सशस्त्रका यी डीएसपी बने तस्करको काल

टीकापुर । कैलाली जिल्लाको भजनी नगरपालिका वडा नम्बर ३ मोरिया घाटबाट नेपाल ल्याउँदै गरेको भारतीय रुपैयाँ ७१ लाख ७९ हजार ३०० सहित एकजना पक्राउ परेका छन् ।

लम्की चुहा नगरपालिका वडा नम्बर १ लम्कीका ३२ वर्षीय कृष्णराज जैसी भारतीय रुपैयाँसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल भजनीको टोलीले जैसीलाई नेपाल आउँदै गरेको बेला पक्राउ गरेको थियो । से ४ प ६७६० नम्बरको मोटरसाइकलमा आलुको बोराभित्र भारतीय रुपैयाँ ल्याउँदै गरेका जैसीलाई पक्राउ गरेको सशस्त्र प्रहरीका डीएसपी धिरेन्द्र शाहले बताएका छन् ।

डिएसपी शाहले बरामद भएको रकम इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको बताएका छन् । डीएसपी शाहका अनुसार १ करोड १४ लाख ८६ हजार ८ सय ८० नेपाली रुपैयाँ पक्राउ गरिएको छ । पक्राउ परेका जैसी लम्कीका व्यापारी हुन् ।

Published : Sunday, 2018 September 23, 7:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया