सी चेक प्रकरणमा मन्त्री तामाङको प्रशंसनीय काम
काठमाडौं । नेपाल नागरिक उड्डय प्राधिकरण र नेपाल वायुसेवा निगम नेपाल सरकारका निकाय हुन् ।
प्राधिकरणलाई सरकारले प्रत्येक वर्ष बजेट दिन्छ । निगमलाई दिँदैन । ती दुई संस्थाका विभागीय मन्त्री पनि एउटै हुन्छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सी चेकमा जाने वातावरण बनाएका छन् । समस्या समाधानका लागि मन्त्री तामाङले निकै प्रशंसनीय र अतुलनीय काम गरेको भन्दै प्राधिकरणकै उच्च तहका कर्मचारीहरूले मन्त्री तामाङको प्रशंसा गरेका छन् ।
मन्त्री तामाङको पहलमा निगमको जहाज सी चेकमा गएको छ । सी चेकको समस्या समाधान भएको छ ।
Published : Saturday, 2024 June 29, 3:41 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया