महिलाका लागि ‘पावर’ देखाउने यी हुन् ‘धुन्धुकारी’

काठमाडौं । गोरखा फुजेलका नूरप्रसाद अधिकारीले पाटन उच्च अदालतको इजलासमा वितण्डा मच्चाउनुका साथै न्यायधीशमाथि हमला गरेका छन् ।

न्यायधीश र कर्मचारीलाई सांघातिक आक्रमण गरेपछि अधिकारीलाई ज्यान मार्ने उद्योग, सरकारी सम्पति हिनामिना, आपराधिक उपद्रव र अदालतको अवहेलनासहितको चारवटा मुद्दा चलाएको छ ।

अधिकारीले इजलासमा रहेका न्यायधीशलाई लक्षित गरी कुर्सी उचालेर प्रहार गरेको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । अधिकारीको आक्रमणबाट न्यायधीश जोगिन सफल भएका छन् । इजलासमा रहेका अधिकृत सामान्य घाइते भएका छन् ।

जग्गासम्बन्धी फैसला आफ्नो पक्षमा नभएपछि अधिकारीले ज्यान मार्ने अभिप्रायले आक्रमण गरेको नायव उपरीक्षक चन्दले बताएका छन् ।

बिनु घतानी सुनारको घरजग्गाको किचलोसम्बन्धी मुद्दामा अधिकारी वारेस भएर अदालत गएका थिए ।

काठमाडौं जिल्ला अदालतले सो मुद्दामा प्रमाण नपुगेको भन्दै खारेजको फैसला सुनाएको थियो । त्यसैका विरुद्ध बिनु उच्च अदालत गएकी थिइन् ।

न्यायधीशद्वय रमेश पोखरेल र शेखर पौडेलको संयुक्त इजलासले जिल्लाकै फैसलालाई सदर गरेको थियो । फैसलापछि अधिकारीले इजलासमा आक्रमण गरेका हुन् ।

अधिकारीले कप्युटर, मेच टेबल र दराज तोडफोडसमेत गरेको नायव उपरीक्षक चन्दले बताए । अधिकारीलाई ललितपुर जिल्ला अदालतबाट सातदिनको म्याद थपेर हिरासमा राखिएको छ ।

Published : Monday, 2018 September 24, 7:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया