निर्मला हत्या प्रकरणमा सीआइबीमाथि नै छानविन हुने

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानबिन गर्न गएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीमाथि नै छानबिन हुने भएको छ ।

प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा सिआइबी अधिकृतमाथि छानबिन गर्न समिति बनाएको स्रोतले जनाएको छ । समितिमा पाँच जना सदस्य छन् ।

निलम्बनमा परेका एसपी डिल्लीराज बिष्टसँग पनि थप कारबाहीको तयारी प्रहरी मुख्यालयले तयारी गरेको छ ।

सिआइबीका डिएसपी अंगुर जिसी नेतृत्वमा टोली तीन सदस्यीय टोली निर्मला बलात्कारपछि हत्याको अनुसन्धान गर्न कञ्चनपुर गएको थियो ।

Published : Thursday, 2018 September 13, 3:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया