निर्मला हत्याकाण्डमा भेटियो संकास्द एसएमएस, एसपीका चारवटा सीम

काठमाडौं । कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीहरू अझै पक्राउ पर्न सकेका छैनन् ।
प्रहरीले अझै केही पत्ता लाउन सकेको छैन । कञ्चनपुरमा घटनाको अनुसन्धान भइरहँदा प्रहरी प्रधान कार्यालय नक्सालले पनि प्रहरीमाथि नै अनुसन्धान जारी राखेको छ ।
कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएका डिएसपी अंगुर जिसी लगायत दुई दर्जन प्रहरीको दैनिकी अहिले हेडक्वार्टरमा बयान र पोलिग्राफ परीक्षणमा बितिरहेको छ । एआइजी धीरु बस्नेतको नेतृत्वमा गठन भएको समितिले निर्मला प्रकरणमा संलग्न प्रहरीको बयान लिइरहेको छ ।
समितिले लिएको बयानमा प्रहरीले एकअर्कोलाई दोषारोपण गरिरहेको अनुसन्धानसँग सम्वद्ध प्रहरी स्रोतले जनाएको छ ।
सिआइबीबाट गएको टोलीले कञ्चनपुर प्रहरीलाई र कञ्चनपुर प्रहरीले सिआइबी टोलीलाई दोषी देखाउँदै बयान दिएका छन् ।
सिआइबीको टोलीले कञ्चनपुर प्रहरीले घटनाका अभियुक्त भनिएका दीलिपसिंह विष्टलाई पक्राउ गरेको र आफूहरूले प्रमाण संकलन गरेको र प्रमाण मिलेकाले कारबाही अगाडि बढाएको बताएका छन् । सिआइबी टोलीले घटनामा अभियुक्त विष्टको डिएनए परीक्षण समेत आफ्नै टोलीले गर्न लगाएको बताएको छ ।
कञ्चनपुर प्रहरी प्रमुख लगायतले भने सिआइबीले प्रमाण र अनुसन्धान गर्दा अभियुक्त विष्टसँग नै मिलेकाले आफूहरुले कारबाही प्रकृयामा ल्याएको बताएका हुन् । बयानमा दुवै प्रहरीले कुनै पनि नियोजित रुपमा अनुसन्धान नगरेको दावी गरेका छन् ।
समितिले घटनामा संलग्न सबै प्रहरीको मोबाइलसमेत चेक गरेको छ । प्रहरीको फोन कलदेखि लिएर म्यासेजसम्मको अनुसन्धान गर्ने क्रममा कञ्चनपुरमा कार्यरत दुई प्रहरीको मोबाइलको म्यासेजमा भने केही कैफियत देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
म्यासेजमा कस्तो प्रकृतिको कैफियत हो भने खुल्न सकेको छैन । समितिले कञ्चनपुरका १७ र निलम्बित ६ जना प्रहरी अधिकृतहरुको मोबाइल चेक गरेको थियो । निलम्वित एसपी विष्टले चारवटा सिम कार्ड प्रयोग गर्ने गरेको भेटिएको छ ।
एआइजी धीरु बस्नेतको नेतृत्वमा गठन भएको समितिले घटनाको छानबिन गर्न एक्सपर्ट प्रहरीहरू मगाएको छ । समितिले प्राविधिक, कानून, अपराध अनुसन्धान र मुद्दामा ज्ञान भएका प्रहरीहरू झिकाएको छ ।
कानून डेस्कमा एसपी गणेश रेग्मी, मुद्दामा महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापा, प्राविधिक पक्षमा महानगरीय अपराध अनुसन्धानका महाशाखाका सई गजेन्द्र रावत र प्रहरी एकेडेमीका सई सुमन थापालाई समितिमा राखिएको छ ।
1 प्रतिकृया प्राप्त “निर्मला हत्याकाण्डमा भेटियो संकास्द एसएमएस, एसपीका चारवटा सीम”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

रविले क्लिन चिट पाउने प्रक्रिया बल्ल हिरासतबाट सुरु भयो
दिलनिशानी मगर
सरकारलाई कांग्रेसको ३४ बुँदे सुझाव तथा ध्यानाकर्षण
शेरबहादुर देउवा
हरेकपल्ट मेल दिनु पर्ने यो कस्तो वेभपेज हो दिक्दार ।