रामबहादुर बम्जनद्वारा दुई वर्षदेखि लगातार युवतीलाई बलात्कार

काठमाडौं । विवादित छवि बनाएका रामबहादुर बम्जनमाथि एक युवतीले बलात्कारको आरोप लगाएकी छिन् ।

ललितपुरमा शनिबार पत्रकार सम्मेलन गरेर १८ वर्षीया एक युवतीले आफूलाई कथित धर्मगुरु रामबहादुर बम्जनले बलात्कार गरेको आरोप लगाएकी हुन् ।

बम्जनद्वारा बलात्कारमा परेको दाबी गर्ने युवती आनी हुन् । ती युवती बम्जनको सिन्धुलीस्थित गुम्बामा आनी बन्न गएकी थिइन् ।

बम्जनले पहिलो पटक दुई वर्ष बम्जनकी श्रीमती काठमाडौं आएका बेला आफूलाई बलात्कार गरेको ती युवतीले आरोप लगाएकी छिन् । त्यसपछि लगातार आफू बम्जनको बलात्कारको शिकार भएको बताएकी छिन् ।

बम्जनले धम्काएका कारण आफूले प्रहरीमा उजुरी गर्न नसकेको ती युवतीले उल्लेख गरेकी छिन् । बम्जनकी श्रीमतीले पनि ती युवतीलाई बलात्कारको विषय प्रहरीमा नलैजान धम्काएकी थिइन् ।

बलात्कार भएपछि आफूले कुरा उठाउँदा बम्जनले चोरको आरोप लगाएको ती युवतीले उल्लेख गरेकी छिन् ।

युवतीले पत्रकार सम्मेलन गर्दै गरेको बेला बम्जनका समर्थकहरू पत्रकार सम्मेलनमा प्रवेश गरेर विभिन्न आक्षेपहरू लगाएका थिए ।

बाराको जंगलमा तपस्या बसेका बेला सुरक्षाका लागि भन्दै तरवार लिएर बसेका बम्जनका विषयमा बेलाबेलामा विवाद हुँदै आएको छ ।

Published : Saturday, 2018 September 15, 8:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया