क्रसर उद्योगमा रुपेश महतोको हत्या

कावासोती । नवलपुर जिल्लाको दुम्कीवासमा २५ वर्षीय रुपेश महतोको हत्या भएको छ ।

विनयी त्रिवेणी गाँउपालिका वडा नं. १ मा रहेको बाग्लुङ कालिका क्रसर उद्योगमा कुटपिटबाट महतोको हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले
जानकारी दिए ।

मृत्यु हुने महतो विनयी त्रिवेणी गाँउपालिका २ निवासी हुन् । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय सुरज काउचा मगर, ३४ वर्षीय सन्तोषबहादुर थापा, १९ वर्षीय सागर थापा, १९ वर्षीय मनोजजंग कट्टेल र २२ वर्षीय दीपेन रोक्का रहेका छन् ।

सुरज काउचा मगर र महत्तोबीच बुधबार दिउँसो दिनभरि विवाद भएको थियो । विवाद बढ्दै जाँदा बिहीबार बिहान १ बजे मगरसहितका ५ जनाको समूहले महतोलाई कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते महत्तोलाई स्थानीयले उद्धार गरी मध्यविन्दु सामुदायिक अस्पताल डण्डा लगेका थिए । महतोको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरी प्रमुख थापाले जानकारी दिए ।

Published : Thursday, 2018 September 20, 11:38 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया