रोजेको देश नपाएपछि एमालेका प्याकुरेलद्वारा राजदूत अस्वीकार
काठमाडौं । एमालेबाट दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस भएका मानवअधिकारकर्मी सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गरेका छन् ।
प्याकुरेलले आइतबार प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’लाई पत्र लेखेर राजदूत बन्न अस्वीकार गरेका हुन् ।
उनले भने, ‘मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा संकेतसमेत दिइएन ।’
प्याकुरेल नेकपा (एमाले) को कोटाबाट राजदूत सिफारिस भएका थिए । गत शुक्रबार प्याकुरेलसहित आठ जना राजदूत सिफारिस भएका थिए ।
प्याकुरेल विद्यादेवी भण्डारी दोस्रोपटक राष्ट्रपति भएका बेला उनको राजनीति तथा मानवअधिकार विज्ञ सल्लाहकारका रुपमा कार्यरत थिए ।
स्रोतका अनुसार प्याकुरेलले राम्रो देश नपाएको झोँकमा राजदूत पद अस्वीकार गरेका हुन् । प्याकुरेलले भारत वा अमेरिकामध्य एउटा देश माग गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया