ईयूको कालोसूचीबाट हट्न प्राधिकरण टुक्रयाऔं, पाइलटको वृद्धि विकासमा अन्याय : रास्वपा संसद सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले हवाइ उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउन आग्रह गरेकी छिन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसद गौतमले यूरोपियन युनियन (ईयू)ले नागरिक उड्डयनलाई सेवा प्रदायक र नियामक निकाय बनाउन सुझाव दिएको बताइन् । उनले नेपाल नागरिक उड्डयन प्राधिकरणमा त्यस्तो के छ र ? टुक्र्याएर कालो सूचीबाट हटाउन नमानेको भनेर गौतमले प्रश्न गरेकी छिन् ।

उनले भनिन्, ‘पर्यटनको अर्को आधारस्तम्भ भनेको एभिएशन ईण्ड्रस्टिज हो । तर, यो एभिएशन सेक्टर यती धेरै छाडापन भइसक्यो की अब लाज पनि लगाउने बेला भइसक्यो । मैले धेरै पटक यहि, म निर्वाचित भएर आएपछि यहि संसदको रोष्ट्रमबाट, त्यहाँ अगाडिबाट कति धेरै पटक मैले यसको बारेमा उठान गरिसके नेपालको सम्पूर्ण हवाइ क्षेत्र २०१३ बाट निरन्तर रुपमा ईयूको कालोसूचीमा परेको छ ।’

सांसद गौतमले भनिन्, ‘हरेक दुई दुई वर्षमा उडान सुरक्षा पुनरावलोकन गर्दा ईयूले एउटै कुरा भनेको छ । अडिट गर्दाखेरी मूल रुपमा सारंशमा नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक छुट्टाइदिनुस् भनेर सुझाव पटक पटक दिइरहेको छ ।’

उनले भनिन्, ‘त्यो सुझाव जुन मन्त्री आएपछि लागू गर्न नसक्ने । धेरै पटक मन्त्री भइसक्नुभयो । यहाँ माननीयज्यूहरू पनि हुनुहुन्छ मन्त्रीको रुपमा हुनुहुन्न ।’

‘तर, त्यो लागू गर्छु भन्नु हुन्छ बाचा सबैले गर्नुभएको छ तर, गर्न नसक्ने के रहेछ ? नागरिक उड्डयन प्राधिकरणमा त्यो शक्ति कसको धेरै शक्ति निगाह रहेछ त्यो नागरिक उड्डयन प्राधिकरणमा कसैले पनि ईयूले त्यति धेरै सुझाव दिँदा हामी कालो सूचीमा पर्दाखेरी पनि हामीले त्यो छुट्टाउन नसकेको’, उनले भनिन् ।

‘मन्त्रीज्यू कहिले नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा छुट्टाउने हो ? यसको जवाफ पनि माग गर्न चाहन्छु’, सांसद गौतमले भनिन् ।

सांसद गौतमले पाइलटहरूको वृद्धि विकासमा नेपाल सरकारले ठूलो अन्याय गरेको बताएकी छिन् । उनले पाइलटहरूलाई आकर्षक सेवा सुविधा दिएर अवसर राख्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘ईण्डियाको एभिएशन ईण्ड्रस्टी बुङ हुँदै छ । धेरै डोमेस्ट्रिक पाइलटहरू ईण्डिामा जागिरको लागि जान लाग्नु भएको छ । नेपाल सरकारले एकदमै निरंकुश नियम के लगाउन खोजेको रहेछ आफ्ना पाइलटहरू त्यहाँ जागिरमा जान नपाओस् भनेर १ वर्ष जागिर छोड्न नपाउने रे ।’

‘अर्काको वृद्धि विकासमा पाइलटको वृद्धि विकासमा सरकारले रोक्न पाउँछ ? यदि रोक्ने हो भनेदेखि यहाँ पाइलटलाई खुसी बनाएर रोक्नु पर्‍यो नी ? पाइलटहरूको मेन्टल हेल्थमा काम गर्नु प¥यो नी ? पाइलटको वृद्धि विकास, ट्रेनिङहरूमा काम गर्नु प¥यो नी ? अरु कुरा भएको छैन’, रास्वपाकी सांसद गौतमले भनिन् ।

सांसद गौतमले नेपाल एयरलाइन्सभित्रको समस्याका बारेमा पनि आफू दिक्क भएको बताएकी छिन् ।

उनले भनिन्, ‘नेपाल एयरलाइन्स हाल पनि त्यस्तै छ । ग्राउण्ड ह्याण्डलिङबाट गुजारा चलाइरहेको छ । जहाज चलाएर नाफा कमाउछु भन्ने उसको परिकल्पनामै छैन जस्तो छ । खाली जहाज बिग्रियो भनेको छ । बनाउने स्लट पाइएन भनेर महिनौसम्म थन्कायो भविष्य अन्धकार छ । तर, गफ चाहिँ नेपाल एयरलाइन्सले पनि कम्ति सानो दिँदैन ?’

नेपालबाट अष्ट्रेलियामा सिधा उडान गर्ने विषयमा भइरहेका कार्यप्रति आशंका गर्दै गौतमले उडानको अनुमति लिने प्रक्रिया नै शुरु नभएको बताइन् ।

‘नेपालबाट अष्ट्रेलिया सिधा उडान गर्ने अरे ? त्यो सिधा उडान गर्नको लागि सिङ्गापुरमा फ्यूल स्टप गर्ने रे ? एउटा स्थानमा फ्यूल स्टप गर्न ओर्लिनु पर्छ भने त्यसलाई सिधा उडान भन्ने ? एक्सट्रेण्डली फ्लाइट अप्रेशन (ईटक्स) भन्ने विधि एउटा सर्टिफिकेशन लिएपछि सिधा उडान सकिन्थ्यो तर, मलाई थाहा छैन । यो नेपाल एयरलाइन्सले ईटक्स लिएकै छैन । सर्टिफिकेट लिने प्रक्रिया नै शुरु गरेको छैन जस्तो लाग्छ मलाई । मेरो जानकारीमा छैन’, सांसद गौतमले भनेकी छिन् ।

Published : Saturday, 2024 June 15, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया