बैजनाथ गाउँपालिकामा ठूलो भ्रष्टाचार र अनियमितता, तरुणद्वारा खबरदारी

नेपालगञ्ज । नेपाल तरुण दल बैजनाथ गाउँ कार्यसमितिले बैजनाथ गाउँपालिकामा भएको भ्रष्टाचार र अनियमितताको विरुद्धमा खबरदारी गरेको छ ।

उपसभापति टेकबहादुर रोकायद्वारा जारी विज्ञप्तिअनुसार बैजनाथ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको उल्लेख छ । तरुण दलले बैजनाथ गाउँपालिकाको कार्यालय अगाडि भ्रष्टाचार विरुद्ध नारावाजी गर्नुका साथै खबरदारी गरेका छन् । तरुणहरूले गाउँपालिकाको प्रमुखका साथै कर्मचारीहरूलाई सुध्रिन सचेत गराएका छन् ।

‘बैजनाथ गाउँपालिकामा भएका भ्रष्टाचार र अनियमितताको सम्बन्धमा विभिन्न समयमा सचेत र खबरदारी गराउँदा पनि पालिकाले नसकेको हुँदा पालिकामा भएका यस्ता अनियमितताको विरोध गर्दै तपशीलका माग राखेर पालिकामा तालाबन्दी गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

तरुण दलले भनेको छ, ‘कर्मचारीको मिलेमतोमा कानून विपरित बाँडेका कोटेशनहरू खारेजी गर्नुपर्ने । नियम विपरित बाँडिएको डीपीआर खारेज गर्नुपर्ने । विभिन्न आयोजना निर्माण गर्दा कमिशन माने कर्मचारीलाई तत्काल कार्वाही गर्नुपर्ने, किसानसँग पालिका प्रमुख कार्यक्रममा कृषि औजार खरिद गर्दा भ्रष्टाचार गरेको हुँदा सो सम्बन्धमा तत्काल छानविन गर्नुपर्ने ।’

Published : Wednesday, 2024 June 19, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया