श्रीया हत्या प्रकरणः कुसुमले यसरी गरेका थिए काम ‘फत्ते’

पोखरा । प्रहरीले पोखराको पुम्दीभुम्दीकी १० वर्षीया श्रीया सुनारको बलात्कारपछि हत्या गरेो अभियोगमा एक व्यक्तिलाई सार्वजनिक गरेको छ ।

श्रीयाका छिमेकी २७ वर्षीय कुसुम पौडेललाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

पौडेल बुधबार बिहानै पक्राउ परेका हुन् । स्थानीयको आन्दोलन चर्किएपछि दवावमा परेको प्रहरीले अभियुक्त पौडेललाई सार्वजनिक गरेको छ । पौडेलले अघिल्लो साँझ मादक पदार्थ सेवन गरी श्रीयाको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

प्रहरीका अनुसार पौडेल मदिराले मातेर घर फर्कँदै गर्दा श्रीयालाई बाटैमा भेटेका थिए । उनले श्रीयालाई ५ रुपियाँ दिएर बलात्कार प्रयास गरेका थिए । श्रीयाले प्रतिकार गरिन् । पौडेलले फेरि श्रीयालाई १० रुपैयाँ दिएर बलात्कार प्रयास गरे ।

बालिका चिच्याएपछि पौडेलले आक्रमण गरेका थिए । नजिकैको झाडीमा फालिदिएपछि बेहोस हुँदा श्रीयाको मृत्यु भएको आशंकामा पौडेलले ढुंगाले थिचेको हुन सक्ने प्रहरीको प्रारम्भीक बनाइ छ ।

श्रीयाले स्थानीय बोर्डिङ स्कुलमा कक्षा तीनमा पढ्थिन् । उनको रोल नं. ३ थियो ।

https://www.youtube.com/watch?v=xi4O5MhcOdE&t=402s

Published : Wednesday, 2018 September 26, 7:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया