कांग्रेस सांसद खतिवडाद्वारा खिदीचण्डेश्वरी एयरपोर्ट नियमित सञ्चालनको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुङ्गाको खिदीचण्डेश्वरी एयरपोर्ट नियमित सञ्चालनको माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै भने, ‘ओखलढुङ्गाको खिदीचण्डेश्वरीमा २०७४ पछाडि एउटा एयरपोर्ट निर्माण भएको थियो ।’

‘तत्कालीन पर्यटनमन्त्री एकदिन हेलिकप्टर र प्लेन लिएर ल्याण्ड गर्‍यौँ’, खतिवडाले भने, ‘त्यसपछि त्यो सदाको लागि बन्द भएको छ ।’

उनले भने, ‘त्यसलाई बाह्रै महिना सधैँ चल्ने एयरपोर्टका रुपमा विकास गर्ने पर्यटन मन्त्रालयको ध्यान जाओस् । यथेष्ट बजटको व्यवस्था गरियोस् ।’

Published : Wednesday, 2024 June 12, 12:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया