दाङका सन्तोष गौतमले यी महिलासँग गरे काठमाडौंमै ‘कु’काम
काठमाडौं । दाङ जिल्ला घर भएका सन्तोष गौतमले दोलखा जिल्लाकी एकजना महिलाको ठूलो रकम खाइदिएको खुलासा भएको छ । गौतमले महिलासँग पाँच लाख लिएकोमा तीन लाख फिर्ता गरेर बाँकी रकम पचाउने षड्यन्त्रमा लागेको खुलेको छ ।
सापटी पैसा लगेका गौतमले ती महिलालाई पैसा माग्दा कोठामा बोलाएर बलात्कार गर्नुका साथै मरणासन्न हुने गरी कुटपिट गरेको रहस्य बाहिर आएको हो । गौतमको कुटाइबाट गम्भीर घाइते कमला केसी (नाम परिवर्तन)को कीर्तिपुरस्थित अस्पतालमा आइसियुमा राखेर उपचार गरिएको थियो ।
काठमाडौं प्रहरीका प्रमुख एसएसपी बसन्त लामाले कीर्तिपुरका डिएसपीविरुद्ध कारकाबाही हुने बताएका छन् । गौतमको पक्षमा लागेर महिलालाई पीडा दिने कार्य भएको भन्दै एसएसपी लामाले अनुसन्धान गरेर न्याय दिइने बताए ।
गौतमले भदौ १ गते कलंकीस्थित आफ्नै निवासमा पैसा लिन बोलाएर कमलालाई मरणासन्न हुने गरेर कुटपिट गरेर बिष खुवाएको प्रहरीले जनाएको छ । गौतमको कुटाइबाट गम्भीर घाइते भएकी कमलालाई आइसियुमा राखेर उपचार गरिएको थियो ।
साथीको सहयोगमा कमलाले गौतमविरुद्ध प्रहरीको महिला सेल कालीमाटीमा उजुरी दिएपछि गौतम हिरासतमा पुगेका छन् । गौतमलाई कालीमाटीको महिला सेलले भदौ १२ गते पक्राउ गरेको हो ।
यसअघि कमलाले गौतमविरुद्ध कीर्तिपुर प्रहरीमा उजुरी दिएकी थिइन् । तर, कीर्तिपुरका डिएसपीले गौतमको पक्षमा लागेर एक दिन मात्रै हिरासतमा राखेर छाडिदिएका थिए ।
कीर्तिपुर प्रहरीका डिएसपीले गौतमलाई मोबाइल नम्बर परिवर्तन गर्न र स्कूल छाड्न भनेर सुझाव दिएका थिए ।
यसमा तपाइको मत