निमाद्वारा चीनतर्फबाट सगरमाथा आरोण

काठमाडौं । सोलुखुम्बुकी निमा जाङ्मु शेर्पाले १० दिनमा चीनतर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् ।

निमा चीनतर्फबाट सगरमाथाको चुचुरोमा छोटो समयमा पुग्ने पहिलो महिला बन्न सफल भएकी छिन ।

निमाले मे २४ तारिखको बिहान १०ः०५ बजे चीनतर्फबाट सगरमाथाको छोटो समयमा सफल आरोहण गरेकी क्लाइबालय ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका निर्देशक मिङ्मा शेर्पाले बताए ।

क्लाइबालय निर्देशक मिङ्माले नै उनलाई सगरमाथा चढ्नका लागि आवश्यक बन्दोबस्तीका सामानहरू, लाग्ने सम्पूर्ण शुल्कका अन्य खर्चको व्यवस्था गरिदिएका हुन् ।

विक्रम संवत् २०४५ साल जेठमा सोलुखुम्बुको नाम्चे–५ साम्देमा जन्मेकी निमाले सन् २०१९ देखि ट्रेकिङ क्षेत्रमा काम गर्दै आएकी छिन् ।

यसअघि निमाले लोबुचे पिक, आइल्याण्ड पिक र रामदुङ पिकको सफल आरोहण गरिसकेकी छिन् ।

सगरमाथाको चुचुरोमा १० दिनमा पाइला टेकेर ११औं दिनमा सगरमाथा आधार शिविरमा आइपुगेको निमाले बताइन् ।

Published : Monday, 2024 June 17, 10:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया