामा समेत पार्टी छाड्न र विचार बदल्न तयार नभएकोअदम्य साहस र अविचलित निष्ठाले पूर्ण त्यो विशाल पार्टी पङ्तिसँग आज पनि केवल पार्टीको राम्रो होस् र देशलाई राम्रो गरोस् भन्ने एकसुत्रीय आग्रह मात्र छ ।
• कांग्रेसमा लागेर पद पाइएला वा नपाइएला, सत्तामा हुँदा मलाई के फाइदा होला भनेर व्यक्तिगत स्वार्थ नहेर्ने मानिसको ठूलो संख्या पार्टीमाआबद्ध छ । आम निर्वाचनको प्रतिस्पर्धामा कहिल्यै नजितेका र निकट भविष्यमा समेत जित्ने सम्भावना नरहेका ठाउँमा समेतआदर्शको झिल्को जोगाएर संगठनलाई जीवन्त राख्नेकांग्रेसजनको उच्च समर्पणभाव अतुलनीय छ ।
• पार्टीमा स्वाभिमानपूर्वक गरिखाने सदस्यको बाहुल्यता छ । सदस्यता शुल्क तिर्ने, पार्टीलाई आवश्यक परेको बेला सधैं उपलब्ध हुने, स्वयंसेवी रुपमा निर्वाचनमा क्रियाशील हुने तर कुनै व्यक्तिगत आकांक्षा नभएकोस्वावलम्बन र स्वयंसेवाको भाव लिएर नै पार्टी र अन्य सामाजिक कार्यमा क्रियाशील रहने कांग्रेसजनकोसंख्या उल्लेख्य छ ।आफ्नो स्वार्थका लागि राज्यको स्रोत र साधनमाथि कब्जा जमाउन खोज्ने, आश्रय, अवसर र सजिलो स्रोतको खोजीमा पार्टीमाआबद्ध हुनेकांग्रेसी चरित्र नभएको हुनाले पनि आफ्नै बलबुतामा जीविका चलाएर पार्टीमा स्वयंसेवी योगदान गर्ने संस्कार छ ।
• पार्टीभित्र ठूलो सामाजिक पूँजी छ। आफ्नो जीविकासँगै समाजमा रहेर केही न केही गरौं भन्ने भावलेधेरै साथीहरू स्थानीय स्तरका सामाजिक काम वा समुहमा निरन्तरक्रियाशील र नेतृत्व गरेका अनेकन उदाहरण छन् । आफ्नो अनुभव, दक्षता र सेवाभावलाई आफू भएको ठाउँमा सदुपयोग गरेका छन्,पार्टीबाट अतिरिक्त लाभ खोजेका छैनन्।सेवा वा पेसा व्यवसाय जहाँ संलग्न भए पनि आफूले लिएको जिम्मेवारीमा अब्बल सावित भएका कैयौंसाथीहरू छन्,जसले पार्टीबाट केही लिएका छैनन् बरू पार्टीमा थपेका छन् ।
• पार्टीमा स्थापनाकालदेखि आजसम्म जोडिएका अनेकन पुस्ताका अग्रज तथा युवा साथीहरू क्रियाशील हुनुहुन्छ ।१८ देखि ९० वर्षमाथि सम्मका अग्रजसम्मको एउटा विशाल पार्टी परिवार छ ।
• पार्टीमा सबै समुदायमा,सबैखाले पेसा व्यवसायमा संलग्न, ज्ञान र अनुभवको हिसाबले गाउँको किसान, श्रमिकदेखि विश्वको प्रतिष्ठित विश्वविद्यालयमा दक्षता हासिल गरेका र संसारका अर्को कुनामा ज्ञान-सीप प्रष्फुटित गरिरहेको काबिलजनशक्ति छ। संघर्षदेखि सरकारसम्मको अनुभव, ज्ञान र ऊर्जाको यो सम्मिश्रण पार्टीको ठूलो पूँजी हो ।
• हिजो पार्टीमा जोडिएको,राजनीतिमा लागेकै कारण विस्थापनको पिडा भोगेको, अवसर गुमाएको अर्कोतप्का आज संसारका विभिन्न देशमा गएर ज्ञान, दक्षता र पूँजीको विकास गरिरहेको छ । त्यो पङ्तिपार्टीले सम्झियो भनेमात्र पनि आफ्नो दक्षता अनुसार समर्पित भएर पार्टीमार्फत मुलुकका लागि योगदान गर्न हरदम तयार छ ।
• आन्तरिक प्रतिस्पर्धामा गुटगत भिन्नता देखिए पनि सार्वजनिक हितकोकुनै निश्चित लक्ष्यप्राप्तिका लागि वा नेपाली कांग्रेसलाई बाह्य जोखिमबाट बचाउन आवश्यक परेको बेला स्वतःस्फूर्त सबै एकजुट भएर लागि पर्ने सामुहिकभावना छ ।
• पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास छ ।नेतृत्व छनोट प्रक्रियामा सहभागिता मात्रै होइन निर्णय प्रक्रियामा सहभागिता, पार्टीभित्र चित्त नबुझेको कुरा भन्ने र फरक मत राख्ने खुला वातावरण छ ।
• पार्टीको सबै तह विधान बमोजिम निर्वाचित भएको छ, केन्द्र देखि ६७४३ वडा र मातहतका टोल कार्यसमितिसम्म ८ वटै तहमा कार्यसमिति बनेका छन् । संविधानको मर्म र भावना अनुसारको वडादेखि केन्द्रसम्म न्यूनतम एक तिहाई महिला सहित बिभिन्न समुदायकोसमावेशी प्रतिनिधित्व छ । सबैभन्दा तल्लो तह वडाबाट प्रतिनिधित्व हुने क्षेत्रीय प्रतिनिधिको संख्या हेर्ने हो भने पनि १ लाख १४ हजारमा करिव ४० हजार महिलाको प्रतिनिधित्व छ भने वडाबाटै निश्चित संख्यामा मुस्लिम, दलित, थारु, मधेसी, आदिवासी, जनजाती, महिला, अपाङ्गता, अल्पसंख्यकको प्रतिनिधित्वको सुनिश्चितता छ। लोकतान्त्रिक अभ्यास र समावेशीताको दृष्टिकोणले हाम्रो पार्टी मुलुक कै सबैभन्दा समावेशी प्रतिनिधित्व भएको पार्टी हो ।
• पार्टीमा माथि उल्लेखित संगठनको संरचना बाहेक १३ वटा भ्रातृ संघ, २६ वटा शुभेच्छुक संस्था, ३७ वटा जनसम्पर्क समिति क्रियाशील छन् । देशभित्र केन्द्र, प्रदेश र जिल्लामा सम्पर्क समितिहरू गठन भएका छन । ती संघ, संस्था र समिति मार्फत लाखौं व्यक्ति प्रत्यक्ष परोक्ष रुपमा कांग्रेससँग जोडिएर पार्टीलाई साथ, सहयोग र उत्साह र बलप्रदान गरिरहेका छन् ।
आदरणीय सभापतिज्यू तथा साथीहरू !
हामीसँग गौरवमय इतिहास त छँदैछ, माथि उल्लेख गरेजस्तै आज २०८० सालमा आइपुग्दा ८ लाख ६९ हजार क्रियाशील सदस्य, समुदायको जरैसम्म समावेशी सांगठनिक संरचना, सबैभन्दा प्रतिवद्ध सदस्य र कार्यकर्ताको ठूलो पङ्क्तिपनि छ ।सदस्य, संगठन, संरचना सबै किसिमले सवैभन्दा ठूलो पार्टी बनेको छ । त्यसमाथि आफैले बनाएको संविधान, आफैले परिकल्पना गरेको राजनीतिक प्रणालीमा निर्वाचनबाट पहिलो पार्टी बनेर सबै तहको सरकारमा नेतृत्वदायी भूमिकामा रहेको यो क्षणमा पार्टीभित्र ठूलो उत्साह र विजयभाव मात्र हुनुपर्ने हो, तर कताकताकेही अलमल र संशय पनि देखिन्छ । किन यस्तो भइरहेको छ? यसलाई हामीले अनदेखा गर्न मिल्दैन । हामीले कठोर भएरआत्ममूल्याङ्कनगर्न जरुरी छ । मूलत: पार्टीको मुख्य जिम्मेवारीमा बसेका हामीले आत्मसमीक्षा गर्नुपर्ने केही मूलभूत विषय यहाँ उठाउन चाहन्छुः
• पार्टी सदस्यलाई निरन्तर गतिशील र एकताबद्ध बनाइराख्न नियमितसांगठनिक गतिविधिसँगै प्रष्ट ध्येयपनि चाहिँदो रहेछ । माथि चर्चा गरे झैं वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस पार्टी स्थापना गर्दैगर्दा हाम्रा अग्रजहरुले ‘प्रजातन्त्रकोस्थापना’ लाई यसको ध्येयबनाउनु भयो भने २०७० मा हाम्रो ध्येय संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण गर्ने थियो। २०६२ साल अघि हिंसात्मक द्वन्द्वका कारण कांग्रेसको नियमितसांगठनिक गतिविधि गर्ने अवस्था थिएन् । तर त्यस्तो अवस्थामापनि ‘शान्ति स्थापना र संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाइछाड्ने’ हाम्रो ध्येयले पार्टीभित्र र बाहिर सबैलाई जोड्न सकेको थियो ।हामीले चाहेको राजनीतिक प्रणाली सहितकोसंवैधानिक व्यवस्थाभित्र सबै तहमा सरकार सञ्चालन गरिरहेको अहिलेको अवस्थामा हाम्रो ध्येय के हुने यसको स्पष्ट पहिचान गरी त्यसमार्फत सबैलाई संगठित र पुनर्जागृत गर्न आवश्यक छ ।
• तात्कालिकसरकारले पटकपटक असंवैधानिकढङ्गले प्रतिनिधिसभा विघटनगरेपछि एउटा विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन गर्नु परेको थियो । त्यसकै निरन्तरता स्वरुप पार्टीले ‘लोकतन्त्र र संविधानको रक्षार्थ र स्थिरताका लागि निर्वाचनमा गठबन्धन गर्ने निर्णय गर्यो ।’निर्वाचनमा अंकगणितका हिसाबले कांग्रेसठूलो पार्टी त बन्योतर यो अनुभवले हामीलाई सिकाएको छ-निर्वाचन पूर्व गठबन्धन गर्दा पार्टीले एक्लै चुनाव लड्दा जस्तो कार्यकर्तामा विजयको भाव र उत्साहनआउने रहेछ।
• तिनै तहको निर्वाचनमा कतिपय स्थानमा आफ्नो आस्था प्रकट गर्ने ‘रुख’ चिन्ह नै नहुँदा कांग्रेसजनले आज पर्यन्त आफ्नो गुनासो व्यक्त गरिरहेको हामीले देखेका छौं ।संघ र प्रदेशको निर्वाचनको तथ्याङ्क हेर्दागठबन्धनका कारण७४ प्रतिनिधिसभा क्षेत्रमा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई मत राख्न पाएनन् भने २१ वटा संघीय क्षेत्रका एउटा पनि प्रदेश क्षेत्रमा आफ्नो पार्टीलाई प्रत्यक्ष मत राख्न पाएनन्। ४८ वटा प्रतिनिधिसभा क्षेत्रका प्रत्येक क्षेत्रका २प्रदेश सभा क्षेत्रमध्ये एउटामा मात्रै हाम्रा उम्मेदवार थिए; अर्थात४८ वटा प्रदेशसभा क्षेत्रमा कांग्रेसका प्रत्यक्षतर्फ उम्मेदवार नै थिएनन् । समग्रमा ६२ प्रदेश सभा क्षेत्रका मतदाताले प्रतिनिधिसभा र प्रदेशसभामा हाम्रो निर्वाचन चिन्ह ‘रुख’मा मत राख्न पाएनन् । त्यस्तै १७ वटा क्षेत्रमा दुवै प्रदेशसभामात कांग्रेसले रुखमा मत राख्न पाए, तर प्रतिनिधिसभामा पाएनन् । यसरी एकातर्फ कांग्रेसका क्रियाशील सदस्यले आफ्नो चिन्हमा मत हाल्न पाएनन् नै,अर्को तर्फ अन्य दलको निर्वाचन चिन्ह र झण्डा बोकेर मत माग्न हिड्नुपर्ने बाध्यात्मक अवस्था सृजना भयो ।
• पार्टीको आफ्नो उम्मेदवार नहुँदा संगठनभित्र आकांक्षीको व्यवस्थापन त कठिन भयो नै पार्टीभित्रको ऊर्जामा समेत गिरावट आयो। जसले गर्दा निर्वाचनमा संख्यात्मक रुपमा पार्टी पहिलो दल भए पनि लोकप्रिय मत घट्ने अवस्था भयो । २०७४ बाट २०७९ को आम चुनावसम्म आइपुग्दा प्रतिनिधिसभा चुनावमा हाम्रो लोकप्रिय मतको हिस्सामा ७ प्रतिशतले ह्रास आएको छ। यो गुमेको मतलाई पार्टीमा पुन: जोड्दै नयाँ मतदातालाई आकर्षित गर्नुपर्ने चुनौती छ ।
• सरकार र पार्टीको सम्बन्धमा सबै तहमा केही न केही समस्या छ । पार्टीसँग समन्वय गरेर सरकारले काम गर्ने परिपाटी बन्न सकेको छैन। सरकार र पार्टीबीच समन्वय, सहयोग र सहजीकरण सही ढङ्गले नहुँदा एक-अर्कालाई बुझ्ने कुरामा नै समस्या भएको छ र सरकारले गरेका कामको पार्टीबाट यथोचित प्रचार हुन सकेको छैन। यतिबेलासंघ, प्रदेश र बहुसंख्यक स्थानीय सरकारमा पार्टी नेतृत्वदायी भूमिकामा भएतापनि पार्टी सरकारमा भएको महशुस र आफ्नोपन नै कांग्रेस सदस्यले गर्न नसकिएको गुनासो छ । यस्तो अवस्थामा पार्टीभित्र एकखालको अलमल छ- हामीले सरकारको प्रतिरक्षा गर्ने की प्रश्न ! यो समस्या अहिले उब्जेको समस्या पक्कै होइन । २०५१ सालमा सम्पन्न महासमितिको बैठकमा महामन्त्री महेन्द्रनारायण निधीद्वाराप्रस्तुत प्रतिवेदनमा भनिएको छ-“सरकार र पार्टीबिचको समन्वय गर्ने कुरा जतिसुकै सैद्धान्तिक तवरबाट हामीले गरेपनि त्यसमा सधैंकमी नै देखियो । अब यसलाई व्यवस्थित गर्नुपरेको छ ताकि भोली यो अवस्था नआओस् ।” आज करिब ३० वर्ष पछि पनि हामीले त्यही विषयमा छलफल गर्नुपरेको छ र यो हाम्रा लागि झन् पेचिलो बन्दै गएको छ ।
• बिपी कोइरालाले भन्नुभएको थियो, “पार्टीको संगठन ठीक पार्ने हो भने हामी सबैमा पूर्ण रूपमा विधानको पालना गर्ने बानी हुनुपर्दछ । पार्टीका दैनिक जीवनका कार्य सुचारु रूपले सम्पन्न भइरहेको हुनुपर्दछ ।” पार्टीको हरेक विषयको निर्णय, व्यवस्थापन, कार्यान्वयन र निरूपण गर्ने आधार पार्टी विधान नै हुनुपर्दछ । हाम्रोपार्टी विधानले सबै तह र तप्कालाई स्पष्ट समयबद्ध जिम्मेवारी दिएको छ, तर अहिले पार्टी सञ्चालन गर्दा हरेक तह र तप्कामा विधानको पूर्ण पालना हुनसकेको छैन ।पार्टीको तल्लो तहसम्म कतिपय ठाँउमा बैठक बस्न सकेको छैन, कतै सांगठनिक गतिविधि नियमित छैन, कतै सदस्यतामा समस्या छ त कतै पदाधिकारी मै समस्या छ । बहुमत भएकोले फरकमत राख्नेलाई बेवास्ता गर्ने, पराजितले जितेकोलाई असहयोग गर्ने प्रवृत्तिले अन्तत: संगठनलाई नै कमजोर बनाएको छ । विधानसम्मत थिति र विधिमा पार्टी संचालन कसरी गर्नेभन्ने विषयआजको हाम्रो ठूलो चुनौतीको रूपमा रहेको छ ।
• पार्टीमा स्थापनाकाल र प्रतिबन्धित कालमा संघर्ष गरेको पुस्तादेखि आजको नयाँ पुस्तासम्म क्रियाशील छ । आकांक्षा धेरैको छ, तर अवसर कम छ । संघर्ष गरेको तर कुनै अवसर नपाएका साथीहरूको संख्या ठूलो छ । त्यसमाथिकाम गरेर आफूलाई प्रमाणित गर्न आएको नयाँ सदस्य जिम्मेवारी सहित काम गर्न चाहान्छ । यसको व्यवस्थापन आफैंमा चुनौतीपूर्ण त छँदैछ, तर भएको अवसरको वितरणलाई पनि न्यायसंगत बनाउनुपर्ने अर्को चुनौती छ । पार्टीमा कतै पद छ जिम्मेवारी छैन, कतै समिति छ काम छैन अनि कतै चाहिँ जिम्मेवारीमा दोहोरोपन छ । कतिपय क्षमतावान साथीहरूलाई पद र जिम्मेवारी दिन नसक्दा पार्टीले उपलब्ध क्षमताको सदुपयोग गर्न सकेको छैन । यसको उपयुक्त र न्यायपूर्ण हल खोज्नुपर्नेछ।
• पार्टीभित्र जरैसम्म फैलिँदै गएको आन्तरिक शक्ति संघर्ष,आफैभित्रको अस्वस्थ प्रतिस्पर्धा र एक आपसमा निषेध गर्ने प्रवृत्तिले पार्टीका अधिकांश सदस्यहरूको ऊर्जा खेर गइरहेको छ ।यो अवस्थालाई बदलेर पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा र आन्तरिक अनुशासन कायम गर्नुपर्नेछ।
• पार्टी अनुशासन र जवाफदेहीताको कुरा चुनावका बेला मात्रैबढीउठ्छ । अनुशासनलाई अनुकूलतामा व्याख्या गर्ने परिपाटीले सिर्जना गरेको असन्तुष्टिलाई सम्बोधन गर्न आवश्यक छ ।तोकिएको समयमा तोकिएको जिम्मेवारी पुरा नगर्नु पनि अनुशासन उल्लङ्घन हो,भन्ने मान्यतालाई अंगिकार गर्न सकिएको छैन्। यो अवस्थामा सबै तह र तप्कामा जिम्मेवारी र जवाफदेहीताको भाव कसरी सिर्जना गर्ने भन्ने चुनौती छ ।
• पार्टीभित्र अवसरकोन्यायोचित वितरण हुन नसकेको, समावेशी ढङ्गले समान रुपमा अवसरमा पहुँच हुन नसकेको, समावेशी समानुपातिकतर्फ समेत जसले पाउनुपर्ने हो त्यो तप्कालाई नै न्याय हुन नसकेको व्यापक गुनासो छ ।अवसरको न्यायोचित वितरणलाई सुनिश्चित गर्न नीति र नियत, के मा कसरी बदलाव ल्याउने भन्नेमा ध्यान दिनुपर्नेछ ।
• पार्टीभित्र अनुभवदेखि दक्षताले पूर्ण सदस्य, समर्थक र शुभेच्छुकको संख्या उल्लेख्य छ, तर पार्टीको औपचारिक संरचनाले त्यो व्यक्तिगत क्षमताको सदुपयोग गर्ने ठाउँ दिन सकिराखेको छैन। यो अबस्था बदलेर क्षमता अनुसारको काम र अवसर प्रदान गर्ने विधि, विधान र संरचनालाई फराकिलो बनाउनु पर्ने आवश्यकता छ ।
• पार्टीभित्र एकातर्फ इतिहासप्रति गौरव गर्ने अर्कोतर्फ आफ्नै पार्टीको नेतृत्वमा आफैले लडेर ल्याएको परिवर्तनलाई समेत प्रतिरक्षा गर्ने जाँगर नदेखाइरहेको विचित्रको अवस्थालाई बदल्नुपर्नेछ ।
• एकातर्फ पार्टीले गरेका राम्रा काम र उपलब्धिको सही सम्प्रेषण हुन नसक्दा पार्टीका बारेमा भ्रम छर्नेहरूलाई मलजल पुगेको छ भने अर्कोतर्फ हाम्रो इतिहास, संघर्ष, बलिदान र नेतृत्वलाई अवमूल्यन गर्दै अफवाह फैलाउँदा समेत त्यसको सही ढङ्गले प्रतिवाद गर्न चुकेको अवस्था छ । यस्तोमा हाम्रा निर्णय,नीति र कार्यक्रम,पार्टीले गरेका राम्रा काम र पहलकदमीलाई प्रचार गर्दै हाम्रा विरुद्धका अफवाह र भ्रमलाई कसरी चिर्नेभन्ने विषय हाम्रो प्राथमिकतामा पर्नुपर्दछ ।
यसरी एकातर्फ हामीसंग गौरवशाली विरासत, चलायमान संगठन र थुप्रै सबल पक्ष छन् भने अर्कोतर्फ हाम्रा केही सीमा र चुनौती छन् । यो पृष्ठभूमिमा नेपालीकांग्रेसकोविभिन्न तहका पार्टीका साथीहरूको विचाररविश्लेषणलाई मनन गर्दाहामीमा प्रमुखरुपमादुईकिसिमकाप्रवृत्तिदेखिन्छ।पहिलो, आत्मनिन्दारदोस्रोआत्मश्लाघा।
पहिलो,जे भइरहेको छ ठिक भइरहेको छैन भन्ने ठहर गर्छ । अब पनि केही हुँदैन कि भन्ने भय र चिन्ताले उसको आत्मविश्वास खस्किएको छ। विगतमा पार्टीले गरेका निर्णय र पछ्याएकोबाटोका सन्दर्भमा पनि उसमा भएको लघुताभासका कारण प्राप्त उपलब्धिकोसमेत अपनत्व लिनऊ धकाइरहेको छ । यो पङ्ति एकदमै द्विविधा,निराशा र आत्मनिन्दाले ग्रस्त छ।
अर्को,भर्खरैसम्पन्ननिर्वाचनहरुमाविजयहासिलगरेरसबैभन्दाठूलोपार्टीभएकाछौं, हामीअभेद्यछौं, हाम्राचुनौतीमसिनाछन् भन्ने अतिरेक आत्मश्लघाले ग्रस्त देखिन्छ ।ऊ पार्टीका आन्तरिक समस्यालाई उपेक्षा गर्छ, बाहिर आएका कुरालाई बिरोधीहरूको प्रपोगण्डा मान्दछ र मूलतः पार्टीमा सबै ठिकठाक छ भन्ने ठहर गर्छ । पार्टीको सुदूरभविष्यसमेतसुनिश्चितभएकोमा ऊ ढुक्क छ।
हाम्रो पार्टीभित्र यीदुवैअतिवादीप्रवृत्ति पार्टी संगठनका निम्तिअत्यन्तैघातकछन्।त्यसैलेअबहामीलेआत्मश्लाघावाआत्मनिन्दाहोइन, इमान्दारितापूर्वकआत्मसमीक्षा, आत्मनिरीक्षणरआत्मसंकल्पगर्नुपर्दछ।
आदरणीय सभापतिज्यू तथा साथीहरू !
नेपाली कांग्रेस लोकतन्त्रको रक्षाका लागि निरन्तर अग्रमोर्चामा उभिएर मुलुकलाई हरेक संकटबाट मुक्त गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको क्षमता र साहस भएको पार्टी हो । आज हाम्रा सामु उपस्थित निराशा र अलमललाई चिर्ने र तमाम समस्यालाई संबोधन गर्ने सामर्थ्य हाम्रो पार्टीसँग छ । हामीले बनाएको संविधान, निर्वाचनमार्फत जनताले हामीलाई कांग्रेसले नै देश बनाउन सक्छ भनेर दिएको भरोसालाई बलियो आत्मविश्वासका रुपमा लिएर अगाडिको स्पष्ट र उज्यालो बाटो देखाउने गुरुत्तर जिम्मेवारी हाम्रो हो । सत्तामा दायाँबायाँ को छ र कसले के भन्छ भनेर होइन यो परिवर्तनको संस्थापन हामी हो र यो व्यवस्थालाई संस्थागत गर्दै अवस्था बदल्ने दायित्व पनि हाम्रै हो भन्ने मनन गर्नुछ । हिजो जस्तोसुकै संकटमा पनि हाम्रो पार्टी र नेतृत्वले समाधान दिएको इतिहास साक्षी छ । फेरी त्यही आत्मबलका साथ माथि उल्लेखित पार्टीका यावत सबलतालाई कायम गर्दै अगाडि बढ्नुपर्दछ ।त्यसका लागि हामीले केही तत्काल सुधार गर्नुपर्ने विषय छन् केही थप छलफल र परिमार्जनका विषय छन । ती केही विषयका सन्दर्भमा चर्चा गर्न चाहान्छु ।
आदरणीय साथीहरू !
माथी उल्लेख गरिएजस्तै पार्टी संगठनभित्रका मुद्दाहरूमा तत्काल के गर्ने र सदस्यहरूमा व्यक्त अलमललाई हटाएर तत्काल कसरी उत्साह र ऊर्जा भर्न सकिन्छ भन्ने बारेमा यस खण्डमा चर्चा गर्नेछु ।
बिपी कोइरालाले भन्नु भएको छ,- “पार्टी संगठन र शक्तिको प्रमुख आधार त्यसका सदस्यहरू हुन । प्रत्येक सदस्यले आफूलाई पार्टीको जिम्मेवार व्यक्ति भनि ठान्नुपर्दछ र आफुमा यस्तो विश्वास हुनुपर्दछ कि देशको नयाँ जीवनको निर्माण आफ्नो हातबाट हुन लागिरहेको छ”।
पार्टीका प्रत्येक सदस्य स्वयंको जिम्मेवारीबोध र आत्मविश्वास त चाहिन्छ नै त्यसका लागि पार्टीभित्रको संगठन संरचना र कार्यशैलीमा केही ठोस बदलाबअपरिहार्य छ । अत हामीले तत्काल गर्नुपर्ने र गर्न सकिनेसांगठनिकसुधार र कार्ययोजनाका२० बुँदाप्रस्तुत गर्ने अनुमति चाहान्छु । यी विषय हाम्रो विधान बमोजिम छन् र तत्काल कार्यान्वयन गर्न सकिने विषय हुन् । दृढ इच्छाशक्ति सहित तत्काल यी विषय कार्यान्वयन गर्नेछौँ ।
१. ध्येयमा प्रष्टता :
हाम्रो आफ्नै दृष्टान्तले देखाउँछ- संगठनलाई चलायमान र ऊर्जाशील बनाउनको लागि स्पष्ट ध्येय चाहिन्छ । विगतमा पार्टीको ध्येयले नै पार्टीका सदस्यलाई दु:ख, संघर्ष र जोखिमलाई समेत साहस र समर्पणका साथ सहजै आत्मसात गर्ने आत्मबलदिएको थियो । संविधान निर्माणसँगै हामीले परिकल्पना गरेको राजनीतिक ध्येय प्राप्त गरिसकेका छौं । अब पार्टीको ध्येय समुन्नत नेपाल निर्माण हो । जसरी विगतमा पार्टी ध्येयमा स्पष्ट थियो; प्रत्येक सदस्यमा त्यो ध्येय पूरा गर्ने अठोट र समर्पण थियो त्यसरी नै एउटा सङ्कल्पमा बाँधिएर हामीले यो संविधानको आधारशीलामा समुन्नत नेपाल: सम्मानित नेपालीको हाम्रो ध्येयलाई पूरा गरिछाड्ने आत्मविश्वासका साथ संगठनलाई अगाडिबढाउनु पर्ने छ । यसका लागि;
• हाम्रै नेतृत्वमा बनेको संविधान छ, ३३२ स्थानीय सरकारमा नेतृत्वमा छौँ, प्रदेशहरूमा सरकारको नेतृत्व र प्रमुख साझेदार छौँ, सङ्घीय सरकारमा छौँ । अत: यो बेलामा कुनै लघुताभास लिएर वा रक्षात्मक भएर होइन उच्च मनोबलका साथ हाम्रो नेतृत्वमा भएका तमाम आन्दोलनको उपलब्धिमा गौरव गर्दै रआफैले बनाएको संविधानको स्वामित्व लिंदैहामीले यसको कार्यान्वयनको नेतृत्व गर्नेछौँ ।
• गत महाधिवेशनपछि हामीले ‘समुन्नत नेपाल’ को दृष्टिकोणलाई नै पार्टीको निर्वाचन घोषणापत्र र दस्तावेजमार्फत अगाडि बढाएका छौँ । संविधानले परिकल्पना गरेको सबैको अधिकार, समता र समभावलाई व्यवहारमा अनुवाद गर्न यो संविधानको रक्षा, यसकै जगमा आजका तमाम चुनौतीको संबोधन गर्दै समून्नत नेपाल : सम्मानित नेपालीको ध्येय अनुरूप हाम्रा राजनीति, आर्थिक, सामाजिक नीति, परराष्ट्र नीति तथा क्षेत्रगत प्राथमिकता र सो आधारमा कार्यक्रम तय गर्नेछौँ।
• समुन्नत नेपालको ध्येय अन्तर्गत गुणस्तरीय शिक्षा, सुलभ र गुणस्तरीय स्वास्थ्य, मर्यादित रोजगारी, सामाजिक रुपान्तरण लगायतका क्षेत्रगत लक्ष्य र कार्यक्रम तयार गर्नुपर्दछ । त्यस अनुरुप पार्टीले सरकारमा कसरी प्रभावकारी काम गर्ने र सरकार बाहिर यो सन्दर्भमा पार्टी संगठनको भूमिका के हुने स्पष्ट मार्गचित्र बनाउदै ति कार्यक्रममार्फत सिङ्गो पार्टी पङ्तिलाई पार्टीको ध्येयसंग जोड्नेछौँ ।
२. विधानको परिपालन
नेपाली कांग्रेसको विधानले आन्तरिक लोकतन्त्रको अभ्यासका लागि निकै राम्रो व्यवस्था गरेको छ । सबै तहलाई समयबद्ध जिम्मेवारी तोकेको छ । कुन समितिले कुन काम कहिले र कसरी गर्ने भनेर विधानमा निर्दिष्ट गरिएका व्यबस्थाहरूलाई कार्यान्वयनमा लैजानको लागि;
• विधान बमोजिम पार्टी सभापतिले प्रस्ताव गरी केन्द्रीय कार्य समितिले टुङ्ग्याउनु पर्ने जिम्मेवारीमा रहेका समितिहरूको गठन,प्रतिष्ठान र विभागको गठन लगायतका कार्यलाई अबिलम्ब पूर्णता दिइ निश्चित कार्यविवरण बनाएर कार्यतालिका सहित जिम्मेवारी प्रदान गर्नेछौँ ।
• विधानले केन्द्रीय कार्य समितिले गर्ने भनी तोकिएका नियमित बैठक, महासमिति बैठक, महाधिबेशन लगायत विधानसम्मत गर्नुपर्ने सबै जिम्मेवारी कार्यतालिका बनाइ विधानले निर्दिष्ट गरेकै समयमा गर्नुछ ।नेपाली कांग्रेसको २०७८ मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको ४ बर्षे कार्यकाल विधान २०१७ (संशोधन सहित)को धारा ४३ बमोजिम आगामी २०८२ मंसिर मसान्तभित्र समाप्त हुनेछ ।अतःमहाधिबेशनको अन्तिम बर्षविधानको प्रावधान निलम्बन गरेर क्रियाशील सदस्यता वितरण गर्ने अभ्यासपूर्णत: बन्द गरी विधान बमोजिम२०८२ मंसिरमा पार्टीको १५औं महाधिवेशन सम्पन्न गर्नेछौँ । यस महासमितिपश्चात लगत्तै बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट २०८२ मंसिरमा हुने महाधिवेशनको अगाडि विभिन्न तहले सम्पन्न गर्नुपर्ने कामको विस्तृत कार्यतालिकाबनाइसोही अनुसार महाधिवेशनका लागि आवश्यक प्रक्रिया प्रारम्भ गर्ने गराउने छौँ।
• केन्द्रीय कार्यसमितिले विधानले निर्दिष्ट गरेका काम पूरा गरी मातहतका सम्पूर्ण समितिलाई विधानले निर्दिष्ट गरेको काम तोकिएको समयमा नै गराउन कार्यतालिका बनाउन लगाई, कार्यान्वयन गराउनेछौँ।
• प्रत्येक समतिलाई विधान अनुरूप निर्दिष्ट गरिएका सदस्यता वितरण, नवीकरण, अभिलेखीकरण, बैठक, सम्मेलन, भेला, सामाजिक अभियान, जागरण, जनप्रतिनिधि संवाद, नागरिक संवाद, पार्टी सदस्यसँग छलफल लगायतका काम, कर्तव्य अधिकार पूरा गरे नगरेको सम्बन्धमा उक्त समितिभन्दा एक तह माथिको समितिले अनुगमन गर्नेछ । उदाहरणको लागि वडा कार्यसमितिकोअनुगमन गाउँ नगरपालिका कार्यसमितिले गर्नेछ । अनुगमन गर्ने समितिले तोकिए बमोजिमको ढाँचामा मूल्याङ्कन विवरण त्रैमासिक रूपमा माथिल्लो तहलाई बुझाउनै पर्ने व्यवस्था गर्नेछौँ।
• बिधान बमोजिम विभाग, समिति गठन र पुर्णता दिंदा पार्टीको विभिन्न तह र निकायबाट संस्थागत रुपमा सिफारिस संकलन गरी सोही अनुसार सहभागिता गराउने अभ्यासलाई व्यवस्थित गर्नेछौँ।
३. जिम्मेवारी र जवाफदेहिता
विधानत: तहगत कार्य समिति र पदहरूकाविभिन्न जिम्मेवारी छन् । पार्टी विधानले सिर्जना गरेका तह, पद र जिम्मेवारी बमोजिम प्रभावकारी काम गर्न र‘हरेक हातलाई काम हरेक काँधलाई जिम्मेवारी’ भन्ने मान्यतालाई सार्थक बनाउन;
• विधानले काम, कर्त्तव्य र अधिकार स्पष्ट तोकेका विभिन्न तहका पदहरू जस्तै सभापति,उपसभापति, सचिव, कोषाध्यक्ष सदस्यको हकमा त्यसको थप व्याख्या गरेर व्यक्तिगत कार्यविवरण बनाई सो अनुसार काम गर्ने, गराउने व्यवस्था गरौँ । उक्त कार्यविवरणको आधारमा तोकिएको स्वमूल्याङ्कन फारम त्रैमासिक रूपमा आफ्नो कार्य समितिमा बुझाउने । उक्त कार्य समितिले हरेक जिम्मेवारप्राप्त व्यक्तिको कार्यविवरण र स्वमुल्याङ्कन फारमको अभिलेख राख्नुपर्ने ब्यबस्था गर्नेछौँ ।
• पार्टीमा हाल ८ लाख ६९ हजार ५५१ क्रियाशील सदस्य मध्ये १ लाख १४ हजार ५ सय २५ निर्वाचित क्षेत्रीय प्रतिनिधि हुनुहुन्छ । जसमा करिब ४० प्रतिशत महिला सहित समावेशी सहभागिता छ । ती मध्ये केही हजार साथीहरूले मात्रै टोलदेखि केन्द्रसम्म कुनै न कुनै तहको कार्यकारी पदको जिम्मेवारी पाउनु भएको छ अरुको निर्दिष्ट जिम्मेवारी छैन् । ४७४३ महाधिवेशन प्रतिनिधि मध्ये केहीले जिम्मेवारी पाउनुभएको छ बाँकी जिम्मेवारी विहिन हुनुहुन्छ । विधानले महाधिवेशन प्रतिनिधिको कामको व्यवस्था गरेको छ तर अष्पष्ट छ । कार्यकारी पदीय जिम्मेवारीमा नरहेका क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि तथा केन्द्रदेखि वडासम्म संगठन संरचनाभन्दा बाहिर रहेका ऊर्जावान साथीलाई नियमित गतिविधि बाहेक विशेष जिम्मेवारी दिई कार्यविवरण सहित पार्टी संगठनको गतिविधिमा क्रियाशील बनाउनेछौँ ।
• पार्टीको माथिल्लो तहले मातहतको तह र सदस्यको मुल्याङ्कन गर्दा विधान बमोजिम प्राप्त जिम्मेवारी पूरा गरे नगरेको हेर्ने र ‘कामको आधारमा मूल्याङ्कन र कार्यक्षमताको आधारमा जिम्मेवारी’ भन्ने मान्यताका साथ थप जिम्मेवारी दिने पद्धतिको विकास गर्नेछौँ।
४. सांगठनिककार्यतालिका
पार्टीकोहरेक तहकोसमयवद्ध कार्यतालिकाले आन्तरिक लोकतन्त्र सुदृढ गर्न र विधानसम्मत पार्टी सञ्चालन गर्न तथा संगठनलाई चलायमान बनाउन महत्वपूर्ण सहयोग पुर्याउँछ; पार्टीलाई गतिशील वनाउँछ । कार्यतालिकाले पार्टी सदस्यलाई आफूले के गर्ने, कहिले गर्ने भन्ने पूर्व जानकारी हुन्छ र त्यसै अनुरूप क्रियाशील बनाउँछ । पार्टीभित्र सामूहिकताको भावना बढ्छ र पार्टीभित्र मूल्याङ्कनको एउटा महत्वपूर्ण आधार बन्छ । समय बद्ध कार्यतालिका बनाइ पार्टी संचालनका लागि;
• केन्द्रीय कार्यसमितिले वार्षिक कार्यतालिका बनाई ५० प्रतिशत सांगठनिक र ५० प्रतिशत संगठनको नियमित गतिविधि बाहेकअन्य अतिरिक्त गतिविधि र सामाजिक कार्यसहितको समय तालिका बनाएर कार्य प्रारम्भ गरिसकेको छ । यसलाई थप व्यवस्थित बनाइ प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नेछौँ ।
• हरेक तहका कार्यसमितिले आफूभन्दा माथिल्लो तहका समितिहरूको कार्यतालिकालाई समेत मध्यनजर गरी आफ्नो वार्षिक कार्यतालिका बनाउने । कार्यतालिका बनाउँदा ५० प्रतिसत सांगठनिक गतिविधि र ५०प्रतिशतसांगठनिक बाहेकका अन्य गतिविधि गर्नेगरी बनाउनेछौँ।
५. बहस, संवाद र प्रशिक्षण
पार्टीका संस्थापक नेता तथा अग्रजहरू प्रतिकूल समयमा पनि जीवनभर जागरुक रहेर, समाजका ज्वलन्त विषयहरूमा अध्ययन, चिन्तन र संवाद गर्ने, बहस र छलफल गर्ने कार्यकर्ता दिक्षीत गर्ने र जनतालाई सुसूचित गर्ने संस्कृति बोकेको पार्टी हो नेपाली कांग्रेस । त्यसैले छलफल र बहस संस्कृतिलाई पार्टीमा पुनर्जागृत गर्नु आवश्यक छ ।पार्टीलाईसमाज, समुदायसँगको बहस, संवाद, अन्तर्क्रिया विमर्शबाट ‘विचारको केन्द्र’ बनाउनका लागि;
• पार्टीका हरेक तहका सम्मेलन, भेला र बैठकहरूमा नियमित कामहरू वाहेक विचार केन्द्रित छलफल, बहस गर्ने । यसरी बहस, छलफल गर्दा स्थानीय राजनीतिक, समसामयिक,सामाजिक, सांगठनिक अबस्थाको विश्लेषणका साथै राष्ट्रिय समसामयिक मुद्दामा समेत नीतिगत छलफल गर्ने।
• केन्द्रीय कार्यसमितिले कार्यतालिका अनुसार यस बर्ष पोलिसी ह्याकाथन, बिपी साहित्य महोत्सव जस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ । अब सुवर्ण शमशेर इकोनमिक कन्क्लेबको तयारी हुँदैछ भने त्यसपश्चात् नवनिर्मित पुस्तकालय तथा स्रोतकेन्द्रमार्फत केन्द्रीय कार्यालयले नियमित मासिक रूपमा विषय विशेष नीति संवाद र विज्ञसँग वातचितका कार्यक्रमहरू गर्ने तयारीमा छ । उदाहरणका लागि अबको शिक्षा कस्तो हुनुपर्छ; स्वास्थ्य प्रणाली कस्तो आवश्यक छ, वैदेशिक रोजगारीको विषयलाई कांग्रेसले कसरी हेर्छ; हाम्रो विकासको मोडल कस्तो हो; हाम्रो अन्तराष्ट्रिय सम्बन्ध र विदेश नीति लगायतका नीतिगत विषय एवं सार्वजनिक चासोका विषयमा बहस संवाद गर्ने ।
• पार्टीको हरेक तहका कार्य समिति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाले केन्द्रले गरेका बहस, संवाद जस्तै कार्यतालिकामा नै समावेश गरेर निरन्तर विविध विषयमा विज्ञ मन्थन र छलफल शृङ्खला सञ्चालन गर्ने ।
• पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई विषय विज्ञ सहितको पार्टीको थिंक ट्याङ्कको रुपमा विकास गर्ने र सो मार्फत निश्चित पाठ्यक्रम तयार गरी देहाय बमोजिमका प्रशिक्षण, तालिम र कक्षा सञ्चालन गर्ने ।
o नयाँ सदस्यलाई अभिमुखीकरण :पार्टीको सदस्यता लिएपछि अनिवार्य प्रशिक्षण लिने व्यवस्था गर्ने; जहाँ नेपाली कांग्रेसको सदस्य किन हुने? कांग्रेसको इतिहास, आदर्श रविचार, कांग्रेसको ‘समुन्नत नेपालको ध्येय के हो? लगायत पार्टीको आर्थिक नीति, विकास नीति, सामाजिक नीतिका विषयमा पार्टीका सदस्यलाई प्रशिक्षित गर्ने ।
o पुनर्ताजगी तालिम : पार्टीमा क्रियाशील रहेका र नवीकरण हुने सदस्यलाई पार्टीको नीति, कार्यक्रम र प्राथमिकता र अद्याविधिक नीतिगत विषयबारे पुनर्ताजगी तालिम दिने ।
o सिप र दक्षताको प्रशिक्षण :पार्टीको संगठनभित्र कार्यकारिणी जिम्मेवारी लिन्छु भन्ने रुची राख्ने र कुनै पनि तहको कार्यसमितिमा जिम्मेवारी लिएपछि पार्टीको आधारभूत ज्ञान, प्रक्रिया, सिप र नेतृत्व विकासका लागि प्रशिक्षण गर्ने ।
o जनप्रतिनिधि अनुशिक्षण : पार्टीको तर्फबाट निर्वाचित स्थानीय, प्रदेश र संघीय जनप्रतिनीधिलाई अनुशिक्षण गर्ने ।
• पब्लिक पोलिसी कोर्ष :केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले फरक-फरक पाठ्यक्रम तयार गरी पार्टीको तर्फबाट जनप्रतिनिधि बन्ने आकांक्षा राख्ने वा स्थानीय, प्रदेश र संघीय सरकारमा कार्यकारी भुमिकामा जिम्मेवारी लिन चाहाने व्यक्तिहरूलाई उक्त जिम्मेवारीसंग जोडिएको आधारभूत तथा विषयगत ज्ञान, सिपर नेतृत्व विकासका लागि निर्वाचन भन्दा ६ महिना अगाडि त्यसको कक्षा अनिवार्य लिनुपर्ने व्यवस्था गर्ने ।
• अध्ययन कोष : पार्टीले एक अध्ययन कोषको स्थापना गर्नेछ । सुभेच्छुक, सहयोगी, विभिन्न संस्थाको सोसियल कर्पोरेट रेस्पोन्सिविलिटी आदीबाट स्रोत ब्यबस्थापन हुनेछ। यस कोषमार्फत उदार लोकतन्त्र, राष्ट्रियता, संविधानका अन्तरवस्तु लगायतका विषयमा नियमित अध्ययन अनुसन्धान, स्कुलदेखि विश्वविद्यालयसम्मका विद्यार्थीलाई लक्षित गरी पुस्तक प्रकाशन लगायतको काम गर्ने ।
• आन्तरिक प्रशिक्षण र प्रचार :पार्टीको इतिहास, संघर्ष, विगतमा पार्टीको नेतृत्वमा भएका परिवर्तन र उपलब्धि तथा पार्टीले लिएका अडान र नीतिको सही सम्प्रेषणर प्रचार प्रसार गर्दै हामीमाथी छरेका भ्रम र अफवाहहरूलाई चिर्नतथा नेपाली जनताको वलिदानीपूर्ण इतिहास, संघर्ष, हाम्रा अग्रजको त्याग, तपस्या र योगदान, पार्टीले गरेका काम र लोतान्त्रिक मूल्य मान्यताकै अबमूल्यन गर्ने गरीविपक्षीहरूले लगाउने आरोपको खण्डन र प्रतिवाद गर्न पार्टीले प्रशिक्षण गर्नेछ ।
६. सामाजिक आन्दोलन
नेपाली माटोमा भएका सबै सामाजिक आन्दोलन र जागरणको प्रारम्भकर्ता, प्रणेताभएको र सामाजिक विभेद विरुद्धका सबैखाले अभियानमा कांग्रेस अग्रपङ्त्तिमा रहेको गौरवपुर्ण इतिहास छ ।
पार्टीकोविधानमापनिविभिन्नसामाजिककाममापार्टीपङ्त्तिलाईजोड्ने, जनताकोदु:खसुखमासहभागीहुने, सामाजिकरपरोपकारीकामहरूगर्नेविषयाईप्रधानताकासाथउल्लेखगरेकोछ।
लाखौं कार्यकर्तालाई बिना कुनै पारिश्रामिक स्वयंसेवाको भाव लिएर एउटा निश्चित गतिविधिको लागि एकैपटक परिचालन गर्न सक्ने सामर्थ्य पार्टीले मात्र राख्दछ ।आफ्नो सम्पत्ति, श्रम लगाएर सामाजिक कर्ममा लागेका थुप्रै पार्टी सदस्यहरू भेटिन्छ । पार्टीमा आबद्ध धेरै साथीहरू बिभिन्न सामाजिक संस्था र अभियानमार्फत पनि सामाजिक र स्वयंसेवी कर्ममा लागिरहेका छन । यस्ता अभियानलाई सँगठित गर्ने, व्यापक गराउने र पार्टी संगठनको अभिन्न अङ्ग बनाउनका लागि;
• पार्टीका हरेक तहका कार्यसमितिले आफ्नो गतिविधिको ५० प्रतिशत कामसंगठन भन्दा बाहेक गर्ने । जसमध्ये सामाजिक अभियान; जागरणको बहस, समुदाय र समुहसँग प्रत्यक्ष जोडिएर, समुदायलाई संलग्न गराएर गरिने कामहरू र सार्वजनिक सेवाका कामहरू गर्ने ।हरेक सदस्यलाई रुची अनुसारको कुनै न कुनै सामाजिक काम, परोपकार वा श्रमसँग जोड्ने।
• समुदायमा कांग्रेस अभियान कुनै निश्चित समयका लागि कार्यक्रमको रूपम नलिएर नियमित अभियानको रूपमा विकास गर्ने । जनताका कुरा सुन्ने, आफ्ना कुरा बुझाउने, सेवा प्रवाह अबलोकन गर्ने, सरोकारवालासँग छलफल गर्ने र जनताका समस्या सुन्ने मञ्चको रूपमा यो अभियानलाई निरन्तरता दिने ।
• प्रत्येक वडामा ‘जयनेपालसेवाअभियान’ गठन गरी सोमार्फतवडाभित्रसामाजिकरपरोपकारीकार्यगर्ने।त्यसको लागि पार्टीले निश्चितकोषस्थापनागरीवडाभित्रकाअतिविपन्न, असहाय, व्यक्तिहरूलाईनिरन्तरसाथसहयोगउपलब्धगराउने।गरिबतथाजेहन्दारविद्यार्थीलाईअध्ययन, स्वास्थ्यसमस्याभएकालाईस्वास्थ्यउपचारमासहजीकरणरसमन्वयगर्ने।वडाभित्रकाप्रत्येकसदस्यकुनैनकुनैसामाजिकरपरोपकारीकाममाजोड्ने।वडामाहुनेजात्रा, पर्व, मेला, जन्म, विवाह, मृत्यूसंस्कारलगायतसामाजिकसांस्कृतिकसंस्कारआदिमाउपस्थितहुने, समन्वयगर्ने, सहयोगगर्ने।
• प्रत्येक गाउँ नगर कार्यसमितिले ‘गाउँ/नगर सेवा दल’ गठन गरी सो मार्फत विपद्को समयमा समुदायमा सहयोग गर्ने । गाउँ नगर कार्य समितिले तरुण दल लगायत भ्रातृ संघ र अन्य सम्बन्धित संस्था र निकायलाई समेत समन्वय गरी पार्टी, भ्रातृ संघ, शुभेच्छुक संस्था, विषय विज्ञसहितको सेवा दल बनाउने । सेवा दललाई विपद व्यवस्थापन सम्बन्धमा प्रशिक्षण गर्ने । विपदका लागि अत्यावश्यक पर्ने न्युनतम सामाग्रीको मौज्जाद राख्ने र कुनै पनि बेलामा विपद आउनसक्छ भन्ने मानेर तयारी अबस्थामा राख्ने ।
७. भ्रातृ संघ
भ्रातृ संघहरू पार्टीका अभिन्न अङ्ग हुन, पार्टी संगठनको जग हो, नर्सरी हो । ती स्वस्थ र प्रभावकारी भए मात्र पार्टीले ताकत प्राप्त गर्न सक्छ । नर्सरी नै फस्टाएन, अस्वस्थ भयो भने त्यसको उत्पादन अर्थात पार्टी गतिशील हुन सक्दैन । पार्टीलाई ऊर्जा दिन भ्रातृ संघहरू कार्य मुलक र प्रभावकारी बनाउनका लागि;
• नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको गत पौष १२ देखि १४ गतेसम्म भएको बैठकले निर्णय भएको मितिदेखि ६ महिनाभित्र अर्थात २०८१ असार १५ गतेभित्र महाधिवेशन सम्पन्न गर्ने कार्यादेश सहित तदर्थ समितिको अबधि थप गरेको छ । तोकिएको समयावधिमा नै भ्रातृ संघहरूको अधिवशन अनिवार्य रूपमा सम्पन्न गर्ने । त्यसको लागि पार्टीका हरेक तहले आवश्यक सहयोग पुर्याउने ।
• तोकिएको समयमा भ्रातृसंघहरूको अधिवेशन सम्पन्न गर्न निर्वाचन प्रयोजनका लागि केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी दिने ।
८. शुभेच्छुक संस्था
शुभेच्छुक संस्थाले मूलत: पार्टी संगठन परिचालनमा सहयोग पुर्याउने र सम्बन्धित क्षेत्रका सन्दर्भमा पार्टीको विचार धारणा निर्माणका सहयोगी र विषय विज्ञ संस्थाको रूपमा काम गर्ने हो । यसका लागि;
• पार्टीले आफ्ना शुभेच्छुक संस्थासँग नियमित संवाद र अन्तर्क्रिया गर्ने । शुभेच्छुक संस्थासँग आबद्ध सदस्यहरूको यथार्थ विवरण अद्यावधिक गर्ने । शुभेच्छुक संस्थाको नियमित संस्थागत सांगठनिक गतिविधिको सुनिश्चितता गर्ने । त्यसका लागि आवश्यकता अनुसार पार्टीले सहयोग गर्ने ।
• पार्टीले जुन विषय र विधासँग सम्बन्धित सुभेच्चुक संस्था हो सोही अनुसार विषयगत र विधागत नीति, प्राथमिकता र कार्यक्रमका सन्दर्भमा जिम्मेवारी दिने ।
• शुभेच्छुक संस्थासँग जोडिएका र त्यस विधासँग सम्बन्धित विज्ञताको अभिलेख बनाई पार्टीको मूल अभिलेखमा राख्ने ।
• हाल शुभेच्छुक संस्थाको सदस्य नरहे पनि विभिन्न कालखण्डमा पार्टीको आन्दोलन र शुभेच्छुक संस्थाको स्थापना एवं उन्नयनमा योगदान गरेका व्यक्तिहरूको अभिलेख राख्ने।
• शुभेच्छुक संस्थाले आफ्नो वार्षिक कार्यतालिका बनाई शुभेच्छुक संस्थासँग सम्बन्धित क्षेत्रगत र विधागत विषय र सरोकारका सन्दर्भमा पार्टी र संस्थाभन्दा वाहिर रहेका सरोकारवाला निकाय र व्यक्ति तथा विज्ञसँग नियमित ‘संवाद, अन्तर्क्रिया गर्ने । उनीहरूका मुद्दाको बहस पैरवी गर्ने ।
९. नेपाली जनसम्पर्क समिति
हाल विश्वभर विभिन्न देशमा जनसम्पर्क समितिहरू मार्फत हजारौं सङ्ख्यामा कांग्रेसमा जोडिएका छन । हिजोका दिनमा नेपालमा रहँदा पार्टीका कुनै न कुनै संरचनामा रहेका र गतिविधिमा संलग्न रहेका बहुसंख्यक साथीहरू जनसम्पर्क समितिमा आबद्ध छन । पछिल्ला बर्षहरूमा युवाहरू संसारका विभिन्न देशमा जानेक्रम बढ्दो छ । जनसम्पर्क समितिलाई क्रियाशील र व्यवस्थित बनाएर आफ्नो कार्यक्षेत्रमा रहेका नेपालीहरू लाई संगठित गर्नका लागि;
• जनसम्पर्क समितिको हालको सदस्यताको यथार्थ र पूर्ण विवरण तत्काल अद्यावधिक गर्ने।
• संगठन सञ्चालनको विधि विधानमा एकरूपता कायम गरी लामो समयसम्म विधानसम्मत अधिवेशन हुन नसकेका जनसम्पर्क समितिको अबिलम्ब अधिवेशन गरी व्यवस्थित गर्ने ।
• जनसम्पर्क समितिलाई अन्य देशमा विस्तार गर्ने । जनसम्पर्क समितिहरूको अन्तराष्ट्रिय सम्मेलन र क्षेत्रीय सम्मेलनहरू गर्ने ।
• जनसम्पर्क समितिमा सदस्यता नलिएका तर पार्टी संगठनमा योगदान गरिरहेका र पदमा नरहे पनि विभिन्न ढङ्गले जनसम्पर्क समितिको स्थापना एवं उन्नयनमा योगदान गरेका व्यक्तिहरूको अभिलेख राख्ने ।
• विगतमा विभिन्न देशमा रहेर जनसम्पर्क समितिमा आबद्ध भइ योगदान गरेका र अहिले नेपालमा फर्किएका साथीहरूलाई पार्टीको कुनै न कुनै तहसँग जोड्ने र जिम्मेवारी प्रदान गर्ने ।
• प्रत्येक जनसम्पर्क समितिको वार्षिक कार्यतालिका बनाई सम्बन्धित क्षेत्र र सरोकारका विषय, गैरआवासीय नेपालीका मुद्दा, समस्या र समाधानका विषयमा जनसम्पर्क समितिभन्दा बाहिर रहेका नेपालीहरू जो विदेशमा आआफ्नो पेशा व्यवसायमा क्रियाशील छन उनीहरूसँग बहस, संवाद गर्ने र पैरवी गर्ने ।
१०. समावेशीता
हाम्रो विधानले समावेशी प्रतिनिधित्वका सन्दर्भमा संविधानले गरेको व्यवस्था अनुसार सुन्दर प्रावधान समावेश गरेको छ यद्यपी त्यो नै पूर्ण होइन । समावेशीकरण, सहभागितामूलक निर्णय, सबै समुदायको पार्टीमा न्यायोचित प्रतिनिधित्वको सुनिश्चितताका लागि;
• पार्टी सदस्यता प्रदान गर्दादेखि नै सचेततापूर्वक संविधानको मर्म र भावना अनुरूप जरैदेखि समावेशीतको मन्त्रलाई आत्मसात गरी समुदाय, भूगोल, जनसङ्ख्या र त्यसभित्रको कलष्टर तथा अपाङ्गता र अल्पसंख्यकको समेत उपस्थिति हुनेगरी समावेशी बनाउने ।
• पार्टीको प्रत्येक तहले निर्णय र सोको कार्यान्वयन गर्दा समावेशी समानुपातिक प्रतिनिधित्व, निर्णय प्रक्रियामा पहुँच लगायतको संविधानको मर्म र पार्टीको मान्यता प्रतिविम्बित हुनेगरी गर्ने ।
• विभिन्न समुदायको समावेशी प्रतिनिधित्व गराउँदा खासगरी महिला, मधेसी, दलित, आदिवासी जनजाती, थारु, मुस्लिम लगायतको प्रतिनिधित्वमा सदस्यता देखि नै समुदायभित्रको जनसङ्ख्याको कलष्टरलाई समेत ध्यान दिने ।
• पार्टीले पार्टीभित्र र बाहिर अवसर प्रदान गर्दा अवसर नपाएका मधेसी दलित जस्ता समुदायलाई प्राथमिकता दिई समावेशी र न्यायोचित ढङ्गबाट गर्ने ।
११. अभिलेख प्रणाली
पार्टीमा सबैखालको अभिलेख दुरुस्त हुँदा पार्टीको शक्ति, सामर्थ्य,सीमा र जिम्मेवारी थाहा हुन्छ । अभिलेख हुन्छ भन्ने भयो भने काम गर्नेलाई उत्प्रेरित गर्छ । सही व्यक्ति सही ठाउँको मान्यता स्थापित हुन्छ । पार्टीको निर्णय, अध्ययन र मूल्याङ्कनको लागि सन्दर्भ सामाग्री उपलब्ध हुन्छ। अत पार्टी अभिलेख चुस्त र व्यवस्थित बनाउनका लागि:
• पार्टीका प्रत्येक तहले विधान बमोजिम अनिवार्य रूपमा सदस्यता लगायतको अद्यावधिक अभिलेख राख्ने ।
• केन्द्रीय कार्य समितिले शुरू गरेको पार्टी सदस्यता र समितिको अभिलेख र प्रत्येक सदस्यको पूर्ण विवरण सङ्कलन गर्ने कार्यलाई थप व्यवस्थित बनाउने ।
• तहगत समिति, समितिका निर्णय र गतिविधि, अनुगमन तथा स्वमूल्याङ्कन प्रतिवेदनलाई अभिलेखीकरण गर्ने कार्यलाई अबिलम्ब सुरु गरी व्यवस्थित बनाउने ।
• सहिद र सहिद परिवारका सदस्यको अभिलेख, परिवारको अबस्थाको विवरण, प्रजातन्त्र सेनानी, स्थापनाकालीन अग्रज र योद्धाको विवरण राख्ने कामलाई गति दिएर व्यवस्थित गर्ने।
• विभिन्न कालखण्डमा विस्थापित भएका, निर्वासनमा परेका, घाइते भएका, अपाङ्गत भएका योद्धा तथा सदस्यहरूको पूर्ण विवरण संकलन गरी व्यवस्थित गर्ने ।
• पार्टीले विभिन्न समयमा गरेका निर्णय, सरकारमा रहँदा गरेका काम, राजनीतिक, आर्थिक, सामाजिक आन्दोलन, अभियान र उपलब्धिको अभिलेखीकरण गरी दस्तावेज बनाउने ।
• विभिन्न क्षेत्रका विषय विज्ञहरूको रोस्टर बनाई अभिलेखीकरण गर्ने ।
• भ्रातृ संघ तथा शुभेच्छुक संस्थाले आफ्नो संघसंस्थासँग आबद्ध सदस्यहरूको अभिलेख राखि अद्यावधिक विवरण पार्टीको अभिलेख प्रणालीमा समावेश गर्ने ।
• नेपालको बिभिन्न स्थानबाट केन्द्र, प्रदेश र विभिन्न जिल्लामा केन्द्रित रही गठन भएका सम्पर्क समितिलाई व्यवस्थित गरी सो को अभिलेख राख्ने ।
१२. डिजिटल कांग्रेस
सूचना प्रविधिको प्रयोग, सङ्गठन सञ्चालनका लागि अब छनोटको विषय रहेन अपरिहार्यता बनेको छ । यसको समुचित प्रयोग र व्यापक बनाउँदै र व्यवस्थित गर्दै पार्टीलाई डिजिटलाइज्ड गर्नका लागि;
• अनलाइनबाट पार्टी सदस्यताका लागि आवेदन, नवीकरण र प्रदान गर्ने कार्यसुरूभइसकेको छ । यसलाई थप सहज, व्यवस्थित र चुस्त बनाउने । क्रमश: क्रियाशील सदस्यताको आवेदन पनि पार्टीको वेबसाइटबाट अनलाइनमै भर्ने व्यवस्था गर्ने ।
• वडादेखि केन्द्रीय तहसम्मको हरेक बैठक र कार्यक्रमको डिजिटल माध्यमबाट अभिलेखीकरण गर्ने प्रणालीको विकास गर्ने । पार्टीका सबै अभिलेखहरू डिजिटल अभिलेख प्रणालीमा प्रविष्ट गर्ने ।
• पार्टीको विभिन्न तहको जिम्मेवारीमा रहेका व्यक्ति र तहगत समितिको स्व:मूल्याङ्कन, मूल्याङ्कन, अनुगमन प्रणालीलाई डिजिटल माध्यमबाट गर्ने व्यवस्था गर्ने ।
• पार्टी सदस्य, समितिका बिचमा डिजिटल माध्यमबाट विषयगत बहस,अन्तर्क्रिया गर्ने । डिजिटल माध्यमबाट पार्टी संगठनका सदस्यलाई पार्टीको नीति, विचार र क्षमता अभिवृद्धि कार्यक्रम र अभिमुखीकरण गर्ने ।
• पार्टीको सूचना प्रणालीलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने । नेपाल पुकारलाई एपमार्फत उपलब्ध गराउने ।
• पार्टीको निर्णय प्रक्रियामा आम तहको आवाजलाई सहज पहुँच दिन महत्वपूर्ण विषयमा डिजिटल माध्यमबाट पार्टी सदस्य र मतदाताको राय सुझाव लिने ।
१३. पार्टी अनुशासन
पार्टीको विधानले अनुशासन पालनाका सन्दर्भमा केही विधि र संयन्त्र निर्धारण गरेको छ । पार्टी अनुशासन उलङ्घन गर्ने कुनै पनि प्रयासलाई पार्टीले छुट दिनु हुँदैन । सबैले आफ्नो कर्तव्य, जिम्मेवारी र अनुशासनको पूर्ण पालन गर्नुपर्दछ । पार्टी अनुशासन हरेक सदस्यलाई समान ढङ्गले लागु हुनुपर्छ । निर्णयमा एकरूपता हुनुपर्छ जसले पार्टीभित्र हरेक सदस्यले न्यायको प्रत्याभूत गर्न सकोस् । यसका लागि;
• अनुशासन उलङ्घन सँग जोडिएर आएका उजुरी र निवेदनहरूलाई अनुशासन समितिले अबिलम्व टुङ्गाउने ।
• पार्टी आचारसंहिता र अनुशासन पालना, सो को मूल्यांकन, छानबिन तथा निर्णयका सन्दर्भमा स्पष्ट आधार र मापदण्ड तय गरी विश्वसनीय वनाउने र निर्णयमा एकरूपता हुने व्यवस्था गर्ने ।
१४. पार्टी र सरकार
पार्टीको तर्फबाट उम्मेदवार भएर गएका जनप्रतिनिधि वा कार्यकारी भूमिकामा रहेका व्यक्ति र पार्टी समितिको बिचमा विश्वास सहितको कार्यगत सम्बन्ध सदैव अपेक्षित हुन्छ । यसले एक अर्काका अपेक्षा, अफ्ठ्यारा सू-सुचित गर्ने मात्र होइन सामूहिकताको भावना विकास हुन्छ, अपनत्वको महशुस हुन्छ ।पार्टी विधानले जनप्रतिनिधिसंग पार्टीको नियमित संवादको व्यवस्था गरेको छ । तर, पार्टी र सरकार बिचको समन्वय, संवाद र सम्बन्धका सन्दर्भमा विगतदेखि नै पार्टीले गरेका प्रयासमा कहीँ नै कहीँ अप्रयाप्तता भएको छ । सबै तहगत सरकारमा यो दुरी झन बढ्दो छ । यो दुरीलाई कम गर्नैपर्ने छ । सरकार र पार्टीको सम्बन्ध सुमधुर हुन सकेन भने त्यसले सरकारको विश्ववनीयता र स्थीरतामा समेत असर गर्छ । त्यसैले यो विषयमा सैद्धान्तिक मात्रै होइन व्यवहारिक ढङ्गले समाधान खोज्न अपरिहार्य छ । यसका लागि;
• प्रत्येक गाउँ नगरपालिका र वडामा पार्टीको तर्फबाट जितेका जनप्रतिनिधि र पार्टी समितिबिच समन्वय, संवाद र सहजीकरणका लागि देहायको समन्वय संयन्त्र बनाउने। जसमा सामान्यत:
o जनप्रतिनिधिबाट निर्वाचित वा उम्मेदवार सहित ३ जना
o पार्टीबाट सम्बन्धित तहको सभापति सहित ३ जना
o सामाजिक क्षेत्रमा प्रतिष्ठित व्यक्तिबाट २ जना
o समन्वय संयन्त्रले हरेक २ महिनामा बैठक बस्ने, समीक्षा गर्ने, कमिकमजोरी भए सच्याउने,राम्रा काममा सहजीकरण गर्ने।
o पार्टीको तर्फबाट जनचासोका विषय स्थानीय सरकार समक्ष पुर्याउने,
o वार्षिक योजना कार्यक्रममा सहयोग र समन्वय गर्ने ।
• प्रत्येक जिल्ला कार्यसमितिले पार्टीको तर्फबाट त्यस जिल्लामा जितेका प्रमुख, उपप्रमुख र पार्टी क्षेत्रीय सभापति सहितको जिल्ला समन्वय संयन्त्र बनाउने ।
• प्रदेश कार्य समितिले प्रदेश सभापति, प्रदेश सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्री, संसदीय दलको नेता, पार्टीका सचेतक सहित पार्टी प्रदेश समिति पदाधिकारीको सहितको एक संवाद संयन्त्र बनाउने ।
• केन्द्रीय कार्यसमितिले सभापति, पदाधिकारी, संसदीय दलको नेता, प्रमुख सचेतक, र सरकारमा सहभागी मन्त्रीसहितको एक समन्वय र सहजीकरण संयन्त्र बनाउने ।
• समन्वय संयन्त्रको नियमित रूपमा बैठक वसी संवाद, छलफल र उठेका विषयमा सामुहिक दृष्टिकोण निर्माण गर्ने ।
• हाम्रो पार्टी विधानले जनप्रतिनिधि र पार्टीका बिचमा सम्बन्ध र संवादका गरेको प्रबन्धलाई कार्यतालिका नै बनाई हरेक तहले कार्यान्वयन गर्ने ।
• केन्द्रीय कार्यसमितिले स्थानीय तह र प्रदेशहरूलाई केन्द्रबाट प्रभावकारी सरकार संचालनका लागि आवश्यक समन्वय, सहजिकरण गर्न छुट्टा छुटटै समन्वय समिति बनाउने।
• पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधि वा तहगत सरकारले हरेक छ छ महिनामा सार्वजनिक सुनुवाई वा प्रतिवेदनमार्फत आफ्ना गतिविधिहरू सार्वजनिक गर्ने ।
१५. प्रदेश कार्यसमिति सबलीकरण
संघीयतालाई सबलीकरण गर्न र संविधानको भावना अनुरूप प्रदेश संरचनालाई प्रभावकारी, कार्यमूलक, चुस्त र सुशासनयुक्त बनाउनका लागि पार्टीको प्रदेश संरचना पनि त्यतिकै गतिशील र प्रभावकारी हुनु आवश्यक छ । हाम्रो पार्टी संरचनामा प्रदेश कार्यसमिति नयाँ संरचनागत अभ्यास हो । पार्टीको प्रदेश कार्यसमितिलाई थप सबल र कार्यमूलक बनाउनका लागि;
• केन्द्रीय कार्यसमितिले संगठन परिचालन र अभियान सम्बधी काममा प्रदेश कार्यसमितिलाई थप सबल बनाउँदै आबश्यक जिम्मेवारी प्रदान गर्ने ।
• प्रदेश कार्यसमितिले आफ्नो प्रदेशभित्र रहेका जिल्ला कार्यसमितिको गतिविधिको अभिलेखीकरण नियमित अनुगमन, मूल्याङ्कन र समन्वय गर्ने ।
• पार्टी केन्द्रीय कार्यसमितिले गरेका निर्णय कार्यान्वय र अभियान सञ्चालनमा प्रादेशिक समन्वय र सहजीकरण गर्ने ।
• प्रदेश कार्यसमिति र प्रदेश सरकार बिच नियमित समन्वय र सहजीकरण संयन्त्र बनाउने ।
• प्रदेशस्तरमा रहेमा भ्रातृ तथा सुभेचछुक संस्थामा प्रादेशिक समितिसँग समन्वय र सहजीकरण तथा परिचालन गर्ने ।
• केन्द्रीय कार्यसमितिको कार्यतालिकालाई समेत ध्यान दिई प्रादेशिक सांगठनिक कार्यतालिकाको निर्माण गरी कार्यान्वयन गर्ने गराउने ।
१६. पार्टी योद्धा सम्मान र सहयोग
पार्टी स्थापनादेखि करिब आठ दशकको अथक यात्रामा हजारौं योद्धाले जीवन, धन सम्पत्ति, अवसर गुमाउनु परेको छ । कठीन समयमा लोकतन्त्र र पार्टीको लागि सबै गुमाउन तयार भएका सहिदका परिवार, विस्थापित परिवार, द्वन्द्व पीडित र घाइतेका परिवार, प्रजातन्त्र सेनानीहरू सबै पार्टीको परिवार हो । यो परिवारमा अफ्ठयारो परेको बेला हाम्रो विशेष जिम्मेवारी रहन्छ । आपत विपतमा पर्दा पार्टी छ भन्ने अनुभूति दिलाउनका लागि;
• पार्टीका स्थापनाकालीन अग्रज नेता, प्रजातन्त्र सेनानी, सहिद परिवार, घाइते र द्वन्द्वपीडित परिवारलाई सम्मान गर्ने कार्यक्रम सुरू भएको छ, यसलाई व्यवस्थित र प्रभावकारी बनाउदै क्रमश: जिल्ला तहसम्म गर्ने ।
• पार्टीले आफ्नै सदस्य, शुभेच्छुक र समितिको सहयोगमा दश करोडको ‘अक्षयकोष’ स्थापना गर्ने । कार्यविधि बनाएर सहिदका परिवार, विस्थापित परिवार, द्वन्द्व पिडित र घाइतेका परिवार, प्रजातन्त्र सेनानीका परिवारको शिक्षा स्वास्थ्यमा सहयोग गर्ने ।
• विपदका अबस्थामा अफ्ठ्यारोमा परेका पार्टीले विपद आएको क्षेत्रमा उद्दार राहत तथा पुनर्स्थापनाका काममा परिचालन गर्ने, विपदमा परेका सदस्य र परिवारलाई सहयोग गर्ने ।
१७. संगठन परिचालन तथा विस्तार विशेष अभियान
कतिपय जिल्लामा पार्टीका बैठक, सम्मेलन, सदस्यता बिस्तार र नवीकरण लगायत विधानप्रदत्त नियमित गतिविधि समेत हुन नसकेको, कतिपय तहमा निष्कृयता रहेको र कतिपय ठाउँमा निर्वाचन लगायत विशिष्ट कारणले संगठनमा सिथिलता आएको पार्टीका आन्तरिक अभियानबाट प्राप्त प्रतिवेदनले समेत देखाएको छ । अर्कोतर्फ धेरै हाम्रा गतिविधिहरू संगठन विस्तार भन्दा पनि नियमित परिचालनमा सीमित भएको अवस्था छ । यस अवस्थामा जहाँ निस्कृयता छ त्यहाँ सक्रिय बनाउने, जहाँ अलमल छ त्यहाँ विवाद सल्टाउने र समग्र संगठनिक संरचनालाई चलायमान बनाउनका लागिः
• समस्या भएका जिल्लाहरूमा केन्द्रबाट उच्च तहको नेतृत्वलाई निश्चित अधिकार र विशेष जिम्मेवारी सहित खटाउने ।
• २०८१ लाई संगठन विस्तार बर्षको रूपमा घोषणा गरी ५ लाख नयाँ सदस्य बनाउने अभियान सञ्चालन गर्ने । यस अभियानको क्रममा जिल्लादेखि वडासम्म खटाइएका प्रतिनिधिहरू दुई महिना अनिवार्य रूपमा पूरा अवधि निर्दिष्ट क्षेत्रमा खटिएर काम गर्ने गरी कार्ययोजना तय गर्ने ।
• महिला, विद्यार्थी, तरुण, ट्रेड युनियन जस्ता भ्रातृ संघ संस्थाहरूलाई पनि संगठन विस्तारको निश्चित लक्ष्य सहित कार्ययोजना तय गरी आफ्नो कार्यक्षेत्रमा खटाउने । भ्रातृसंघका अधिवेशनका क्रममा सदस्यता विस्तारलाई विशेष प्राथमिकता दिने ।
• नेपाली जनसम्पर्क समितिको गठन नभएका देशहरूमा विस्तार गर्ने ।
• प्रचलित कानून अनुसार मिल्नेगरी आवेदन दिइरहेका शुभेच्छुक संस्थाहरूलाई आवद्ध गर्ने।
• सदस्यता प्रदान गर्दा सदस्यता नभएको वा नपुगेको समुदाय र क्षेत्रमा जनसंख्या र कलस्टरमा नै विशेष अभियान सञ्चालन गर्ने ।
• सबै तहका समितिले समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरू खोजी गरी पार्टीमा जोड्ने ।
१८. युवासँग कांग्रेस
लोकतन्त्र प्राप्तिको आन्दोलन र संघर्षको बेला पार्टीमा युवाहरू स्वभाविक रुपमा जोडिने अबस्था हुन्थ्यो । एउटा वृहत ध्येय र उद्देश्यले सबैलाई एकैपटक परिचालन गर्थ्यो । अहिले हामीले परिकल्पना गरेको राजनीतिक उपलब्धि हासिल भएका छन् । अव संघर्ष होइन सिर्जनाको समय हो । यस अबस्थामा रचनात्मक ढङ्गले युवालाई पार्टीमा जोड्नका लागि;
• उद्यमशीलता र विभिन्न पेसामा रहेका नवयुवालाई पार्टीका अभियान तथा मञ्चमार्फत संगठित र प्रशिक्षित गर्दै पार्टीसँग जोड्ने ।
• शिक्षा, पर्यावरण, साहित्य, नवप्रवर्तन लगायतका विभिन्न विषयमा पोलिसी ह्याकथन जस्तो प्रतिस्पर्धात्मक कार्यक्रमबाट युवालाई जोड्ने ।
• वैदेशिक रोजगारीमा जाने वा गएर फर्केका युवालाई तत् क्षेत्र र विषयसँग सम्बन्धित पार्टीका निकाय र कार्यक्रममार्फत जोड्ने।
• दलित, मधेसी, थारू लगायत विभिन्न समुदाय भित्रका युवा र उनीहरूका मुद्दालाई पार्टीका विभिन्न अभियान र कार्यक्रममार्फत जोड्ने ।
• नेपाल बाहिर रहेर काम गरिरहेका वा अध्ययन गरिरहेका युवालाई उनीहरूको विषयसंग सम्बन्धित क्षेत्र र कार्यक्रममार्फत पार्टीसँग जोड्ने ।
• लैङगिक हिंसा, सामाजिक विकृति र विसंगतिविरुद्ध विभिन्न सामाजिक अभियानहरू युवाहरूले नै संचालन गर्ने व्यवस्था गर्ने ।
• खेलकुदको विवध कार्यक्रम र अभियान मार्फत नवयुवालाई जोड्ने ।
• पार्टीमा युवा इन्टर्न, स्वयमसेवकको व्यवस्था गर्ने ।
• पार्टीको विधानले व्यबस्था गरेको तहगत कार्यसमिति र विभागमा युवा प्रतिनिधित्वको प्रावधानलाई प्रभावकारी कार्यान्वयन गर्ने ।
१९. पार्टीको आर्थिक श्रोत व्यवस्थापन, लेखापद्धति तथा सम्पत्तिको संरक्षण
पार्टीको विद्यमान आर्थिक प्रणाली, लेखापरीक्षण प्रतिवेदनतथा लेखा समितिको राय सुझावलाई समेत मध्यनजर गर्दा पार्टी बढ्दो खर्च र घट्दो आम्दानीकोअवस्थामा छ । यो अबस्थालाई सुधार गरी पार्टीको आर्थिक पक्ष सबल बनाउनका लागि;
• पार्टीको आर्थिक श्रोत मजबुत बनाउन थप श्रोतहरुको पहिचान र परिचालन गरी आर्थिक सुदृढिकरण गर्दै भविष्यको लागि सबल कोषको निर्माण गर्ने ।
• आर्थिक पारदर्शिता र चुस्तताको लागि आवश्यक लेखानीति तथा नियमावलीहरुको तर्जुमा तथा परिमार्जन गरि तत्काल लागू गराउने । लेखा प्रणालीलाई व्यवस्थित र मजबूत बनाउने।
• पार्टीको नियमित खर्चको लागि स्विकृत बार्षिक बजेट र विषेश कार्यक्रमको लागि कार्यक्रम बजेट बनाई सोही बमोजिम खर्च गर्नुपर्ने व्यवस्थालाई अनिवार्य कार्यान्वयन गर्ने र भविष्यमा मातहतका संघ, संगठनहरुमा पनि सोही नियम लागू हुने गरी एकरुपता बनाउने ।
• पार्टीका कार्यक्रम, गतिविधि र अभियानमा आर्थिक भार कम गर्नेगरीमितव्ययी एवं पारदर्शी ढंगले खर्च गर्ने।
• देशै भरी पार्टीको नाममा रहेका चल अचल सम्पत्तिको यथार्थ यकिन गरी लेखा राख्नको लागि तदारुकताका साथ कार्य सञ्चालन गर्ने।
२०. पार्टी बैठक, कार्यक्रम र सम्मेलन सञ्चालन विधि र ढाँचा
पार्टीका बैठक, कार्यक्रम र सम्मेलन सञ्चालनको निर्दिष्ट विधि र ढांचा नहुँदा सबै तहमा समस्या हुने गरेको छ । जुन तौर तरिकाबाट हाम्रा बैठक र कार्यक्रम सञ्चालन हुनेगरेका छन त्यो परम्परागत ढाँचालाई बदल्नका लागि;
• विधान बमोजिम हरेक तहले कार्यसमितिको नियमित बैठकको कार्यतालिका नै बनाउने ।
• केन्द्रीय कार्यसमितिले बैठक सम्बन्धी विधि र ढाँचा तोक्नेछ । सोही अनुसार हरेक तहले बैठक सञ्चालन विधि तय गरी कार्यान्वयन गर्ने । हरेक बैठकमा पार्टीको आन्तरिक समीक्षा, समसामयिक र राजनीतिक विषय, पार्टीको माथिल्लो तहबाट कुनै परिपत्र, सूचना वा अन्य विवरण आएको भए सो को जानकारी र एजेन्डागत रूपमा धारणा राख्ने, छलफल गर्ने र निर्णय गर्ने परिपाटीको विकास गर्ने।
• प्रत्येक तहले सम्मेलन गर्दा केन्द्रीय कार्यालयले तोके बमोजिमको विधि र ढाँचा अनुसार खुला सत्र र आन्तरिक सत्र सहितको सम्मेलनको प्रारूप बनाउने । उद्घाटन सत्रलाई नियमित रूपमा गरिने कार्यक्रम बाहेक कुनै सिर्जनात्मक सामाजिक अभियानसँग जोडने ।
• पार्टीको कुनै पनि तहमा आन्तरिक वा खुला कार्यक्रम गर्दा विद्यमान भद्दा र पट्यारलाग्दो कार्यक्रम नगरी केन्द्रीय कार्यालयले तोके बमोजिमको ढाँचा र विधि अनुसार छिटो छरितो बनाउने ।
आदरणीय साथीहरू !
पार्टीसंगठनको हालको अवस्था,सदस्यहरूकोमनोविज्ञान र संगठनलाई गतिशील बनाउन तत्काल गर्न सकिने विषयमा माथी २० वुँदामा प्रस्ताव गरिसकेको छु । यी विषयहरू तत्काल गर्न सकिने र आगामी महाधिवेशनसम्म गर्न सक्ने विषयहरू हुन । यी कामहरू पुरा गर्न पार्टीका प्रत्येक सदस्य र सवै तहका समितिकोको साथ र संकल्प आवश्यक हुन्छ ।
हाम्रो पार्टी संगठनभन्दा बाहिर पनि उल्लेखनीय संख्यामा समर्थक-शुभेच्छुकहरू छन्, जसले हामीलाई मत र साथ मात्रै होइन उत्तिकै खबरदारी र भरोसा पनि दिने गर्छन् । तिनले न पार्टीको सदस्यता लिएका छन्, न त ती पार्टीको दैनिक गतिविधिमा नै संलग्न हुन्छन् । पार्टीको तहगत संरचनामा कतै नजोडिएका, औपचारिक सांगठनिक संरचनामा पार्टीले नचिन्ने तर स्वत:स्फुर्त रुपमा पार्टीको पक्षमा वकालत गरिरहने त्यो पङ्तिका लागि नेपाली कांग्रेस मूलतः एउटा विचार हो । तिनका लागि उदार लोकतन्त्रका मूल्य मान्यतामा कुनै सम्झौता नगर्ने, व्यक्तिगत स्वतन्त्रताको संरक्षण गर्ने, पेशागत स्वतन्त्रता र लोकतन्त्रको पहरेदार पार्टी हो- कांग्रेस ।आफ्नो विचारको प्रतिनिधि शक्तिको रुपमा नेपाली कांग्रेसप्रति त्यो पङ्तिको सुभेच्छा र समर्थन छ । त्यो स्नेह र भरोसा कहिले मतदाताको रुपमा त कहिले जन परिचालकको रुपमा प्रकट हुनेगर्छ ।
हाम्रो संगठनको संरचना कति बलियो र कमजोर छ भन्ने कुरामा त्यो पङ्तिको धेरै चासो छैन् । नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण गर्दा त्यो पङ्तिखुलेर कांग्रेसको पक्षमा वकालत गर्छ । तर आदर्शको मूल्यमा सम्झौताभयो भने उसलेअसाध्यै चित्त दुखाउँछ । लोकतन्त्रमा आस्था राख्नेसमर्थक-शुभेच्छुकहरू त्यो पङ्ति,जसलाई हामी ‘डेमोक्र्याट्स’ भन्छौं,कांग्रेसको ठूलो सामर्थ्यहो ।नेपाली कांग्रेस कमजोर छ वा बलियो भन्ने आम धारणाको निर्माणमा यही समुहको महत्वपूर्ण भूमिका हुन्छ, उसैले त्यस्तो मानक निर्माण गर्छ । तिनको धारणाले परिवारभित्र र समुदायमा मात्र होइन पार्टीकै सदस्यलाई समेत प्रभावित पार्छ । त्यसैले यो पङ्ति नेपाली कांग्रेसका लागि केवल मतदाता मात्र होइन पार्टीको दिशानिर्देशक शक्ति पनि हो ।
२०६२/०६३ मा यो पङ्तिले आजको व्यवस्था ल्याउनका लागि हाम्रा एजेण्डामा खुलेर साथ दियो;२०७२ मा लोकतान्त्रिक संविधान निर्माण गर्न र २०७४ पछि नेकपाको सरकारले संविधान र लोकतान्त्रिक मूल्य मान्यतामाथि आक्रमण गर्दा हाम्रो आन्दोलनलाई साथ दियो । तर यतिबेला यही व्यवस्थामा हाम्रो पार्टीले निर्वाचन जितेकोमा ढुक्क हुनुपर्नेमाजस्तो सुकै प्रतिकूलतामा पनि कांग्रेसको साथ नछोडेको समर्थक र शुभेच्छुकहरू त्यो पङ्तिमाकेही अलमल, द्वीविधा र संशय देखिन्छ। हामीले आग्रहमुक्त भएर किन यस्तो भएको होत्यसको पहिचान गरेर समीक्षा गर्दै यस्तो अवस्था बदल्नुपर्नेछ।
• नेपाली कांग्रेस पार्टीका निम्तिनिर्वाचन पूर्व पार्टीले विशिष्ट परिस्थितिमा गर्नुपरेको गठबन्धन राजनीतिक परिस्थितिजन्य बाध्यता वा रणनीतिक विषय हो तर समर्थक र शुभेच्छुकले भने त्यसलाई कांग्रेसको वैचारिक क्षयीकरणको रुपमा बुझे र पार्टीसँग चित्त दुखाएका छन्। हामीले विशेष राजनीतिक परिघटनाले सिर्जना गरेको परिस्थितिबाट गर्नुपरेको गठबन्धन नियमित राजनीतिक घटनाक्रम होइन भन्ने कुरा बुझाउनुपर्ने आवश्यकता छ ।
• समर्थक र शुभेच्छुकहरूकांग्रेसले उदार लोकतन्त्रका आधारभूत मूल्य मान्यता, विधिको शासन, वैयक्तिक स्वतन्त्रता लगायतमा निर्णायक अडान लिओस्; कुनै पनि अवस्थामा ती विषयमा सम्झौता नगरोस्; झन क्षणिक सत्ता स्वार्थका लागि त गर्दै नगरोस्भन्ने अपेक्षा राख्छन् । आम लोकतन्त्रवादीको त्यो अपेक्षालाई सम्मान गर्दै भरोसा यथावत राख्नुपर्ने चुनौती छ ।
• भ्रष्टाचार नियन्त्रणका निम्ति अग्रसर भई विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति सुद्धिकरण आयोग लगायतका महत्वपूर्ण निकायहरूको गठनमा नीतिगत, कानूनी एवं संस्थागत पहल गरेको कांग्रेसपार्टीलेसुशासनका सन्दर्भमा अझै खरो रुपमाभ्रष्टाचार नियन्त्रण, राज्य संस्था र संयन्त्रको संस्थागत विकासमाअग्रसरता लिओस् भन्ने तिनको अपेक्षा छ ।
• तीनवटै तहकासरकारमा कांग्रेस पार्टीको गहकिलो उपस्थिति छ। सेवाप्रवाहमा कांग्रेसले अतिरिक्त तदारुकता देखाएरबेथिति, विसंगतिको अन्त्य गर्दै सहज सेवा प्रवाहमा जनताले महसुस गर्नेगरी गुणात्मक परिवर्तनल्याओस् भन्ने तिनले अपेक्षा गरेका छन् ।
• उदार लोकतान्त्रिक प्रणालीको मर्म विपरीत राज्यका सम्पूर्णनिकायहरूको दलीयकरणबाट समग्र नेपाली समाज नै आजित भइसकेको छ। विश्वविद्यालय, प्रतिष्ठान,आयोगदेखि न्यायालयसम्म दलीय भागवण्डाले गिजोलिएर थलिएका छन् । यस्तो अवस्थामा भागवण्डा रोकेरराज्यका निकायको सबलीकरणमाकांग्रेसबाट अग्रसरता होस् भन्ने हाम्रो समर्थक र शुभेच्छुकहरूलेअपेक्षा राखेका छन् ।
• पछिल्लो समय प्रोपोगण्डाको राजनीतिले सिर्जना गरेको ‘विगतमा केही पनि भएन’ भन्ने भाष्यले आम जनता र खासगरी समर्थक शुभेच्छुकहरूलाई समेत दिग्भ्रमित बनाएको छ ।विगतमा गरेका राम्रा कामहरूको सही ढङ्गले सम्प्रेषण गर्न नसक्दा आजसम्म केही पनि भएन, इतिहासका संघर्ष र उपलब्धिहरू सब निरर्थक हुन् भन्ने नितान्त गलत भाष्य निर्माण गर्न खोजिएको छ । हुँदाहुँदा कतै यो परिवर्तन गरेर हामीले गल्ती नै पो गर्यौं कि भनेर यदाकदा पार्टी भित्रकै सानो तप्काले देखाउने द्विविधा र लघुताभासले त्यस्तो प्रोपोगण्डालाई थपमलजल गरेको छ।
आदरणीय सभापतिज्यू, तथा साथीहरू !
हाम्रो सामु हाम्रा समर्थक सुभेच्छुको अपेक्षालाई पार्टीको विचार, नेतृत्व र कार्यशैलीबाट सम्बोधन गर्दै आशा र ऊर्जामा परिणत गर्नुपर्ने चुनौती छ । मूलतः पार्टीले लिने विचार र यसको नेतृत्वकोछविका आधारमा नै यो पङ्तिले आफ्नो धारणा बनाउने हो ।संगठन संरचना र सदस्य संख्याले तिनलाई खासै प्रभाव पार्दैन । यस्तो बेला पार्टीको विचार र एजेण्डा स्पष्ट हुनुपर्छर उनीहरूसँग पार्टी नेतृत्वले नै संवाद गर्न अघि सर्नुपर्छ । तिनलाई आफ्ना एजेण्डा बुझाउनुपर्छ, मुलुकको अवस्थाका कारण सृजितहाम्रा कतिपय सीमाकाबारेमा बताउनुपर्छ ।
यस अवस्थामा आफ्ना समर्थक सुभेच्छुको भरोसा टुट्न नदिन तत्काल हामीलेकेही संकल्प गर्न आवश्यक छ ।
• एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि नेपाली कांग्रेसले निर्वाचन अगाडि गठबन्धनको नेतृत्व गर्नुपर्यो । गत निर्वाचनमा नेपाली कांग्रेसले पाँच वर्षको लागि गठबन्धन सहित मत मागेकोले यो अवधिसम्म जनतासँगको बाचा र अन्य साझेदार दलहरूसँगको सम्झौता बमोजिम राजनीतिक इमानदारी प्रदर्शन गर्नुपर्छ भन्नेमा हामी सचेत छौँ ।कुनै पनि दलले बहुमत प्राप्त नगरेको अबस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रममा बनाएर सरकार सञ्चालनका लागि अन्य दलसंग तालमेल गर्ने कुरा स्वभाविक हुनसक्छ । तर, निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै,दृढ संकल्प गर्छ-“हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्नेछौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं”।
• हाम्रो आफ्नै संगठनलाई थप उर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुन:स्थापित गर्नेछौँ ।
• आदर्शका लागि जीवनपर्यन्त कठोर संघर्ष गरेका, प्राण आहुती दिएका अथक योद्धाहरूले जन्माएको पार्टी नेपाली कांग्रेसलेकुनै पनि निर्णय गर्दा तिनै अग्रजहरूको बलिदानलाई स्मरण गर्दै तत्काल कुनै अप्ठ्यारा र चुनौती आएपनि वा पार्टीले क्षति नै बेहोर्नुपरे पनि लोकतान्त्रिक मूल्य मान्यता, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान रविधिको शासन लगायतका आधारभूत मान्यतामाकहिल्यै सम्झौता गर्ने छैनौं ।
• नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने यस्ता क्षेत्रगत स-साना कार्यले देशलाई समुन्नतितिर लान्छ नै, नेपाली कांग्रेसको जनमुखी परिचय पनि स्वत: स्थापित गर्छ भन्नेमा कांग्रेसलाई गहिरो विश्वास छ ।अत:संघरप्रदेशहरुमा सरकार साझेदारीर३३२स्थानीय तहको सरकारको नेतृत्व गरेकोनेपाली कांग्रेसले सेवा प्रवाहलाई चुस्त बनाउँदै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्यममा सुधार र सकारात्मक भविष्यको अनुभूति नागरिकलाई कसरी गराउने भन्नेमाहामीले गम्भिरतापूर्वक प्राथमिकता दिनेछौं।संसदभित्रको हाम्रो भूमिकालाई पनि त्यसै अनुरुप सुदृढ र प्रभावकारी बनाउने छौं।
• पार्टीले भ्रष्टाचारमा, महिलामाथि हुनेहिंसा, सामाजिक विभेद, छुवाछुत लगायतमा शून्य सहनशीलताको नीति अंगिकार गर्नेछ। अपराधमा संलग्न दोषी छ भने जस्तोसुकै शक्तिशाली र प्रभावशालीले पनि उन्मुक्ति पाउनु हुँदैन,तर निर्दोष छ भने कुनै जात, लिङ्ग, समुदाय, परिवार वा दलसँग जोडिएका आधारमा पनि अन्यायमा पर्नु हुँदैन भन्ने हाम्रो मान्यतामापार्टी अडिग रहनेछ। अख्तियारकोदुरूपयोग, भ्रष्टाचार, आर्थिकअनियमितता, सार्वजनिकपदकोदुरुपयोगजस्ताविगतमाभएकाअन्यमुद्दाहरू र नीतिगत भ्रष्टाचारकोपनिनिष्पक्षअनुसन्धानरछानबिनगरीदोषीलाईकारवाहीगर्नरसुशासनकायमगर्नदृढतापूर्वकनेपालीकांग्रेसलेनेतृत्वगर्नेछ।सुशासन र सेवा प्रवाहमा नेपाली कांग्रेसले अग्रसरता लिनेछ। राज्यका संस्थाहरूमा दलीयकरण होइन संस्थाहरूको सबलीकरण पार्टीको प्राथमिकता हुनेछ । यस सन्दर्भमा आवश्यक कानून र संरचनागत विकास गर्ने लगायतका साझा विषयमा अन्य दलसँग समेत हामीले अग्रसरता लिनेछौं।
तत्कालका लागि हामीले यति मात्र गर्न सकियो भने पनिपार्टीका समर्थक,शुभेच्छुक र लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध जनसमुहको पुरानैस्नेह र भरोसा प्राप्त हुनेछ ।
आदरणीय साथीहरू !
पार्टीले तत्काल गर्नुपर्ने, गर्न सकिने र गर्नैपर्ने कार्यका सन्दर्भमा माथिको खण्डमा चर्चा गरिसकिएको छ ।आजको नवीन राजनीतिक चेतना, सूचना, सञ्चार र प्रविधिको क्षेत्रमा भएको विकास,देश विदेशमा फैलिएको नेपाली समाज र बसाइ-सराइको बनोट आदि कारणले पार्टीको साङ्गठनिक स्वरूप तथा संरचनाको बारेमा नयाँ ढङ्गले बहस गर्नुपर्छ भन्ने विषय उठ्दै आएको छ ।पार्टी सञ्चालनको हाम्रै अनुभवले पनि पार्टी प्रणाली तथा साङ्गठनिक स्वरूप तथा संरचनाको बदलावको आवश्यकतामहसुसभएको छ । एकातर्फ हाम्रा मूलभूत मान्यतालाई कायम गर्नुपर्नेछ भने अर्कोतर्फ आवश्यकता र समयको माग अनुसार परिमार्जन गर्दै जानुपर्ने छ । यसका लागि केही आधारभूत सवालमा खुला छलफल र वैधानिक व्यवस्था गर्नुपर्ने छ ।मूलत: यो महासमिति बैठक नीति केन्द्रित भएकोले विधानका विषयमा अर्को विधान केन्द्रित महासमिति बैठकमा छलफल गर्नेछौं।
विधान अनुसार २०८२ मंसिरसम्ममा हाम्रो महाधिवेशन सम्पन्न गर्नुपर्दछ । महाधिवेशनभन्दा अगाडि २०८१ माविधानकेन्द्रित महासमिति बैठक गर्नेछौं । यस महासमिति बैठक लगत्तै केन्द्रीय कार्यसमितिको बैठकलेविधान मस्यौदा समिति बनाई यो महासमिति बैठकदेखि महासमितिसम्मको अवधिमा विधानमा भएका कुन कुन कुरा यथावत राख्ने, कुन कुन प्रावधान बदल्ने, किन बदल्ने, पार्टीभित्र पार्टीको संरचना कस्तो राख्ने भन्नेविषयमा पार्टी संगठनका विभिन्न तहमा व्यवस्थित छलफलगर्नेछौं ।
यस बीचमा विभिन्न तहमा छलफलमा उठेकाथप छलफल गर्नुपर्ने केही विषय र विकल्पहरू यहाँ प्रस्तुत गर्दछु ।
१. सदस्यता :हालसम्म पार्टी सदस्य र क्रियाशील सदस्य गरी दुई प्रकारको सदस्यता प्रणाली अभ्यास गर्दै आइरहेका छौं ।अब यही व्यवस्था र अभ्यासलाई निरन्तरता दिने ?वापार्टीमा एकै प्रकारको सदस्यताको व्यवस्था गर्ने ।सदस्यता प्राप्ति प्रक्रिया थप सहज र फराकिलो बनाउने ।
२. नेतृत्व चयन प्रक्रिया :पार्टीको विधानले वडादेखि केन्द्रसम्म तहगत प्रतिनिधि छनोट र नेतृत्व चयन प्रक्रियाको निश्चित विधि तय गरेको छ । सदस्यहरुले प्रतिनिधि छनोट गर्ने प्रतिनिधिले तहगत रूपमाकार्यसमिति र नेतृत्व छनोट गर्ने अभ्यास छ ।अब यही व्यवस्था र अभ्यासलाई निरन्तरता दिने ?वावडादेखि जिल्ला तहसम्म जुन तहको लागि नेतृत्व छनोट गर्ने हो सोही तहका क्रियाशील सदस्यहरूको प्रत्यक्ष निर्वाचनबाट सो तहको नेतृत्व र महाधिवेशन प्रतिनिधि चयन गर्ने ।अथवा अन्य विकल्पमा जाने ।
हरेक तहको कार्यसमितिको निर्वाचन गर्दा अहिले जस्तै सभापतिसहित बहुपद निर्वाचित गर्ने ?वा सत्प्रतिशत निर्वाचित गर्ने वा सभापति र सदस्यमात्र निर्वाचित गर्ने वा सभापतिमात्र निर्वाचित गर्ने ।
अहिकोस्वत: प्रतिनिधि हुने व्यवस्थालाई निरन्तरता दिने ? वाकेन्द्रीय सभापतिदेखि हरेक तहमा विभिन्न जिम्मेवारीमा रहेका सबै अनिवार्य रूपमा तल्लो तहबाट निर्वाचित भएर आउनुपर्नेव्यवस्था गर्ने।
३. समावेशीताःसमावेशी समानुपातिक प्रतिनिधित्व र संरचनागत व्यवस्था अहिले कै यथावत राख्ने ? वा निर्वाचन र मनोनयन गर्दा समावेशी समानुपातिक सिद्धान्तको मर्मलाई पूर्ण रूपमा आत्मसात गर्नेगरी प्रत्येक तहका कार्यसमितिमा एक तिहाइ अनिवार्य महिला पदाधिकारी र अपाङ्गता भएका व्यक्ति अनिवार्य रहनेगरी हरेक तहमा समुदायको क्लस्टर अनुसार मधेसी, दलित, मुस्लिम, आदिवासी, जनजाती, थारू लगायतको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने ।सबैभन्दा भूइँ तहमा रहेको मधेसी दलित समुदाय लगायत विभिन्न समुदायको छुट्टै क्लस्टर बनाईसबैको प्रतिनिधित्व र पहुँच सुनिश्चितता हुनेगरी हाम्रो पार्टीको समग्र सदस्ययतादेखि नेतृत्वसम्मको सांगठनिक प्रणालीको विकास गर्ने।अथवा अन्य कुनै विकल्पमार्फत समावेशीता सुनिश्चित गर्ने ।
पार्टी संरचनाभित्र समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था भए जस्तै पार्टीबाट उम्मेदवार बनाउँदा वा विभिन्न क्षेत्रमा अवसर प्रदान गर्दा निश्चित नीति अबलम्बन गर्ने सम्बन्धमा हालको अभ्यासलाई कायम राख्ने ? वा स्थानीय, प्रदेश र संघका प्रत्यक्ष निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार छनोट गर्दा र पार्टीभित्र र बाहिर आउने अवसरमा संविधानको मर्म र भावना आनुसार महिला,दलित समुदाय लगायतको प्रतिनिधित्व र अवसरको न्यायोचित वितरणको सुनिश्चितता गर्ने ।
४. कार्यसमितिको संरचनागत व्यवस्था :गाउँ-नगरदेखि केन्द्रसम्म सबै तहका कार्यसमितिको ठुलोसंरचनालाई यथावत राख्ने ? वापार्टीका तहगत समिति व्यवहारिक र कार्यमूलक बनाउन सबै तहका समितिको आकारलाई सानो, छरितो र प्रभावकारी बनाउने र समितिभित्रै संविधानको मर्म अनुरुप समावेशी समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्ने।
५. उम्मेदवार छनोट प्रक्रिया : पार्टीको विधानले तल्लो तहका कार्य समितिहरूबाट प्रारम्भिक सिफारिस र राय सहित निर्णय गर्ने तहमा पुर्याउने अनि निर्णय गर्ने निकायले विधानले तोके बमोजिमको समिति बनाएर उम्मेदवार चयन गर्ने व्यवस्था गरेको छ । अब यही व्यवस्था र अभ्यासलाई निरन्तरता दिने ?वा सम्बन्धित तह र क्षेत्रका क्रियाशील सदस्यको प्रत्यक्ष मतदान(प्राइमरी इलेक्सन) बाट उम्मेदवार छनोट गर्ने ।
संसदीय उम्मेदवारको सन्दर्भमा तल्लो तहबाट प्रारम्भिक सिफारिस र रायसहित पठाउने, संसदीय समितिले विधानले तोके बमोजिमको प्रक्रिया अनुसार चयन गर्ने व्यवस्था छ तर अभ्यासमा तोके बमोजिम सिफारिस नगर्ने र अन्तिम निर्णय गर्ने निकायले सिफारिस र आधार तथा मापदण्ड समेत नहेरी चयन गर्ने अवस्था छ । अब त्यही व्यवस्था र अभ्यासलाई निरन्तरता दिने वा संसदीय उम्मेदवारको हकमा सम्बन्धित क्षेत्रका पार्टीका क्रियाशील सदस्यहरू प्रत्यक्ष मतदान(प्राइमरी इलेक्सन) बाट छनोट गर्ने ।
अथवा, सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरूले प्रत्यक्ष मत(प्राइमरी इलेक्सन) बाट बढी मत प्राप्त एक महिलासहित तीन जना छनोट गरी सो नाम निर्णय गर्ने तहमा पठाउने । तीनजना भन्दा बढी सिफारिस गर्न नपाउने । निर्णय गर्ने निकायले सम्बन्धित क्षेत्रबाट सिफारिस भएका तीनजना मध्ये एक जना चयन गर्ने । सिफारिस भएका तीनजना भन्दा बाहिरबाट उम्मेदवार बनाउन नपाउने ।समानुपातिक तर्फ सिफारिस गर्दा सम्बन्धित क्षेत्रका क्रियाशील सदस्यको प्रत्यक्ष मतदान बाट सम्बन्धित क्षेत्रको जनसंख्यालाई समेत ध्यान दिई क्लस्टर अनुसार छुट्टाएर निश्चित संख्यामा सिफारिस गर्ने । पार्टीले समानुपातिकको सूची बनाउँदा सम्बन्धित क्लस्टरमा पनि विगतमा अवसर नपाएका समुदाय, क्षेत्र र क्लस्टरलाई प्राथमिकता दिने ।वा पार्टीले लोकप्रिय र सक्षम उम्मेदवार पत्ता लगाउनसर्भे लगायत अन्य विधि र प्रक्रिया अबलम्बन गरी निश्चित मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने ।
६. भ्रातृ संघ :भातृ संघ सञ्चालन तथा परिचालनका सन्दर्भमा विधानले निश्चित व्यवस्था गरेको छ । भ्रातृ संघको आफ्नै विधान हुन्छ, जसमा नेतृत्व चयन गर्ने स्पष्ट प्रक्रिया हुन्छ । तर संघले समयमा अधिवेशन गर्न नसक्ने अनि पार्टीले तोकिदिने प्रचलित अभ्यास छ । अब यही व्यवस्था र अभ्यासलाई निरन्तरता दिने ?वा सांगठनिक कुरामा पूर्ण स्वायत्त ढङ्गले काम गर्ने र भ्रातृ संघलाई वर्गीय मुद्दामा केन्द्रित गर्ने व्यवस्था गर्ने । पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशन गराउने ।
७. शुभेच्छुक संस्था :प्रचलित कानूनले पार्टीमा आबद्धता हुन रोक लगाएका शिक्षक, सरकारी कर्मचारी, प्रध्यापक लगायतसँग सम्बन्धित शुभेच्छुक संस्थाहरूलाई पार्टीसँगको आबद्धताको निरन्तरता दिने? वाअब प्रचलित कानूनले पार्टी सदस्यता लिन निषेध गरेका पेसासँग सम्बद्ध शुभेच्छुक संस्थासँग पार्टीको अहिलेको संस्थागत आबद्धता बदलेर पार्टीले विधागत/पेसागत/विशेषज्ञ सम्बन्धमाराख्नेतर सम्बन्धित पेसामा संलग्न व्यक्तिहरूलाईपार्टीको सदस्यता प्रदान नगर्ने । निजले संस्थामा गरेको कार्य अवधिलाई क्रियाशीलता मापनको आधार बनाउने ।
पार्टीको केन्द्रदेखि वडाकार्य समितिदेखि विभिन्न तहमा हरेक क्षेत्रका विज्ञ, पेसा र विधागत प्रतिनिधित्वको लागि छुट्टै निश्चित संख्याको अनुपातमा कलस्टरको व्यवस्था गर्ने।
८. नेपाली जनसम्पर्क समिति :प्रचलित कानून अनुसार नेपाली नागरिक मात्र पार्टीको क्रियाशील सदस्य बन्नको लागि योग्य मानिन्छ । त्यसले गर्दा जनसम्पर्क समितिमानेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका गैरआवासीय नेपाली व्यक्ति पार्टीको संगठनमा आबद्ध हुने कुरामा ठूलो अलमल सिर्जना भएको छ।यही अलमल यथावत राख्ने ? वा,प्रत्येक जनसम्पर्क समितिलाईसंस्थागत आबद्धता प्रदान गर्ने । जनसम्पर्क समितिमा रुची भएका गैरआवासीय नेपाली सबै सदस्य हुन पाउने रमहाधिवेशन प्रतिनिधिका हकमा प्रचलित कानून बमोजिम व्यवस्था गर्ने ।
हालकै जनसम्पर्क समितको संरचनालाई यथावत राख्ने ? वानेपाली जनसम्पर्क समितिको अन्तराष्ट्रिय महासंघ वा अन्तराष्ट्रिय परिषद बनाउनेर विभिन्न क्षेत्र (मध्यपूर्व, एशीया प्रशान्त, युरोप, भारत, अफ्रिका, अमेरिका लगयात) कोसम्मेलन गर्ने । प्रत्येक जनसम्पर्क समितिकोसदस्य सङ्ख्याको अनुपातमा निश्चित सङ्ख्यामामहाधिवेशन प्रतिनिधि आउने व्यवस्था गर्ने ।जनसम्पर्क समितिलाई नेपाल बाहिरका नेपालीको हक, हित, समस्या, मुद्दा, सिप, दक्षता, अवसर लगायतका क्षेत्रमा क्रियाशील बनाउने ।
९. केन्द्रीय निर्वाचन समिति, लेखा समिति र अनुगमन समिति : हाल पार्टी विधान अनुसार केन्द्रीय निर्वाचन समिति, लेखा समिति र अनुशासन समिति केन्द्रीय सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले मनोनयन गर्ने प्रचलन छ । अब यही अवस्थालाई निरन्तरता दिने ?वा केन्द्रीय निर्वाचन समितिलाई नेपाली कांग्रेस आन्तरिक निर्वाचन आयोगमा रुपान्तरण गरी निर्वाचन आयोगलाई थप स्वायत्ता र स्थायी प्रकृतिको संरचनाको रुपमा विकास गर्ने ।लेखा समिति, अनुशासन समितिको सट्टा स्वायत्त र अधिकारसम्पन्न लेखा आयोग, अनुशासन आयोग, मूल्याङ्कन तथा अनुगमन आयोग बनाउने।आन्तरिक निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग तथा मुल्याङ्कन तथा अनुगमन आयोगका संयोजक र सदस्यहरूको निर्वाचन पार्टी महाधिवेशबाट नै गर्ने ।
१०. टोल कार्य समिति :टोल कार्यसमिति हाम्रो पार्टी संरचनामा सबैभन्दा भूइँ तहमा रहेर जनताको दु:खसुखमा जोडिने समिति हो । तर पार्टीको निर्णय प्रक्रियामा यो समिति कहीँ कतै जोडिँदैन् । यही अवस्था राख्ने ? वाटोल कार्यसमितिको अधिकारलाई थप प्रष्ट गर्ने । संगठनमा गतिशीलतासँगै प्रक्रियामा समेतसम्भव भएसम्म वडा कार्यसमिति सदस्यलाई टोल कार्यसमितिको संयोजकको जिम्मेवारी दिने ।
११. वडा कार्य समिति :विधानले वडा सम्मेलन छ-छ महिनामा गर्ने भनेको छ, जुन व्यवहारिक रूपमा कार्यान्वयन हुन सकेको छैन । यही व्यवस्था कायम राख्ने ? वा वडा सम्मेलन प्रत्येक वर्ष गर्ने । प्रत्येक महिना बैठक बस्ने भएपछि वडामा कार्यसम्पादन समितिको व्यवस्था नराख्ने ।
१२. नगर, उप, महानगर कार्य समिति :नगर/उप/महानगर समितिको संरचना ठुलो भएकोले व्यवहारिक रूपमा बैठक बस्न समेत नसकेको अवस्था छ । यही अवस्था यथावत राख्ने ? वासमिति सानो बनाउने र महानगर समिति, उपमहानगर समिति र नगर समितिको अधिकार र जिम्मेवारी स्पष्ट गर्ने ।
१३. प्रदेश सभा क्षेत्रीय कार्य समिति :प्रदेश सभा क्षेत्रको सभापति र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको उपसभापति एउटै व्यक्ति हुने, प्रदेश प्रतिनिधि र कार्यसमिति सदस्य पनि एउटै व्यक्ति हुने कुराले कार्यबिभाजन र जिम्मेवारी बहनमा समस्या भएको छ । यसलाई यथावत राख्ने ? वायसलाई व्यवहारिक बनाउने, प्रदेश सभा सभापति र सदस्यको संरचना परिवर्तन गर्ने ।
१४. जिल्ला कार्य समिति :पार्टीका जिल्ला सम्पर्क समितिको अधिकार र जिम्मेवारी स्पष्ट छैन्। यो व्यवस्था यथावत राख्ने? वाकेही अधिकार र जिम्मेवारीसहित व्यवस्थित गर्ने। प्रदेश सम्पर्क समिति गठन गर्ने व्यवस्था गर्ने । सम्पर्क समितिको भूमिका, संरचना र पार्टीसँगको सम्बन्ध स्पष्ट गर्ने ।
पार्टीको जिल्ला कार्यसमिति लगायत तहगत समितिका सचिवको काम, कर्त्तव्य र अधिकारको स्पष्टता र कार्यविभाजन छैन । यसलाई निरन्तरता दिने ? वा थप स्पष्टतासहित कार्यविभाजन गर्ने। महासमिति बैठकमा जिल्ला सभापतिको सहभागिता अनिवार्य गर्ने ।
१५. महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि :महाधिवेशन प्रतिनिधिको भूमिका र क्रियाशीलताका लागि विधानमा स्पष्टता छैन ।यसलाई निरन्तरता दिने ? वाविधानमा नै स्पष्ट काम, कर्त्तव्य, अधिकार र जिम्मेवारी स्पष्ट गर्ने ? महासमिति सदस्य छनोटको प्रक्रिया र विधिलाई सहज बनाईअधिवेशनका बेला नै महासमिति सदस्य टुङ्याउने अथवा क्लस्टर अनुसार महाधिवेशन प्रतिनिधिमा बढी मत ल्याउनेलाई स्वत: महासमिति सदस्य बनाउन सकिने ब्यवस्था गर्ने ।
१६. प्रदेश कार्य समिति :पार्टी प्रदेश कार्यसमितिको अधिकार, भूमिका र केन्द्रीय कार्यसमितिसँगको सम्बन्धका विषय र अलमललाई यथावत राख्ने ? वाप्रदेश कार्य समितिको काम, कर्तव्य, अधिकार र भूमिकालाई थप स्पष्टता गर्ने र प्रदेश कार्यसमितिमा प्रदेश अधिवेशन प्रतिनिधिले मात्र उम्मेदवार हुन पाउने स्पष्ट व्यवस्था गर्ने ।
१७. क्रियाशीलता र सन्तुलन :पार्टीमा क्रियाशील सबै पुस्ता बिचको सन्तुलन कायम गर्न, अग्रजको सम्मानजनक उपस्थिति र युवा साथीहरूको उत्साहजनक क्रियाशीलताका लागि पार्टी विधानले नै निश्चित संख्या र आधार तय गरी सन्तुलन र व्यवस्थापन गर्ने। निश्चित प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने ।
१८. पार्टीको आर्थिक व्यवस्थापन :पार्टीको आर्थिक व्यवस्थापनको विषयका सन्दर्भमा अहिलेकै व्यवस्था कायम राख्ने ? वा पार्टीको आर्थिक पारदर्शितासहित कोष व्यवस्थापनका सन्दर्भमा पार्टीको आन्तरिक कोष व्यवस्थापनका अतिरिक्त पार्टीहरूले निर्वाचनमा पाएको मतभारको आधारमा राज्यले नै दलहरूलाई कोष उपलब्ध गराउने व्यवस्थाका लागि पार्टीले पहलकदमी लिने । पार्टी भित्रको निर्वाचन र आम निर्वाचनको खर्च यही कोषबाट व्यहोर्ने प्रणालीको विकास गर्ने ।
१९. हाल पार्टीमा जिम्मेवारीबाट निश्चित समयपछि अलग रहने(Exit Policy)कुनै निश्चित नीति छैन ।यस्तै अवस्था कायम गर्ने ? वा पार्टीमा प्रवेशको मापदण्ड र नीति भएजस्तै पार्टीको तर्फबाट स्थानीय,प्रदेश र संघीय तहमा राज्यको कुनै जिम्मेवारी वा शासकीय पदको अवधि तोक्ने ।एउटै ब्यक्ति पटक पटक एउटै शासकीय जिम्मेवारीमा जाने परम्पराको अन्त्य गर्ने । कतिपटक पाउने सो को अवधि तोक्ने ।
२०. तहगत मर्यादाक्रम र सदस्य संहीता :पार्टीको तहगत मर्यादाक्रम नहुँदा समस्या भएको छ? अहिलेकै परम्परागत अभ्यास यथावत राख्ने ? वा पार्टीको तहगत मर्यादाक्रम र सहिंताको स्पष्ट व्यवस्था विधानमा नै गर्ने ।
आगामी दिनमा पार्टीको संगठन संरचना र संचालन विधिको कस्तो बनाउने भन्ने सम्बन्धमा यी केही विषय मात्र हुन्, यस्ता धेरै विषयहरू छन् । यस्ता विषयमा एउटा जीवन्त लोकतान्त्रित पार्टीभित्र स्वभाविक रुपमा भिन्न भिन्न राय र दृष्टिकोण छन् ।पार्टीका बिभिन्न तहमा काम गर्दा आ-आफ्ना भोगाइ र अनुभव छन् ।आफ्नै अभ्यास, अनुभव र आवश्यकतालाई मध्यनजर गर्दै,पार्टीका वृहत्तर हितका लागियस्ता सबै विषयमा हामी महासमित र त्यसपछि पनि निरन्तर छलफल गर्दै एउटा निष्कर्षमा पुग्नुपर्नेछ ।****
अन्त्यमा,
आदरणीय सभापतिज्यू,
महासमिति सदस्य साथीहरू !
करिव आठ दशकअघि हाम्रा अग्रजले परिकल्पना गरेको संविधानसभाबाटै संविधान बनाउने सपना साकार भएर आज हामीसँग नेपाली कांग्रेसकै नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान छ । यो व्यवस्था ल्याउनका लागि जसरी जनताले नेपाली कांग्रेसलाई स्नेह र साथ दिएका छन्, त्यसरी नै यो व्यवस्थाबाट देशको अवस्था बदल्न सक्छौं भन्ने विश्वासका साथ त्यसको जिम्मा हामीलाई नै सुम्पेका छन् ।
बिपी कोइरालाले भनेझैं- ‘हामीलाई इतिहासको हतियार बन्ने सौभाग्य प्राप्त भएकोमा गर्व छ भने यही तथ्यबाट उत्पन्न भएको जिम्मेवारीबाट हामी कसरी मुक्त हुन सक्छौं? हामीलाई कुनै किसिमको विश्रामको सुख प्राप्त छैन ।’ इतिहास साक्षी छ-नेपाली कांग्रेस पार्टीले नेपाली जनताले सुम्पिएको हरेक युगान्तकारी र चुनौतीपूर्ण अभिभारा इमान्दारी र निष्ठापूर्वक निर्वाह गर्दै आएको छ ।आज नेपालीकांग्रेसपार्टीकै काँधमासमुन्नतिकोयुगकोसमेतनेतृत्वगर्नुपर्नेअभिभाराछ।
हामीले बनाएको संविधानको आधारशीलामा उभिएर समुन्नति, स्वतन्त्रता र समतालाई प्रवर्धन गर्ने मार्गचित्र देखाएर आम नागरिकको हृदयमा नौलो जागरण र भरोसाको किरण छर्नुपर्नेछ । विगतमा जस्तोसुकै कठिन घडीमा पनि पार्टी नेतृत्वले, जसरी कार्यकर्तालाई जागृत बनाएको छ र आम जनतालाई भरोसा दिएको छ त्यसरी नै यस महासमितिबाट सन्देश दिनुपर्नेछ-हामी सक्छौं । समयले हामी प्रत्येक सदस्यबाट फेरी त्यही निष्ठा, उच्च नैतिक आदर्शर समर्पण खोजेको छ, जुन हाम्रा अग्रजले कहिल्यै कमजोर हुन दिएनन् ।यसको लागि पार्टीलाई चलायमान बनाउनुपर्नेछ । सङगठनभित्र प्रत्येक सदस्यलाई ऊर्जा र न्यायको अनुभूतिदिलाउनुपर्नेछ । समर्थक र शुभेच्छुकको स्नेहभाव कायम राख्नुपर्नेछ ।
थुप्रै द्वन्द्व, हिंसा र निरङ्कुश सत्तालाई झेलेर उदाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई फेरि यही बेला अर्को सङ्कटको भूमरीमा फँसाएर राजनीतिक अभीष्ट पूरा गर्न चाहने पश्चगामी शक्ति र पपुलिस्ट प्रवृत्तिले पनि फँडा उठाउन खोज्दै गरेको देखिन्छ । मुलुकलाई पुनः पछाडि धकेल्न चाहने सबै शक्ति र प्रवृत्तिलाई पराजित गर्न पनि नेपाली कांग्रेस पार्टीभित्र र बाहिर दुवैतिर उही पूरानै उत्साहको ऊर्जा चाहिएको छ ।
देशको सबैभन्दा पूरानो र ऐतिहासिक महत्वका क्षणमा हरदम नेतृत्व लिँदै आएको पार्टी भएका कारण यहाँ भएका परिवर्तन र त्यसबाट जनताको जीवनस्तरमा पर्ने प्रभावप्रति कांग्रेसको ठूलो जिम्मेवारी छ । तर नेपाली कांग्रेस स्वयं संशयग्रस्त भएर अलमलियो भने मुलुकभित्रका सबै समुदाय, जातजाति, भाषभाषी र क्षेत्रका जनताले व्यक्तिगत र सामुहिक उन्नतिका लागि समान अवसर, साधन र स्रोत प्राप्त गर्न सक्ने लोकतान्त्रिक व्यवस्थाको निर्माण गर्ने पार्टीको गुरुत्तर दायित्व पूरा हुन सम्भव छैन ।
आज सम्झना गर्नु परेको छ कि हाम्रा प्रात:स्मरणीय सहिदहरूले आफ्नो जीवन उत्सर्ग समाजको आमूल परिवर्तनका लागि गरेका थिए । नेपाली कांग्रेसको इतिहासका प्रत्येक पृष्ठहरूमा निष्ठावान, देशभक्त रस्वाभिमानी कार्यकर्ताको त्याग, तपस्या र बलिदानका गाथाहरू छन् । सबै नेपाली सुखी हुने द्वन्द्व र शोषणरहीत समतामूलक स्वावलम्बी समाजको निर्माण गर्न सकियो भनेमात्र अग्रजको बलिदानको सम्मान अनि कांग्रेस पार्टीको अस्तित्वको औचित्य पुष्टी हुनेछ ।
तसर्थ, महासमितिको यो बैठकले पार्टीमा रचनात्मक हस्तक्षेप गरी नयाँ जागरण ल्याएर यसको औचित्य र विशेषतालाई पुनर्स्थापित गर्नु पर्नेछ । देश र पार्टीका लागि असहज परिस्थितिमा हुन गइरहेको यो बैठकले विचार र संगठनको अन्तिम तहसम्म पुगेर कांग्रेसभित्र व्याप्त संशयको निदान गर्दै पार्टीलाई स्पष्ट दिशानिर्देश गर्न सक्नुपर्छ । पार्टीभित्र र बाहिरका आम कांग्रेसजनमा देखिएको उदासिनताको बादललाई हटाउँदै समुन्नत नेपाल निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न आज हामीले प्रणगर्नुपरेको छ :
• हाम्रै नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको स्वामित्व लिँदै उच्च आत्मविश्वासका साथ यसको रक्षा र कार्यान्वयन गर्नेछौं,
• समुन्नत नेपाल:सम्मानित नेपाली निर्माणको ध्येयमा सिङ्गो पार्टीलाई एकताबद्ध गर्दै हरेक तहमा, हरेक क्षेत्रमा क्रियाशील बनाउनेछौं,
• पार्टीलाई पूर्णत:विधि थितिमा चलाउने, अभिलेख र मूल्याङ्कनको चुस्त प्रणाली बनाउँदैनयाँ पुराना सबै सदस्यलाई पार्टीभित्र समान अवसर र न्यायको अनुभूतिगराउने छौँ,
• पार्टीका सबै सदस्य लोकहितको एउटै ध्येयमा बाँधिएकालेनेपाली कांग्रेस पारस्परिक एकता, आत्मियता, सहअस्तित्व र सहकार्यको भावनाले परिचालित गुटबन्दी र व्यक्तिगत स्वार्थबाट मुक्त पार्टी बनाउने छौं,
• पार्टीलाई जरैदेखी समावेशी बनाउदै संविधानको मर्म अनुरुप प्रतिनिधित्व र निर्णय प्रक्रियामा सवै क्षेत्र, वर्ग, जाती, समुदाय र लिङ्गको पहुँच पुग्नेगरी पार्टी संरचनाको विकास गर्ने र पार्टीको तर्फबाट अवसर प्रदान गर्दा समावेशी ढङ्गबाट गर्ने कुराको सुनिश्चत गर्नेछौं,
• जनता र समुदायका विषय र चासोलाई विशेष प्राथमिकतामा राख्दै पार्टीमा बहस, संवाद, प्रशिक्षण, छलफल अन्तर्क्रियामार्फत पार्टीलाई विचारको केन्द्र बनाउने छौँ,पार्टीका सदस्यहरुमा निरन्तर आफ्नो ज्ञानको दायरा वृद्धिका लागि उत्प्रेरित गर्न पार्टीमा त्यस्तो अबसर दिने संरचना बनाउने छौं,
• सबै किसिमका भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिँदै भ्रष्टाचार गर्ने व्यक्ति जतिसुकै शक्तिशाली भए पनि कानून अनुसार दण्डित हुनैपर्छ भन्ने मान्यतामा नेपाली कांग्रेस पार्टी अडिग र अविचलित रहने छौं,
• पार्टीलाई सामाजिक रुपान्तरणको संवाहक बनाउने, महिलामाथि हुने हिंसा, जातीय विभेद र छुवाछुत लगायतका सामाजिक कुरिती विरुद्ध अग्रसर रहँदै पार्टीका अभियानलाई सामाजिक आन्दोलनसँग जोड्ने छौं,
• पार्टीले आफूले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तिनका मुद्दासँग जोडिएको अनुभूति गराउने छौं; अवसर पाएको बेला अब्बल सेवा प्रवाह मार्फत भविष्यप्रतिको भरोसा दिलाउने छौं,
• पार्टी संगठन र समर्थक-सुभेच्छुकको ताकत र आम जनताको विश्वासमाआगामी आवधिक सबै तहको निर्वाचनमा पार्टी एक्लै लडेर पार्टीलाई पुनः एकल बहुमतसहितको लोकप्रिय पार्टीको रुपमा स्थापित गर्नेछौं,
• तमाम लोकतन्त्रमा आस्थावानहरूको एकमात्र विश्वासिलो र आम जनताको भरपर्दो पार्टी बनाउँने छौं ।
यसरी नेपाली कांग्रेसलाई ‘२००६ सालको जस्तो क्रान्ति चेत, २०१५ सालको जस्तो प्रगतिशील र समावेशी सोच, २०४८ सालको जस्तो लोकप्रिय मत, २०६२/०६३ को जस्तो सर्वस्वीकार्य नेतृत्व भएको हाम्रो गौरवशाली विगत तथा अग्रजहरूकोबलिदान, अकल्पनीय संघर्ष, त्याग र परिश्रमबाट प्रेरणा लिँदै आजको समयको चेत बुझेर नवीन पुस्ताले विश्वास र भरोसा गर्न सक्ने सुनौलो भविष्यतिर उन्मुख, स्पष्ट ध्येय भएको, व्यवस्थापनमा अब्बल, गतिशील र आधुनिक संगठन बनाउने छौं ।
जय नेपाल !
तपाईँको साथी,
गगनकुमार थापा
महामन्त्री
२०८० फागुन ७, प्रजातन्त्र दिवस
फेसबुकबाट तपाईको प्रतिक्रिया