कांग्रेसको मागमा प्रचण्ड सकारात्मक, सहकारी ठग बचाउन बखेडा छिकेर बबाल गर्दै एमाले-रास्वपा

काठमाडौं । नेपाली कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको जनाएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सह–महामन्त्री जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भए पनि सत्तापक्षका अन्य राजनीतिक दलहरू गम्भीर नभएको बताए ।

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी सहकारी ठगीसम्बन्धी काण्डमा मुछिएका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानविन समिति बनाउन असहमत भएका हुन् ।

कांग्रेसले लामो समयदेखि सहकारी पीडितहरू, बचतकर्ताहरूको बचतको सुरक्षा र ती पीडितहरूले अविलम्ब आफ्नो बचत रकम फिर्ताको सुनिश्चितता खाजेको परियारले बताएका छन् ।

उनले भने, ‘हामीले माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेजीले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेका छन् ।’

‘त्यसको सही ढंगबाट छानबिन हुनुपर्छ भन्ने नेपाली कांग्रेसको धारणा हो’, उनले भने, ‘सत्ता पक्षले प्रस्ताव सकारात्मक छौँ भन्ने र कहिले गलत व्याख्या गरिदिने कुराले अन्योलता आएको छ ।’

उनले भने, ‘हामीले जनताको वचत रकम फिर्ता र सुनिश्चित गर्ने कुरामा केन्द्रित छौँ । प्रधानमन्त्रीको पहलकदमी सकारात्मक छ तर सम्पूर्ण सत्ता पक्षको सोचेको जस्तो समस्या समाधान भन्नेतर्फ समस्यालाई अल्झाइरहने जस्तो देखिन्छ ।’

सांसद परियारले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा रहँदा विभिन्न सहकारीबाट करोडौँको रकम गोरखा मिडिया नेटवर्कमा र गोरखा मिडिया नेटवर्कमा विभिन्न कम्पनी र व्यक्तिमार्फत रकम पुगेको बारेमा अनुसन्धान गर्न माग गर्दै आएको बताए ।

Published : Monday, 2024 May 27, 5:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया