सभापति खतिवडाद्वारा सुनकोशीको त्रिवेणीधाम संस्कृत आधारभूत गुरुकुललाई कम्युटर हस्तान्तरण

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले त्रिवेणीधाम संस्कृत आधारभूत गुरुकुल विद्यालयलाई कम्युटर र प्रिन्टर हस्तानतरण गरेका छन् ।

शनिबार सभापति खतिवडाले ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नं. १० स्थित विद्यालयका अध्यक्ष अशोक कटवललाई कम्युटर र प्रिन्टर हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष कटवालले धेरै अगाडि विद्यालयको कामकाजका लागि कम्युटर र प्रिन्टर अति आवश्यक रहेको भनेर सभापति खतिवडासँग माग गर्दै आएका थिए ।

विद्यालयमा कामकाज गर्न सहज होस् भनेर सभापति खतिवडाले कम्युटर र प्रिन्टर उपलब्ध गराएका हुन् ।

Published : Saturday, 2024 July 27, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया