बैतडीमा सुनाको हत्या, तुलसीपुरमा केसीको समूहद्वारा चक्कु प्रहार

काठमाडौं । आफ्नै श्रीमती ६० वर्षीया सुना ऐरीको कुटपिट गरी हत्या गरेको अभियोगमा बैतडी जिल्लामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पाटन नगरपालिका–४ चिलेपानी बस्ने ६५ वर्षीय प्रताप ऐरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतापले घरायसी विवादको क्रममा कुटपिट गर्दा गम्भीर घाइते भएकी सुनालाई बुधबार उपचारको लागि डडेल्धुराअस्पताल लगिएको थियो ।

उपचार पश्चात डिस्चार्ज भई अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित होटलमा बसेकोमा सुचना अचानक बेहोश भएकी थिइन् ।

सुनालाई पुनः सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको संयुक्त टोलीले प्रतापलाई पक्राउ गरेको छ ।

यता, दाङको तुलसीपुर उप–महानगरपालिका–४ मजवा फुलेखाली चोक बस्ने २४ वर्षीय गोरखलाल खड्काको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय पवन केसी समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले सामान्य विवादका क्रममा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका खड्काको भारतस्थित क्रिसेन्ट हस्पिटल लखनउमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट गोठीखोला र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई चक्कुसहित पक्राउ गरेको छ ।

Published : Thursday, 2024 June 13, 2:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया