कनकमणि दीक्षितमाथि भ्रष्टाचार मुद्दामा छानबिन गर्न कांग्रेस नेता ठाकुरको माग
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता विकाशकुमार ठाकुरले नागरिक अगुवा भनिने कनकमणि दीक्षितमाथि छानबिन गर्न माग गरेका छन् ।
विगतमा भ्रष्टाचार मुद्दा लागेका दीक्षितमाथिको अनुसन्धान अदालतको आदेशमा प्रभावित भएको भएको भन्दै पुन छानबिन गर्न माग गरेका हुन् ।
२०७३ वैशाख १० गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कनकमणि दीक्षितलाई ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।
स्रोत नखुलेको सम्पति छानबिनमा असहयोग गरेको आरोपमा पक्राउ परेका दिक्षितलाई सर्वोच्चले २० गते रिहा गर्न आदेश दिएका थियो ।
भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्नुपर्ने देखिएमा कानुनबमोजिम म्याद जारी गरी झिकाएर साधारण तारेखमा राख्नसमेत सर्वोच्चले आदेश दिएको थियो ।
ठाकुरकाअनुसार तर, पछि यो मुद्दामा कुनै छानविन भयो कि भएन यकिन छैन । ‘भएन भने कसको दवावमा रोकिएको थियो ? संवेदशील विषयमा राज्य कसरी चुप बस्न सक्छ?’ ठाकुरले सोधेका छन् ।
कांग्रेस सर्लाहीका सदस्यसमेत रहेका नेता ठाकुरले पुनः छानबिन गर्न सरकारसँग माग दोहोर्याएका छन् ।
‘मिडियाको आवरणमा पश्चिमा शक्तिहरूसककग प्याकेजमा पैसा लिएर सनातन धर्म र देशविरोधी काम गर्ने कनकमणि दीक्षित गैर कानूनी रुपमा धनआर्जन गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन्’, ठाकुरले भनेका छन्, ‘उनले जर्जसोरसबाट अहिले पनि ठूलो प्याकेजमा पैसा लिइरहेका छन् । छानविनको माग गर्दछु ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया