कञ्चनपुरमा महिलाको शव भेटियो

महेन्द्रगर । कञ्चनपुर जिल्लामा एकजना महिलाको शव हत्या गरेर फालिएको अवस्थामा नहरमा फेला परेको छ ।

भीमदत्त नगरपालिका २ महुलियास्थित नहरको पानीमा तैरिरहेको अवस्थामा दैलेखको घुर्ती घर भई हाल महेन्द्रनगर बस्दै आएकी ५५ वर्षीया आइती सार्कीको शव फेला परेको प्रहरीले जनाएको छ ।

आइती महेन्द्रनगर बजारबाट २ किलो टाढा भाँसी चोकमा तरकारी बेचेर गुजारा गर्दै आएकी थिइन् । सार्की भाँसी चोक नजिकै कोठा भाडामा बस्दै आएकी थिइन् ।

शरीरमा कुनै घाउ तथा चोटपटक नरहेको अवस्थामा सार्कीको शव भेटिएको छ । उनको शव पोस्टमाटमका लागि महाकाली अञ्चल अस्पताल पठाइएको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिएका छन् ।

Published : Saturday, 2018 September 15, 1:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया